
भैरहवा क्षेत्रमा चोरी, डकैती र लुटपाट, हतियारसहित भारतीय महिला पक्राउ
भैरहवा ।
केही दिनदेखि भैरहवा क्षेत्रमा चोरी, डकैती र लुटपाटबाट आतंकित भइरहेको बेला प्रहरीले यसखालको अपराधमा संलग्न गिरोहमध्येको एक भारतीय महिलालाई पक्राउ गरेको छ ।ती महिला पक्राउ परेको स्थलबाट यस्ता अपराधमा प्रयोग हुने विभिन्न औजार र हतियार पनि बरामद भएको दावी प्रहरीको छ । भारत गोरखपुर उत्तर प्रदेशकी ४३ वर्षीया गीता तिवारीलाई प्रहरीले पक्राउ गरि बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले यी महिला सिद्धार्थनगर नगरपालिका–२ स्थित दीपक यादवको घर भाडामा लिइ चोरी, डकैती र लुटपाट गर्ने भारतीय गिरोहमा संलग्न रहेको बताए ।
‘यी महिला भारतमा पनि यस्ता अपराधमा संलग्न भएको र पछिल्लो समयमा जमानतमा छुटेको कुरा भारतीय सुरक्षा अधिकारीबाट खुल्न आएको छ’, एसपी बिकले भने, ‘उनीसँगै बरामद भएका औजार र हतियार चोरी, डकैती र लुटपाट जस्ता अपराधमा प्रयोग हुने...