NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

खेलकुद

फाइनलमा स्थान बनाएसँगै नेपाल एसिया कप २०२३ खेल्ने सपनाको नजिक

फाइनलमा स्थान बनाएसँगै नेपाल एसिया कप २०२३ खेल्ने सपनाको नजिक

खेलकुद, ताजा समाचार, देश
काठमाडौं । एसिसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै नेपाल एसिया कप २०२३ मा खेल्ने सपनाको नजिक पुगेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई पराजित गर्न सके नेपालको एसिया कप खेल्ने सपना पूरा हुनेछ। एसिया कपमा स्थान बनाएपछि नेपालले विश्व क्रिकेटका शक्ति राष्ट्रद्वय भारत र पाकिस्तानसँग खेल्न पाउनेछ। आगामी सेप्टेम्बरमा हुने तय एसिया कपको समूह ‘ए’ पाकिस्तान र भारतसँगै एसिसी प्रिमियर कप विजेता खेल्ने तालिका छ। एसिया कपको अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ। नेपालका लागि भारत र पाकिस्तानसँग खेल्नु ठूलो अवसर हो। कप्तान रोहितकुमार पौडेलले सोमबार युएईविरूद्धको खेल नेपालका लागि एकदमै महत्वपूर्ण भएको बताएका छन्। ...
भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा

भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा

खेलकुद
काठमाडौं । नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ । किर्तिपुर खेल मैदानमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएपछि खेल नतिजा बिहीन हुदाँ नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाइरहदा खेल वर्षाको कारण रोकिन पुगेको थियो । यसअघि पनि रोकिएको खेल पुनः सुरु गरिएको थियो । तर, फेरी खेल मैदानमा भिषण बर्षा पछि पुरै खेल नखेली समुह बिजेता बन्दै नेपाल फाइनलमा पुगेको हो । नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धामा उत्रेका थिए । पटक पटक परेको पानीका कारण खेल हुन नसकेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।...
एनसेल बाह्रखरी गल्फमा सञ्जय पौडेलले जिते सुनको बल

एनसेल बाह्रखरी गल्फमा सञ्जय पौडेलले जिते सुनको बल

Uncategorized, खेलकुद
काठमाडौं । ‘एनसेल बाह्रखरी गल्फ’ छैटौं संस्करणको उपाधि सञ्जय पौडेलले जितेका छन् । उपाधिसँगै उनले सुनको बल पुरस्कार पाएका छन् । गोकर्ण गल्फ क्लबमा शनिबार १८ होलमा ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको यस प्रतियोगिताका विजेता सञ्जयले ४० अंक जोडेका थिए । १२ ह्याण्डीक्यापमा खेलेका सञ्जयले फ्रान्ट नाइन १९ अंक जोडेका थिए भने ब्याक नाइनमा २१ अंक जोड्न सफल रहे । सञ्जय र टासी छिरिङले समान ४० अंक जोडेका थिए । तर, सञ्जयले ब्याक नाइनमा जोडेको २१ अंकले टासी उपाधि होडमा पछि परे । टासीले ब्याक नाइनमा १८ अंकमात्र जोड्न सफल भएका थिए । जिरो ह्याण्डीक्यापमा खेल्ने टासी छिरिङ ४० ग्रस अंक जोड्दै बेष्ट ग्रसको उपाधि जिते । टासीले मोष्ट बर्डीको उपाधि पनि जितेका छन् । टासीले ६ बर्डी प्रहार गरेका थिए । बाबु शेर्पाले दोस्रो स्थान हासिल गरे । उनले ३८ अंक जोडेका थिए । प्रतियोगितामा डा. भगवान कोइरालाले ३७ अंक जो...
पुरुषोतम सिलवाल बने  नेकोस काठमाडौ मेट्रो चेस प्रतियोगिताको बिजेता

पुरुषोतम सिलवाल बने नेकोस काठमाडौ मेट्रो चेस प्रतियोगिताको बिजेता

खेलकुद, समाचार
काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) र साउथ वेस्टर्न स्टेट कलेजको संयुक्त आयोजनामा आईतबार सम्पन्न नेकोस काठमाडौ मेट्रो फिडे रेटिङ चेस प्रतियोगिताको उपाधी काठमाडौका पुरुषोत्तम सिलवालले जितेका छन् । प्रतियोगितामा सहभागी ७१ जना प्रतिष्पर्धीलाई उछिन्दै दुई दिने प्रतियोगितामा शतप्रतिशत नतिजा हासिल गर्न सफल भएका सिलवालले ७ खेलबाट ७ अक बनाउँदै ७ हजार रुपैंया नगद पुरस्कार प्राप्त गरे । काठमाडौका कुशल बेलबासे र तिलिङ्टार माविका पुर्णिमा गुरुङ समान ६ अंकका साथ दोश्रो तथा तेश्रो स्थान हासिल गर्दै क्रमशः ५ हजार तथा ४ हजार नगद प्राप्त गरे । त्यसैगरी बर्दियाका निशान्त श्रेष्ठ ५ दशमलब ५ अंकका साथ चौथो स्थानमा रहँदै ३ हजार नगद हासिल गरे भने ७ खेलबाट ५ अंक बनाएका कपिल घिमिरे पाँचौै हुदै नगद २ हजार प्राप्त गर्न सफल रहे । काठमाडौंकी मार्शल तामाङ ७ खेलबाट ५ अंक बनाउँदै महिलातर्फ उत्कृष्ट घोषित भईन । त्यसै...
आइ पी अल : दिलिको खेलाडीलाई देखियो कोरोन

आइ पी अल : दिलिको खेलाडीलाई देखियो कोरोन

अन्तराष्ट्रिय खबर, खेलकुद
न्डियन प्रिमियर लिग ( आइ पी एल ) २०२२ टि २० प्रतियोगितामा दिली कपिटल्सको खेलाडीलाई कोरोंना देखिएको छ। इन्डियन प्रिमियर लिग ( आइ पी एल ) २०२२ टि २० प्रतियोगितामा दिली कपिटल्सको खेलाडीलाई कोरोंना देखिएको छ। अहिले एक खेलाडीलाई कोरोन देखिएको छ। पहिलो पटक फिजियो प्यट्रिक फ्र्हैट्म देखिएको थियो। हाल नाम सार्वजनिक गरेको छैन। अघिलो सिजनको आइ पी एल मा कोरोनकै कारणले संयुक्त अरब इमिरेट्स मा सारिएको थियो अब आगमी खेलमा दिलि पन्जाब संग भिड्दै छ। ...
अदालतले जे गर्‍यो त्यसको मूल्यांकन होला : ओली

अदालतले जे गर्‍यो त्यसको मूल्यांकन होला : ओली

अन्तराष्ट्रिय खबर, अर्थ, खेलकुद, जनजाति, ताजा समाचार
२६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अदालतको फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन हुने बताएका हुन् । ‘अदालतलाई धेरै विवादमा ल्याउन जरुरी छैन, अदालले जे गर्‍यो त्यसको मूल्यांकन होला, वाक्य वाक्य शब्द शब्दको मूल्यांकन होला, कोही पनि इतिहासको खरो मूल्यांकनबाट उम्किन पाउँदैन’ उनले भने । प्रमुख विपक्षी दलका नेता ओलीले अदालतले पहिलो पटक प्रधानमन्त्री बनाएर दुनियाँमा कहिँ नभएको नजिर कायम गरेको टिप्पणी गरे । सर्वोच्च अदालतले संसद विघटन गर्ने तत्कालिन प्रधानमन्त्री ओलीको निर्णय बदर गर्दै संसद पुनर्स्थापना गरिदिएको थियो । त्यस्तै धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दावी वैधानिक रहेको भन्दै अदालतले उनलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका ना...
नेताका नाममा खुलेका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी

नेताका नाममा खुलेका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी

अन्तराष्ट्रिय खबर, अन्तर्वार्ता, अर्थ, खेलकुद, जनजाति, ताजा समाचार, प्रवास, बुद्धिजीवी, मजदुर, राजनीति, राष्ट्रिय खबर, लेख-बिचार, लोकप्रिय, विद्यार्थी, समाचार, साहित्य र मनोरञ्जन, सूचना-प्रविधि, स्वास्थ्य
२५ साउन, काठमाडौं । नेपालको सबभन्दा धनी स्थानीय तह काठमाडौं महानगरपालिका नेताहरूको नाममा खुलेका प्रतिष्ठानहरूको ‘दुहुनो गाई’ बनेको छ । २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो पार्टी सम्बद्ध नेताका नाममा खुलेका प्रतिष्ठानहरूलाई मनलाग्दी पैसा बाँडिरहेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ मा पनि महानगरले दुई करोड १५ लाख रुपैयाँ बाँड्दैछ । खर्च शीर्षक तय नगरी रकम ‘अवण्डा’मा राखेकाले राजनीतिक स्वार्थमा अझ बढी रकम वितरण हुने खतरा छ । आगामी वैशाखसम्ममा स्थानीय तह निर्वाचन हुने भएकाले पनि बजेटमै दल निकटका प्रतिष्ठानलाई ‘कार्यक्रम अनुदान’का रूपमा ठूलो रकम दिइएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले ‘आर्थिक तयारी’ आव २०७४/७५ बाटै थालेका हुन् । पैसा बाँड्ने विषयमा कार्यपालिका र नगरसभामा कुनै पनि जनप्रतिनिधिबाट फरक मत नसु...
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री, सांसदहरु मन्त्री बन्न नपाउने

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री, सांसदहरु मन्त्री बन्न नपाउने

खेलकुद, राष्ट्रिय खबर, लेख-बिचार
नेपालको संविधानमा नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था भएको मुलुक भनेर उल्लेख गरिएको छ । नेपालको सार्वभौमसत्ता, राजकीयसत्ता नेपाली जनतामा निहित छ । संवैधानिक व्यवस्था अनुरूप नेपाली जनताले यसको प्रयोग गर्नेछन् । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक अवस्था अहिले पनि नेपालको मुख्य विशेषता रहेको छ । नेपालको राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् नेपाली जनता एक राष्ट्रमा विकसित भएका छन् । उपर्युक्त विशेषताहरूका आधारमा नेपाल राज्यको विकास भएको हो । नेपालको नयाँ राज्य व्यवस्थाको मूलभूत आधार पनि यही नै हो । नेपालको इतिहास धेरै लामो नभए पनि राज्यको उत्पत्ति आजभन्दा करीब चार हजार वर्ष पहिले गोपालवंशी कालमा भ...
सुनको मूल्य चार महिनायताकै सस्तो

सुनको मूल्य चार महिनायताकै सस्तो

अन्तराष्ट्रिय खबर, अन्तर्वार्ता, अर्थ, खेलकुद, जनजाति, ताजा समाचार
२५ साउन, काठमाडौं । नेपाली बजारमा सुनको भाउ चार महिनायताकै सस्तो भएको छ । छापावाल सुनको भाउ सोमबार एकै दिन तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । जुन गत वर्षको चैत २६ अघिकै मूल्य बराबर हो । आजका लागि  तेजावी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँमा झरेको छ ।आइतबार ८९ हजार ५५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । आइतबार प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदीको आजको बजार मूल्य एक हजार २२५ रुपैयाँ छ । ...
भगवान शिवको पूजा गर्दा भूलेर पनि नगर्नुहोस् यी गल्ती

भगवान शिवको पूजा गर्दा भूलेर पनि नगर्नुहोस् यी गल्ती

अन्तराष्ट्रिय खबर, अन्तर्वार्ता, अर्थ, खेलकुद, जनजाति, ताजा समाचार, राजनीति, लेख-बिचार
काठमाडौँ : भनिन्छ, हिन्दु धर्ममा भगवान शिवको महिमा अपरम्पार छ। शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्येका एक हुन् महादेव। महादेव, परमेश्वर आदि नामले चिनिने भगवान् शिवलाई प्रायः जसो शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ। चाडै नै प्रसन्न हुने भएकोले भोले बाबाको नामले परिचित शिव भगवानलाई मनपर्ने महिना साउन र मनपर्ने बार हो सोमबार। उनको पुजा गर्न साना-साना नियम पालन गर्नु अनिवार्य हुन्छ। भगवान शिवको पुजा गर्दा गल्तीले पनि शंख बजाउन नहुने शिव पुराणमा उल्लेख छ। शिवजीको पूजामा शंखको प्रयोग गर्न नमिल्ने कारण निकै रोचक छ। दैत्यराज दम्भले केहि वर्षसम्म भगवान विष्णुको कठिन तपस्या गरेर तीन लोकका लागि अजय र महापराक्रमी छोराको वरदान मागेपछि शिवजीले उक्त वरदान पूरा गरिदिए। दैत्यराज दम्भका छोरा थिए शंखचुड। उनको अत्यचारबाट सबैजना अत्तालिएका थिए। शिवको यो निर्णयबाट भगवानहरु पनि खुश...