NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

विद्यार्थी

मिर्चैयामा अवस्थित सगरमाथा माध्यमिक विद्यालयमा ‘ग्राण्ड एक्सिबिशन एण्ड इसीए कम्पेटिशन–२०८०’ सुरु भएको छ । यो कार्यक्रम विद्यालयमा बुधबारदेखि सुरु भएको हो ।

मिर्चैयामा अवस्थित सगरमाथा माध्यमिक विद्यालयमा ‘ग्राण्ड एक्सिबिशन एण्ड इसीए कम्पेटिशन–२०८०’ सुरु भएको छ । यो कार्यक्रम विद्यालयमा बुधबारदेखि सुरु भएको हो ।

विद्यार्थी
पंकज शर्मा, सिरहा । मिर्चैयामा अवस्थित सगरमाथा माध्यमिक विद्यालयमा ‘ग्राण्ड एक्सिबिशन एण्ड इसीए कम्पेटिशन–२०८०’ सुरु भएको छ । यो कार्यक्रम विद्यालयमा बुधबारदेखि सुरु भएको हो । यो कार्यक्रम माघ २७ र फागुन १ बाहेक सरस्वती पुजाको दिन अर्थात् फागुन २ गतेसम्म चल्नेछ । कार्यक्रममा खेल, संस्कृति, कला, विज्ञानलगायत विभिन्न विद्यामा विद्यार्थीहरुले आफ्ना प्रदर्शनी देखाउँनेछन् । विद्यार्थीभित्र रहेका प्रतिभा प्रष्टफुटन गर्ने, प्रतिभाको पहिचान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । यस्तो कार्यक्रमले विद्यार्थीलाई सिर्जनशील बनाउने र परिपक्व बनाउँदै लैजाने विश्वास विद्यालयको छ । यससँगै विद्यालयले सामाजिक उत्तरदायित्व कोष पनि खडा गर्ने भएको छ । विद्यालयभित्र र समाजमा रहेर विभिन्न क्षेत्रमा राम्रो गर्न खोज्ने प्रतिभावान व्यक्तिहरुलाई संरक्षण र सहयोग गर्न उक्त कोष खडा ...
सशक्त सडक आन्दोलन गर्ने नेपाल राहत शिक्षकको निर्णय, संघीय शिक्षा ऐनमा आफूहरूमाथि विभेद गरिएको आरोप

सशक्त सडक आन्दोलन गर्ने नेपाल राहत शिक्षकको निर्णय, संघीय शिक्षा ऐनमा आफूहरूमाथि विभेद गरिएको आरोप

ताजा समाचार, देश, विद्यार्थी, समाचार
काठमाडौँ । संघीय शिक्षा ऐनको मस्यौदामा आफूहरूमाथि विभेद गरिएको भन्दै राहत शिक्षकहरूले सडक आन्दोलन गर्ने घोषणा गरेका छन् । आज भरखरै सम्पन्न नेपाल राहत शिक्षक आन्दोलन परिचालन समितिको बैठकले सशक्त सडक आन्दोलन गर्ने निर्णय गरेको हो। समितिका अध्यक्ष खेमराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले साउन १८ गते स्पेसल टास्क फोर्सका सम्पूर्ण सदस्यलाई काठमाडौँ बोलाउने निर्णय गरेको छ। त्यस्तै साउन २० गते नेपाल राहत शिक्षक केन्द्रीय समितिको पूर्ण बैठक बोलाइएको छ। ऐनको मस्यौदा अध्ययन गर्दा राहत शिक्षकहरूका माग र विभिन्न समयमा भएका सम्झौता र सहमति विपरीत पेसाको स्थायित्वको सवालमा चरम विभेद गरेको उनीहरूको आरोप छ।...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा साउन अन्तिम साताभित्रमा सार्वजनिक गर्ने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा साउन अन्तिम साताभित्रमा सार्वजनिक गर्ने

ताजा समाचार, विद्यार्थी
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा साउन अन्तिम साताभित्रमा सार्वजनिक गरिने जनाएको छ । गत वैशाख २६ गतेदेखि लिइएको परीक्षा नतिजा साउन मसान्तभित्र सार्वजनिक गरिने भएको हो । त्यसका लागि अहिले उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ । सातै प्रदेशका परीक्षा केन्द्रहरूमार्फत उत्तरपुस्तिका परीक्षणको काम भइरहेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । ‘उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ । साउन अन्तिम साताभित्रमा नतिजा सार्वजनिक गर्ने हाम्रो कार्यतालिका छ । सोही आधारमा हुन्छ’ अध्यक्ष शर्माले भने । उत्तर पुस्तिका परीक्षण हाल प्रभावित भएको छ । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) को आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणको काम प्रभावित बनेको हो । आन्दोलनरत शिक्षकहरू परीक्षणका लागि नगएपछि उत्तरपुस्तिका परीक्षणको काम आंशिक रूपमा प्रभावित भइ...
निजी विद्यालयहरूलाई सामुदायिक विद्यालय सरह तलब को व्यवस्था गर्न मेयर बालेन शाहले दिए निर्देशन

निजी विद्यालयहरूलाई सामुदायिक विद्यालय सरह तलब को व्यवस्था गर्न मेयर बालेन शाहले दिए निर्देशन

ताजा समाचार, देश, विद्यार्थी
काठमाडौँ । काठमाडौँ महानगर मातहतका निजी विद्यालयहरूलाई सामुदायिक विद्यालय सरह तलब को व्यवस्था गर्न मेयर बालेन शाहले निर्देशन दिएका छन् । सरकारले तोके बमोजिमको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न उनले शिक्षकहरुलाई अनुरोध पनि गरेका छन् । सामाजिक सञ्जालमार्फत बालेनले लेखेका छन् : काठमाडौं महानगरपालिकामा संस्थागत ( निजि / Private ) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ। तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ। यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय...
अझै भानुचौक भनिने ठाँउमा भानुभक्तको स्मारक निर्माणमा दुई समुह बिच बिबाद

अझै भानुचौक भनिने ठाँउमा भानुभक्तको स्मारक निर्माणमा दुई समुह बिच बिबाद

देश, प्रदेश २, मधेश प्रदेश, राजनीति, विद्यार्थी
जनकपुरधाम । मधेश केन्द्रित दलका विद्यार्थी संगठनहरु लोकतान्त्रिक विद्यार्थी संघ, समाजवादी विद्यार्थी संघ, विद्यार्थी जनमत संघ सहित चार विद्यार्थी संगठनहरुले भानुभक्तको स्मारक निर्माण गर्नु मधेश आन्दोलनको मर्म विपरीत रहेको भन्दै स्मारण शिलान्यास कार्यक्रमको विरोध गरेका छन् । विरोध गर्ने क्रममा लोसपाका नेता परमेश्वर साह, विनोद चौधरी, प्रमोद यादव, संजय चौधरी, मनिल महासेठ, जसपाका नेताहरु पुर्वमन्त्री ज्ञानेन्द्र यादव, पुर्व मेयर लालकिशोर साह, जितेन्द्र यादव सहित तिनका पार्टी निकट विद्यार्थी नेता र अगुवाहरुको उपस्थिती थियो । उनीहरुले मधेशी शहीद रमेश महतोको स्मारक निर्माण हुनुपर्ने माग अघि सारेका छन् । मधेश आन्दोलन ताका भत्काइएको जनकपुरधामको भानुचोक आदिकवि भानुभक्त आचार्यको स्मारक पुनः निर्माणका लागि शिलान्यास गर्दा मधेशवादी दलहरूले विरोध जनाएका छन् । जानकी नवमीको अवसरमा शनिबार जनक...
नो अब्जेक्सन लेटर (एनओसी) निर्देशिका २०७९को विरोधमा कन्सल्टेन्सी व्यवसायी आन्दोलित

नो अब्जेक्सन लेटर (एनओसी) निर्देशिका २०७९को विरोधमा कन्सल्टेन्सी व्यवसायी आन्दोलित

ताजा समाचार, विद्यार्थी
काठमाडौँ । सरकारले पढ्नका लागि विदेश जाने विद्यार्थीका लागि जारी गरिने नो अब्जेक्सन लेटर (एनओसी) लाई व्यवस्थित गर्न ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९ जारी गरेको छ । तर, यो क्षेत्रसँग सम्बन्धित व्यवसायीहरुले उक्त निर्देशिकाप्रति असहमति जनाउँदै सोमबारसम्म आफ्ना माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । निर्देशिका नियमन तथा व्यवस्थित गर्ने नभई नेपाली विद्यार्थीलाई विदेश पढ्न जान रोक लगाउनका लागि ल्याइएको उनीहरुको आरोप छ । पढ्नका लागि विदेश जाने विद्यार्थीका लागि कन्सल्ट्यान्ट गर्न खोलिएका शैक्षिक परामर्श संघहरुले उक्त निर्देशिका तत्काल खारेज गर्न माग गरेका छन् । विभिन्न ७ वटा संस्थाले निर्देशिका नेपाल र नेपाली विद्यार्थी तथा व्यवसायीको हित विपरीत आएको बताएका छन् । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) अध्यक्ष प्रकाश पाण्डेले निर्देशिका केही संशोधन गरेर आए पनि त्यसभ...
कक्षा १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा गर्न जानेलाई एनओसी नदिने निर्णय फिर्ता

कक्षा १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा गर्न जानेलाई एनओसी नदिने निर्णय फिर्ता

ताजा समाचार, देश, विद्यार्थी
काठमाडौं । सरकारले कक्षा १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जानेलाई एनओसी नदिने निर्णय फिर्ता लिएको छ । वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ सार्वजनिक गर्दै कक्षा १२ पछिका डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जाने विद्यार्थीलाई एनओसी नदिने फिर्ता लिएको हो । गत चैत १९ गतेदेखि नेपालको संविधान र शिक्षा ऐनको संशोधनले विद्यालय शिक्षा भनेर कक्षा १२ सम्मलाई परिभाषित गरेको र त्यहि आधारमा निर्देशिका तयार गरेको भन्दै स्नातक अघिको कुनै पनि कार्यक्रमको लागि एनओसी दिन रोकेको थियो । तर चौतर्फी विरोध तथा दबावको कारण सरकारले निर्देशिका संशोधन गरी कक्षा १२ पछि र स्नातकअघिका शैक्षिक कार्यक्रमको लागि पनि एनओसी दिने निर्णय गरेको छ । कतिपय कलेजहरुले सोझै स्नातक भर्ना हुन नदिने, डिप्लोमा, एडभान्स डिप्लोमा, एक वर्ष...
एसईई प्रिन्सेज २०२३को अडिसन सुरु पहिलो चरणबाट १६ जना प्रतियोगीहरू छनौट

एसईई प्रिन्सेज २०२३को अडिसन सुरु पहिलो चरणबाट १६ जना प्रतियोगीहरू छनौट

देश, विद्यार्थी, साहित्य र मनोरञ्जन
काठमाडौँ । एसईई प्रिन्सेज २०२३ को पहिलो चरणको अडिसन सम्पन्न भएको छ । सिजन मिडियाले विगत १४ वर्ष देखि आयोजना गर्दै आएको उक्त प्रतियोगिताको यो १० औँ संस्करण रहेको छ । पहिलो छनौट चरणबाट १६ जना प्रतियोगीहरू छनौट भएका छन् । यस प्रतियोगितामा सहभागी छात्राहरुले उनीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि गराउने, क्षमता उजागर गर्ने , नेतृत्वदायी क्षमताको विकासलाई सहयोग पुग्ने, उच्च शिक्षा अध्ययनमा सहयोगीको मुख्य भूमिका खेल्ने साथै फुर्सदको समयलाई मनोरञ्जनको मार्फत ज्ञान तथा सिप हासिल गर्न सहयोग पु¥याउने आयोजकको विश्वास छ । उक्त प्रक्रियाबाट छनौट भएका प्रतियोगीहरूलाई २०८० साल वैशाख ११ गत्तेबाट प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा मोडलिङ ,फेशन सो , र्‍याम्प सो , शारीरिक फिटनेस ,फोटो सेसन, कलेज भ्रमण, टेबल म्यानर, फोटोग्राफी शिक्षा, फुटसल प्रतियोगिता, सोसल मिडिया प्रयोग कसरी गर्...
सिराहाको रमेश महतो माविसहित अधिकाँश परिक्षाकेन्द्रमा अमर्यादित एसईई तलदेखि माथिसम्मको मिलेमतो

सिराहाको रमेश महतो माविसहित अधिकाँश परिक्षाकेन्द्रमा अमर्यादित एसईई तलदेखि माथिसम्मको मिलेमतो

ताजा समाचार, देश, मधेश प्रदेश, विद्यार्थी, समाचार
लहान, २२ चैत । सिराहाको नवराजपुर-३ स्थित रमेश महतो स्मृति जनता माध्यमिक विद्यालय फुलबरिया जगतपुरको एस.ई.ई. परिक्षा केन्द्रमा पुरै अमर्यादित बन्दै गएको पाइएको छ । रमेश महतो माध्यमिक विद्यालयका केन्द्राअध्यक्ष शिवनारायण यादवले व्यापक सेटिङ्गमा चिटिङ्ग गराइएको देखिन्छ । माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) को आज चौथो दिन विज्ञान विषयको परिक्षा भई रहदा संचारकर्मी पुगेपछि जनता मावि फुलबरिया जगतपुरका केन्द्राअध्यक्ष यादवले विभिन्न बाहाना लगाई प्रहरीमार्फत बाहिर बस्ने लगाए। त्यसपछि घण्टौं बितिसक्दा केन्द्राध्यक्ष आउनुभएनन्। प्रहरीले समेत विद्यालय परिसरमा छिर्न दिएनन् । सो रमेश महतो स्मृति माविसँगै हुलाकी राजमार्गसँग जोडिएका ( एस. ई. ई.) परीक्षा केन्द्रहरुमा यतिबेला अनुगमन सुस्त देखिन्छ । सुरक्षा निकायदेखि जिल्लाका एसईईसँग सरोकार राख्ने सबैको मिलेमतो रहेको देखिएको छ। जसले गर्दा सिरहाको शिक्...
धर्म सांस्कृतिक नयाँ पुस्तामा ल्याउन प्रत्येक बर्ष एच भीएन बिधा निकेतनद्वारा कल्चरल कार्यक्रम मनाइदै

धर्म सांस्कृतिक नयाँ पुस्तामा ल्याउन प्रत्येक बर्ष एच भीएन बिधा निकेतनद्वारा कल्चरल कार्यक्रम मनाइदै

लेख-बिचार, विद्यार्थी
सिरहा १६ मंसिर ।सिरहाको लहान नगरपालिका वडा नम्बर ६ स्थित संचालनमा रहेको हिमालयन बिधा निकेतनद्वारा कल्चरल एन्ड फुड टेस्टिङ प्रोग्रामको आयोजना गरेको थियोे। यस संस्थामा अहिले सम्म ६ जना शेयर धनी रहेको र शेयर धनीहरुको ठूलो आर्थिक लगानीमा हिमालयन बिधा निकेतन बिधालय संचालनमा आएको थियो। लहानमा गुणस्तरीय शिक्षाको हब बन्दै गरेको मध्ये एक हिमालयन बिधा निकेतन पनि पर्ने गरेको एसै बिधालयका संस्थापक पशुपति भट्टले जानकारी दिनु भयो । थोरै बिद्यार्थीबाट संचालन गरेको बिधालय अहिले हाल करीब सात सय विद्यार्थी छ्न। लहानमा शिक्षाको गुणस्तरीयताको हिसाबले हिमालयन बिधा निकेतन अहिले निकै चर्चा माएको छ। प्रत्येक वर्षको मंसिर महिना भित्र कल्चरल कार्यक्रम धर्म संस्कृति बचाउन मनाउदै आएका बिधालयका प्रधान अध्यापक अमृत लाल चौधरीले बताए । यस कार्यक्रममा प्रमुख अतिथिमा सिरहा प्याब्सनका नगर ...