NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

जनजाति

सलाम छ यो जोडीलाई ।।

सलाम छ यो जोडीलाई ।।

जनजाति, समाज
बाल विवाह एबम् दाइजो उन्मूलन अभियानको दाइजो अन्त्यको आन्दोलनमा सफलताको एउटा अर्को उदाहरणीय कदम "दाइजो नलिइकन विवाह गर्ने साहसी निर्णय " कंचनरुप नगरपालिका,सिमरा,सप्तरी निवासी पारस प्रसाद माझीले सप्तकोशी नगरपालिका,भगनी,मलेठ,सप्तरी निवासी अस्मिता खड्कासंग बिना दाइजो विवाह बन्धनमा बाँधिने छन् । अभियानको तर्फबाट हार्दिक बधाई तथा शुभकामना सहित उत्तरोत्तर प्रगतिको कामनाको साथै बाल विवाह एबम् दाइजो उन्मूलन अभियान परिवार सलाम गर्दछ ।...
सामाजिक तथा घरेलुु हिंसा विरुद्ध सीता टेलिसिरियल प्रशारण सुरु

सामाजिक तथा घरेलुु हिंसा विरुद्ध सीता टेलिसिरियल प्रशारण सुरु

जनजाति
घरेलु हिंसाको विषयवस्तु उठान गरेको पारिवारिक टेलिसिरियल 'सीता'को प्रसारण सुरु भएको छ। सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रीमियम टेलिभिजनबाट प्रसारण सुरु भएको हो। हरेक मंगलबार राती ८ बजे टेलिभिजनबाट प्रसारण हुने सिरियल आरटि इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत आफुले चाहेको समयमा हेर्न सकिनेछ। गरिबिको पिडा, महिला माथिको विभेद, शिक्षाबाट बञ्चित चेलिको अवस्था र सामाजिक समस्याहरुलाई सिरियलमा मुख्य रुपमा उठान गरिएको छ । सिता नाम दिएर सिरियलमा विम्बको रुपमा प्रस्तुत गरिएको छ । सिताको भूमिकामा सुनिसा बजगाईँले सशक्त अभिनय गरेकि छिन् । त्यस्तै लेखक तथा निर्देशक सहिन प्रजापतिको अभिनय पनि हेर्न सकिन्छ । त्यस्तै बालकृष्ण ओलिले सिताको जड्याहा श्रीमानको भूमिका निभाएका छन् । त्यस्तै राजु भुजु, सविता गुरुङ, तारा केसि, आरके मानन्धर, बासु खनाल, उत्तम आचार्य लगायतको मुख्य भुमिका देख्न सक...
केपी शर्मा ओलीमाथि आक्रमणको प्रसास, २ प्रहरी घाइते ।

केपी शर्मा ओलीमाथि आक्रमणको प्रसास, २ प्रहरी घाइते ।

जनजाति, ताजा समाचार, राजनीति, समाचार
काठमाडौं । कोशी प्रदेशको खारेजको माग गर्दै आन्दोलनरत रहेका पहिचान पक्षधरले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रसास गरेका छन् ।बुधबार झापाको बुद्धशान्ति गाउँपालिकास्थित आयोजित कार्यक्रममा अध्यक्ष ओलीलाई लक्षित गर्दै पहिचान पक्षधरले ढुंगामुढा गरेका हुन् । तर प्रहरीले आक्रमणमा उत्रिएका प्रदर्शनकारीहरुलाई रोकेको थियो । ढुंगामुढामा उत्रिएका १ जनालाई प्रहरीले पक्राउसमेत गरेको छ । साथै, दुई पक्षको झडपमा २ जना प्रहरी घाइते भएको पनि बताइएको छ । उक्त घटनाबारे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार बसेको संसदमा जानकारी गराएका छन् । उनले कोशी नामाकरणको विरोधमा पहिचान पक्षधरले ओलीमाथि गरेको ढुङ्गामुढा दुःखद घटना भएको जानकारी गराएका हुन् । ...
नेपाल एयरलाइन्सका दुई प्राविधिक ‘ग्राउन्डेड’

नेपाल एयरलाइन्सका दुई प्राविधिक ‘ग्राउन्डेड’

जनजाति, ताजा समाचार
नेपाल एयरलाइन्सका दुई प्राविधिक 'ग्राउन्डेड' काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी विमानको ककपिटमा रहेको झ्याल बन्द गर्न बिर्सेका दुई प्राविधिकलाई ग्राउन्डेड गरिएको छ । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, गत शनिबार बेलुकी ८ बजे दिल्लीबाट फर्केको निगमको नाइनएन–अल्फा लिमा यांकी (नेपाली नाम अन्नपूर्ण) विमानको दायाँतर्फ ककपिट झ्याल विमानस्थलको एप्रोनमा रातभर खुल्लै रहेको घटनामा ग्राउन्डेड गरिएको हो । प्राधिकरणमातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले सोमबार उनीहरुलाई ग्राउन्डेड गरिएको जानकारी निगमलाई पठाएको छ । ‘निगमलाई यो घटना किन कसको लापर्वाहीले भएको हो ७ दिनभित्र अनुसन्धान गरी प्रतिवेदन बुझाउन भनिएको छ,’ प्राधिकरणका एक अधिकारीले भने,‘निगमको प्रतिवेदनपछि मात्रै ग्राउन्डेड गरिएका प्राविधिकलाई थप अनुसन्धान गरेर ग्राउन्डेड फुकवा गरिने छ ।’निगममका...
मुआब्जा माग्दै वीरगञ्ज ड्राइपोर्टमा स्थानीयको धर्ना

मुआब्जा माग्दै वीरगञ्ज ड्राइपोर्टमा स्थानीयको धर्ना

जनजाति, ताजा समाचार
मुआब्जा माग्दै वीरगञ्ज ड्राइपोर्टमा स्थानीयको धर्ना वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया खल्वाटोलाका स्थानीय बासिन्दाले सुख्खा बन्दरगाह (ड्राइपोर्ट) अगाडि धर्ना दिएका छन् । सरकारले अधिग्रहण गर्ने भनिएको जमिनको मुआब्जा वितरणमा ढिलासुस्ती भएको भन्दै उनीहरुले ड्राइपोर्टको मुख्य गेट अगाडि धर्नामा बसेका हुन् । धर्नामा उल्लेख्य संख्यामा स्थानीय महिला सहभागी भएका थिए । ड्राइपोर्टको मुख्य गेट अगाडि स्थानीय धर्नामा बसेका कारण दिउँसो १ बजेदेखि ४ बजेसम्म बन्दरगाह भित्र सवारी आवागमन समेत रोकिएको थियो । सरकारले ०७१ सालमै सिर्सिया खाल्वाटोला क्षेत्रको ६२ बिघा जमिन अधिग्रहण गर्ने प्रक्रिया थालेपनि अझै पूर्णता पाउन सकेको छैन । जसले गर्दा आफूहरु मर्कामा परेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । अर्थ मन्त्रालयको निर्देशन अनुसार ७१ सालमा ११ बिघा र ०७३ सालमा थप ५१ बिघा गरेर ६२ बिघा जग्गा अधिग्रहणक...
जे.एस मुरारका बहुमुखी क्याम्पस लहानमा शान्तिपूर्ण निर्वाचन सम्पन्न

जे.एस मुरारका बहुमुखी क्याम्पस लहानमा शान्तिपूर्ण निर्वाचन सम्पन्न

जनजाति, ताजा समाचार, राजनीति
जे.एस मुरारका बहुमुखी क्याम्पस लहानमा शान्तिपूर्ण निर्वाचन सम्पन्न विसुनदेव सरदार, लहान / ५ चैत । सिराहाको लहानमा रहेको नमुना कलेजको रुपमा जे.एस मुरारका बहुमुखी क्याम्पसमा आइतबार बिना कोलाहल शान्तिपूर्ण तरिकाले स्वतन्त्र विद्यार्थी युनियन ( स् .व. यु .) चुनाव सम्पन्न भएको छ। सुरक्षा व्यवस्था कडा भएपछि पुरै शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ। आजको मतदानमा २२४९ जम्मा मतदाता रहेकोमा १३२७ जना विद्यार्थी मतदाताहरुले मतदान गरेका छन । प्रतिशतको आधारमा जम्मा ५९.२६% मत खसेको क्याम्पस प्रशासनको तर्फबाट सुजित कुमार चौधरीले जानकारी गराएका छन्। यो सँगै ( स्व व यु) चुनावमा स्नातक वि.एड/ वि.वि.एस./ वि.एस्सी. र स्नातकोत्तर एम. ए/ एम. एड का छात्र छात्रा विद्यार्थीहरुले मतदान गरेका छन् । विभिन्न पार्टीका निकटका भातृ संगठनका कार्यकर्ताहरुले उम्मेदवारी दिइएका छन । समाजवादी विद्यार्थी संय...
पत्रकार सिंह माथि घटेका घटणाको कारवाहीकाे माग गर्दै पत्रकार महासंघ सिराहा शाखा

पत्रकार सिंह माथि घटेका घटणाको कारवाहीकाे माग गर्दै पत्रकार महासंघ सिराहा शाखा

जनजाति, ताजा समाचार, प्रदेश २, समाचार
गाैरी नारायण ठाकुर,सिरहा, मंसिर १९ । गत मंसिर १२ गते सिरहाको सखुवानन्कारकट्टी गाउपालिका वडा नं ५ इटहर्वा स्थित रामजानकी बिबाह पञ्चमीको अवसरमा लगाइएको मेलामा सामाचार संकलन गर्न पुगेका सिरहाका पत्रकार प्रदिप सिंहमाथि पालिका अध्यक्षका छोराको नेतृत्वमा आएका युवाहरुले हातपात गरेको विषयप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाले विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाहीको माग गरेका छन । नवराज गाउपालीका अध्यक्ष शिवउदगार यादवले प्रयोग गर्दै आएको सरकारी गाडिमा बिना हेलमेट तीन जना सवार युवाहरू चन्दन कुमार यादव, पप्पु यादव र अमित कुमार यादवले " आफूहरुको फोटो किन खिचेको " भन्दै पत्रकार सिंहलाई निर्घात कुटपिट गरेका थिए । गाउँपालिकामा अध्यक्षको लागि सरकारले प्रदान गरेको बाइक प्रदेश ०१ _००१_बा ०३२३ नम्बरको सरकारी प्लेटको गाडीमा कालो ड्रेसमा तीन जना सवार गर्दै आएको अवस्थामा सिंहले देखेपछि फोटो खिचेका ...
मुद्दा सर्वोच्चमा, दीपक मनाङे मन्त्रीको कुर्सीमा

मुद्दा सर्वोच्चमा, दीपक मनाङे मन्त्रीको कुर्सीमा

जनजाति, ताजा समाचार, देश, प्रदेश १, प्रदेश २, मधेश प्रदेश, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाडौं । राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीको कुर्सीमा दोस्रो पटक विराजनमान छन् । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका गुरुङ मन्त्रीको कुर्सीमा रहेकै बेला मंगलबार सर्वोच्च अदालतमा भने उनीविरुद्धको कर्तव्य ज्यान उद्योगसम्बन्धी मुद्दा पेसीमा चढेर स्थगित भयो । मुद्दा स्थगित पुनरावेदकको कानुन व्यवसायीबाट भएको हो । पुनरावेदक महान्यायाधिवक्ताको कार्यालय हो । गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा उनी दोषी ठहर भइसकेका हुन् । सर्वोच्चले पनि २०७४ माघमा सोही मुद्दामा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको थियो । त्यहीबेला मनाङबाट उनी प्रदेश संसद् निर्वाचन निर्वाचित भए । निर्वाचित भएको ५ महिनामै उनी पक्राउ परे । ८ महिना कैद सजाय भुक्तान गरे । यद्यपि, जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउन...
ओलीले चन्द्रमामा भर्‍याङ लगाउने, चुच्चे रेल ल्याउने जस्ता झुटो र पूरा नहुने सपना बाँडेर जनतालाई झुक्याए : मन्त्री झाँक्री

ओलीले चन्द्रमामा भर्‍याङ लगाउने, चुच्चे रेल ल्याउने जस्ता झुटो र पूरा नहुने सपना बाँडेर जनतालाई झुक्याए : मन्त्री झाँक्री

जनजाति, ताजा समाचार, प्रदेश २, राजनीति, लुम्बिनी प्रदेश, समाचार
बुटवल । नेकपा एकीकृत समाजवादीकी सचिव एवं शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीले पूरा हुन नसक्ने सपना बाँडेर जनतालाई झुक्याएको बताएकी छन् । सत्ता गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले स्याटलाइटमा आकाश किन्ने, चन्द्रमामा भर्‍याङ लगाउने, चुच्चे रेल ल्याउने जस्ता झुटो र पूरा नहुने सपना बाँडेर जनता झुक्याएको आरोप लगाएकी हुन् । ठूला-ठूला गफ भन्दा वास्तविक धरातलमा उभिएर देश सुहाउँदो सीमित साधनबाट असीमित चाहनालाई पूरा गर्ने गरी योजना बनाउनुपर्ने उनले बताइन् । एमालेतर्फ लक्षित गर्दै झाँक्रीले पटक-पटक भोट हालेर नेतृत्वमा पुर्‍याउँदा पनि सुकुमवासी, अव्यवस्थित बसोबासी र आम नागरिकको समस्या ज्यूँका त्यूँ राख्ने दललाई चिन्ने बेला आएको बताइन् । गलत काम गर्दा गलत भनेर भन्न नसक्नेहरु परिवर्तनकारी हुन नसक्ने उनको भनाइ थियो । ‘प्रश्न गर्न नसक्ने म...
आइसा गर्ल्स कलेजमा युनिसेफ द्वारा शैक्षिक सामाग्री बितरण

आइसा गर्ल्स कलेजमा युनिसेफ द्वारा शैक्षिक सामाग्री बितरण

जनजाति, ताजा समाचार, देश, लुम्बिनी प्रदेश
आइशा गर्ल्स कालेजमा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री वितरण कपिलवस्तु, कृष्णनगर, कार्तिक ९ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कालेजमा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री विद्यार्थी हरूलाई वितरण गरिएको छ डा. मन्जुर खां को अध्यक्षता तथा प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, विशिष्ट अतिथिमा डा. सलमान खान, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खां, शैख अब्दुल रशीद मदनी, शैख अबरार मक्की, अब्दुल अजिम मदनी अतिथि हरूमा राष्ट्रीय मदरसा संघ नेपालकाउपाध्यक्ष शैख जैश मक्की, सदस्य मोहम्मद मुस्लिम, सल्लाहकार अब्दुल अजिज, मौलाना अब्दुल नूर, डा. सइद, अब्दुल सत्तार, मौलाना एहसानुल्ला रहमानी लगायत रहनुभयो कार्यक्रममा बोल्दै ल...