NSW News

२० बैशाख २०८१, बिहीबार
ENGLISH

राजनीति

मिर्चैयाका मेयर यादवले अरू पार्टीमा लागेको भन्दै एकल महिलाको घर भत्काइदिए

मिर्चैयाका मेयर यादवले अरू पार्टीमा लागेको भन्दै एकल महिलाको घर भत्काइदिए

राजनीति
सिरहा । सिराहाको मिर्चैया नगरपालिकाले एक दलित र एकल महिलाको घर भत्काएर उठिबास गराएको छ । सडक विस्तारका नाममा मिर्चैया नगरपालिका-१ महदेवाकी अरुणा देवी महराको घर नगरपालिकाले भत्काइदिएको हो जनमत पार्टीले पत्रकार सम्मेलन गर्दै यो कदमको भत्र्सना गरेको छ । पत्रकार सम्मेलनमा पीडित एकल महिला महराले व्यक्तिगत रिसिइबिका कारण मेयर श्रवणकुमार यादवले सडक विस्तारका क्रममा मापदण्डभन्दा बढी जग्गामा डोजर चलाउन लगाएर आफ्नो घर भत्काइदिएको बताइन् । उनले आफूले वर्षौँअघि ऐलानी जग्गामा घर बनाई दुई छोरीसँग बसिरहेकोमा केही दिनदेखि सडक विस्तारका नाममा अराजक तरिकाले जथाभाबी गाली, धम्की, भय त्रास सृजना गरी रातिको समयमा डोजर प्रयोग गरी घर भत्काएको आरोप लगाइन् । जनमत पार्टीमा लाग्दा यादव आफूमाथि चिढिएको पनि उनको आरोप छ । विकासको नाममा सुकुम्वासी, दलित, एकल महिलालाई घरविहीन बनाउने अधिकार नेपालको संविधान व...
जनमतले धनुषामा तोकियो अधिवेशन तयारी समिति

जनमतले धनुषामा तोकियो अधिवेशन तयारी समिति

राजनीति
जनमतले धनुषामा तोकियो अधिवेशन तयारी समिति जनकपुरधाम । जनमत पार्टी धनुषाले अधिवेशन तयारी समिति तोकेको छ। मंगलबार जनमत पार्टी धनुषाका इन्चार्ज सुरेन्द्र कुमार मण्डलको संयोजकत्वमा ७ सदस्यीय अधिवेशन समिति तोकिएको हो। समितिको सदस्यहरुमा जनमत पार्टीका राष्ट्रिय सचीव विशेश्वर प्रसाद साह(वीपी ),पार्टी केन्द्रिय कार्यकारिणी सदस्य इन्द्रजीत यादव,रेखा मण्डल ,केन्द्रिय सदस्य नवीन पण्डित रहेको छ। त्यसैगरी ,आमन्त्रित सदस्यमा जगदिस प्रसाद सिंह(जेपी सर) र पार्टीका नेता जित कुमार साह रहेका छ्न। पार्टीको केन्द्रिय निर्देशन अनुसार यस समितिले धनुषामा वडा,नगर र जिल्ला अधिवेशन गराउने विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र कु यादवले जानकारी दिए।...
विभिन्न पार्टी परित्याग गरी पचासौं जना भन्दा बढी स्वास्थ्यकर्मीहरु जनमत पार्टीमा प्रवेश

विभिन्न पार्टी परित्याग गरी पचासौं जना भन्दा बढी स्वास्थ्यकर्मीहरु जनमत पार्टीमा प्रवेश

राजनीति
कार्तिक २८, रौतहट रौतहटको राजदेवी नगरपालिका-१ पथरामा रहेको श्री माध्यमिक विद्यालयको प्राङ्गणमा एक कार्यक्रम बीच स्वास्थ्यकर्मीहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।नगर स्तरिय भेला तथा समिति गठन कार्यक्रमकमा स्वास्थ्यकर्मी जनमत संघको केन्द्रीय महासचिव सन्नी यादवको अध्यक्षतामा र जनमत पार्टीका केन्द्रीय सदस्य बिकास कुमार यादवको प्रमुख आतिथ्यमा विभिन्न पार्टी परित्याग गरि स्वास्थ्यकर्मीहरु जनमत पार्टीमा प्रवेश गरेका छन । यादवले नव प्रवेशीहरुलाई माला र टिका लगाई जनमत पार्टीमा प्रवेश गराएका हुन । शुभकामना आदानप्रदान, संगठन विस्तार संगै पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य बिकास कुमार यादवले हिन्दू धर्मावलम्बीहरुको महान पर्व बितेको बिजयादशमी, आउँदै गरेको शुभ दिपावली तथा लोक आस्थाको पर्व छठ पर्वको शुभकामना सहित नव प्रवेशी साथीहरुलाई अग्रिम कार्यकाल सफलता शुभकामना व्य...
राष्ट्रिय युवा संघ मधेस प्रदेशको सचीवमा सिरहाका महतो निर्वाचित

राष्ट्रिय युवा संघ मधेस प्रदेशको सचीवमा सिरहाका महतो निर्वाचित

ताजा समाचार, मधेश प्रदेश, राजनीति
महेश महतो सिरहा, २२ भदौ: नेपालको प्रथम मधेस प्रदेशको अधिवेशनमा राष्ट्रिय युवा संघ नेपालको सचीवमा अशोक महतोलाई निर्वाचित गरिएको छ। यस अधिवेशनको आयोजना जनकपुर धाम मा भएको थियो। सचीवमा निर्वाचित भएका अशोक महतोले यस संघको महत्त्वपूर्ण पदमा चयन गरेर युवाहरूको आवाजलाई सुनिनका लागि तात्त्विक रूपमा प्रतिनिधित्व प्रदान गर्ने गरेका छन्। सचीवमा निर्वाचित भएका अशोक महतोले युवाहरूको मुद्दामा उनीहरूको आवाज र आक्रोशलाई प्रधानता गरेका छन। अधिवेशनमा सिरहाबाट मधेस प्रदेश युवा संघको सदस्यमा भोगेन्द्र यादव, गोबिन्द पोख्रेल, सिता महतो, अनिता साह, सुरेस यादव र आनन्द रहपाल चयन भएका छन्। सचीवमा निर्वाचित भएका अशोक महतोले यस संघको महत्त्वपूर्ण पदमा चयन गरी युवाहरूको आवाजलाई सुनाउने गरेका छन् र यो पदको प्राप्ति गर्दा तत्त्विक रुपमा प्रतिनिधित्व गर्ने योजनामा छन्।...
मेयर हर्क साम्पाङलाई प्रेरणाको स्रोत मान्दै एलिजा गौतमले त्यागिन् सक्रिय राजनीति

मेयर हर्क साम्पाङलाई प्रेरणाको स्रोत मान्दै एलिजा गौतमले त्यागिन् सक्रिय राजनीति

ताजा समाचार, देश, प्रदेश १, मधेश प्रदेश, राजनीति, समाचार
काठमाडौं । अभिनेत्री, मोडल तथा नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छन् । देश र जनताको सेवा गर्ने भन्दै पाँच महिनाअघि राजनीतिमा जोडिएकी उनले बिहीबार फेसबुकमा स्टाटस लेख्दै सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी हुन् । आगामी दिनमा समाजसेवामा लाग्ने पनि उनले बताएकी छन् । धरानका मेयर हर्क साम्पाङलाई भेटेर उनले वृक्षरोपण गरेको र १० वटा सावेल उपहारस्वरुप प्रदान गरेको पनि उल्लेख गरेकी छन् । उनले साम्पाङलाई प्रेरणाको स्रोत मान्दै दलको सक्रिय राजनीति गर्नेलाई धरान पुगेर साम्पाङको काम हेर्न पनि सुझाएकी छन् । सामाजिक कामको सिलसिलामा आफू धरानमा पुगेको उल्लेख गर्दै उनले समाजसेवामा सक्रिय हुने बताएकी छन् । फिल्म ‘अनुराग’बाट अभिनयमा डेब्यु गरेकी एलिजाले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् । उनले अभिनय गर्ने फिल्मको घुइँचो पनि घोषणा भएको थियो...
मधेशमा माओवादी संगठन निर्माणमा किन फेल ?

मधेशमा माओवादी संगठन निर्माणमा किन फेल ?

मधेश प्रदेश, राजनीति, समाचार
विजयकुमार गुप्ता१९ असार २०८०, मंगलबार । राजतन्त्रात्मक व्यवस्थालाई विघटन गरी नेपाली जनताको शासन व्यवस्था स्थापना गर्ने विगुल फुक्दै प्रचण्डको नेतृत्वमा तत्कालिन नेकपा (माओवादी) ले २०५२ फागुन १ देखि १० वर्षे जनयुद्ध सञ्चालन गर्याे यस कारण २५० वर्ष भन्दा लामो इतिहास बोकेको राजतन्त्रात्मक व्यवस्थालाई अन्त्य भयो । यसले देशका हरेक जनसमुदायलाई प्रत्यक्ष अप्रत्यक्षरुपमा प्रभावित गर्याे । अर्को भौगोलिक नेपाल देशको एकिकरण र निर्माण गर्ने श्रेय राजा पृथ्वीनारायण शाहलाई जान्छ । पृथ्वीनारायण शाहको गोर्खा राज्य बिस्तारको क्रममा नेपालको राजधानी काठमाडौँ स्थापित भयो । पृथ्वीनारायण शाहको शाखा सन्तान राजा हुँदै जाने परम्पराले वंशवादमा आधारित सामन्तवादी एकात्मक राजतन्त्रात्मक व्यवस्था अघि बढ्यो । माओवादीले २०५२ सालमा उपेक्षित वर्ग, जाति, लिङ्ग र क्षेत्रका जनसमुदायहरुलाई सु–संगठित गर्दै जनमुक्ति सेना न...
नेपालको प्रधानमन्त्री दिल्लीले बनाउने पुष्पकमल दाहाल प्रचण्ड आफैले पुष्टि गरे

नेपालको प्रधानमन्त्री दिल्लीले बनाउने पुष्पकमल दाहाल प्रचण्ड आफैले पुष्टि गरे

ताजा समाचार, देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रीतम सिंहले नेपालको सामाजिक विकासमा दिएको योगदानको प्रशंसा गरेका छन् । सिंहको ८८ औं जन्मदिवसको अवसरमा राजधानीमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटि दिल्ली पनि जानुभयो । काठमाडौंका पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो । राजनीति सफा भए मात्रै देश पनि विकास हुन्छ भन्ने ठान्नुहुन्छ ।’ यातायात क्षेत्रको विकाससँगै सिंहले शैक्षिक र सामाजिक क्षेत्रमा प्रशस्तै योगदान दिएको टिप्पणी गरे । ‘उहाँको योगदान ट्रान्सपोर्टमा मात्रै सीमित छैन, उहाँले समाजका अरु क्षेत्रमा पनि योगदान गर्नुभएको छ’, प्रचण्डले सिंहकी छोरी किरण दीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली’ विमोचन गर्दै भने, ‘उहाँले सिख ...
प्रचण्डका भाञ्जा गृहेन्द्रसँग रास्वपाकी सांसद सोविता गौतमले गरिन सुटुक्क विवाह

प्रचण्डका भाञ्जा गृहेन्द्रसँग रास्वपाकी सांसद सोविता गौतमले गरिन सुटुक्क विवाह

ताजा समाचार, देश, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले विवाह गरेकी छन् ।नाताले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाञ्जा गृहेन्द्र घिमिरेसँग गौतमले सुटुक्क विवाह गरेकी हुन् । गृहेन्द्रसँग लामो समय प्रेमसम्बन्धमा रहेकी सोविताले प्रेमलाई विवाह परिणत गरेकी हुन् । स्थायी घर चितवन घर भएका गृहेन्द्र र सोविताले सानो जमघटमा प्रणयसुत्रमा बाँधिएर दुवैजना जापान गएको बुझिएको छ । साथै, सोविताले पार्टीलाई पनि केही दिनका लागि जापान गएको जानकारी दिएकी छन् । हठातमा भएको सोविताको विवाहबारे पार्टीमा धेरैलाई जानकारी नरहेको पनि बुझिएको छ । सोविताको पारिवारिक स्रोतअनुसार गएको साता उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् । तर, दुवै पक्षले विवाहका तस्वीर भने बाहिर सार्वजनिक गरेका छैनन् ।२८ वर्षिया सोविताले गएको मंसिरमा सम्पन्न भएको प्रतिनिधि सभाको निर...
मुलुकको अर्थतन्त्र ओरालो लाग्नु चिन्ताको विषय  हो,अर्थतन्त्र सुधारमा आफूहरू गम्भीर : अध्यक्ष केपी शर्मा ओली

मुलुकको अर्थतन्त्र ओरालो लाग्नु चिन्ताको विषय हो,अर्थतन्त्र सुधारमा आफूहरू गम्भीर : अध्यक्ष केपी शर्मा ओली

ताजा समाचार, देश, प्रदेश १, राजनीति
पाँचथर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र ओरालो लाग्नु चिन्ताको विषय भएको बताउँदै अर्थतन्त्र सुधारमा आफूहरू गम्भीर रहेको बताएका छन् । अध्यक्ष ओलीले देशलाई सकारात्मक बाटोमा फर्काउन आफ्नो दल लागिपरेको समेत स्पष्ट पारे। “देशलाई कसरी अनुकूल अवस्थामा फर्काउने, त्यसमा जनताको साथ कसरी लिने भनेर हामी लागेका छौँ”, अध्यक्ष ओलीले भने । नेकपा एमाले पाँचथरले आज फिदिममा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अर्थमन्त्रीले ‘कर्मचारीलाई तलब खुवाउनै नसक्ने अवस्थामा त पुगेका छैनौँ’ भन्नु सामान्य कुरा नरहेको बताए । “अर्थमन्त्रीले नै यसो भनेपछि अरु विकास निर्माणका कुरा त छाडिदिनुपर्ने स्थिति आएको बुझ्न सकिन्छ”, ओलीले भने, “ओरालो लागेको अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्ने हाम्रो मुख्य चिन्ता रहेको छ ।” कानुन कार्यान्वयन प्रभावकारी नहुँदा देशको राजनीति अस्...
अझै भानुचौक भनिने ठाँउमा भानुभक्तको स्मारक निर्माणमा दुई समुह बिच बिबाद

अझै भानुचौक भनिने ठाँउमा भानुभक्तको स्मारक निर्माणमा दुई समुह बिच बिबाद

देश, प्रदेश २, मधेश प्रदेश, राजनीति, विद्यार्थी
जनकपुरधाम । मधेश केन्द्रित दलका विद्यार्थी संगठनहरु लोकतान्त्रिक विद्यार्थी संघ, समाजवादी विद्यार्थी संघ, विद्यार्थी जनमत संघ सहित चार विद्यार्थी संगठनहरुले भानुभक्तको स्मारक निर्माण गर्नु मधेश आन्दोलनको मर्म विपरीत रहेको भन्दै स्मारण शिलान्यास कार्यक्रमको विरोध गरेका छन् । विरोध गर्ने क्रममा लोसपाका नेता परमेश्वर साह, विनोद चौधरी, प्रमोद यादव, संजय चौधरी, मनिल महासेठ, जसपाका नेताहरु पुर्वमन्त्री ज्ञानेन्द्र यादव, पुर्व मेयर लालकिशोर साह, जितेन्द्र यादव सहित तिनका पार्टी निकट विद्यार्थी नेता र अगुवाहरुको उपस्थिती थियो । उनीहरुले मधेशी शहीद रमेश महतोको स्मारक निर्माण हुनुपर्ने माग अघि सारेका छन् । मधेश आन्दोलन ताका भत्काइएको जनकपुरधामको भानुचोक आदिकवि भानुभक्त आचार्यको स्मारक पुनः निर्माणका लागि शिलान्यास गर्दा मधेशवादी दलहरूले विरोध जनाएका छन् । जानकी नवमीको अवसरमा शनिबार जनक...