
राष्ट्रसेवक बचततथा ऋण सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न
विसुनदेव सरदार लहान , १० पुस । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सिरहा हकहितका काम गर्ने निकट राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड लहान सिरहाको आयोजनामा चौथो वार्षिक साधारण सभा तथा पिकनिक कार्यक्रम आज लहान १५ स्थित हात्तीदहमा सम्पन्न गरेको छ। " एकका लागि सबै र सबैका लागि एक " नाराका साथ आजको चौथो वार्षिक साधारणसभा सम्पन्न गरिएको हो । आजको कार्यक्रममा प्रमुख अतिथि नेपाल निजामती कर्मचारीका केन्द्रीय अध्यक्ष श्री लेखनाथ कोइराला उदघाटन गर्नु भएको थियो त्यसतै विशिष्ट अतिथिको रुपमा रहनु भएका सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी , सिरहा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य रामशंकर यादव, गंगा यादव, सम्झना थपलिया , प्रदेश सांसद राजेन्द्र प्रसाद चौधरी , सत्रुधन, प्रसाद सिंह त्यसैगरी राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड लहानका पदाधिकारीहरु अध्यक्ष रंजीत कुम...