NSW News

२३ मंसिर २०८०, शनिबार
ENGLISH

Uncategorized

गोलबजार नगरपालिकामा अधिकृत पौड्यालको रजाईँ एकवर्षमा इन्धन स्कारपियो भाडाखर्च मात्रै ४२ लाखरुपैयाँ !

गोलबजार नगरपालिकामा अधिकृत पौड्यालको रजाईँ एकवर्षमा इन्धन स्कारपियो भाडाखर्च मात्रै ४२ लाखरुपैयाँ !

Uncategorized
सिराहा, २१ मंसिर । पशुपति शर्माको लुटन सके लुट बोलको गीत कहिकतै चरितार्थ भएको छ भने त्यो गोलबजार नगरपालिकामा भएको छ । सामान्यतया पत्याउनै गाह्रो छ तर सुत्रहरुले भन्छ यथार्थ यही हो । प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेलले चढने गाडी ( बागमती प्रदेश ०१०२७च ९१७० स्कारपियो ) को एक वर्षको खर्च लगभग ४२ लाख पुगेको छ । नगर प्रमुखमा श्याम श्रेष्ठ निर्वाचित हुनु अगाडि प्रमुख प्रशासकीय अधिकृत पौडेलले दैनिक रु ४ हजार भाडा तिर्ने गरी गोलबजारकै बासिन्दा दीपेस साहको गाडी भाडामा लिएका थिए । तर नयाँ नगर प्रमुख श्रेष्ठले पदभार ग्रहण गरेको ३ महिना पछि दीपेसको गाडीको सम्झौता रद्द गरियो । दीपेस साहको गाडी भाडा रकम हालसम्म भुक्तानी दिइएको छैन । नव निर्वाचित नगर प्रमुख श्रेष्ठकै भाञ्जा नाता पर्नेको नाममा दर्ता रहेको गाडी प्रति दिन ६ हजार तिर्ने गरी भाडामा लिइयो । नगर प्रमुख श्रेष्ठले सपथ लिनासाथ नगरपाल...
मृतक आरती साहका श्रीमानलाई थुना पठाउन सर्वोच्चको आदेश

मृतक आरती साहका श्रीमानलाई थुना पठाउन सर्वोच्चको आदेश

Uncategorized
जनकपुरधाम । मृतक आरती साहका श्रीमान मोतीबाबु साहलाई थुनामा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले उच्च अदालतको आदेश उल्ट्याउँदै आज आरतीका श्रीमान मोतीबाबुलाई थुनामा पठाउने आदेश दिएको हो । गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका- ९ थापाचोकमा आरती मृत फेला परेकी थिइन् । माइती पक्षले आरतीको हत्या श्रीमान र ससुराले दाइजोको निहुँमा गरेको आरोप लगाएको छ । आरतीको हत्या गरेको भन्दै उनका श्रीमान र ससुरालाई कडा कारबाही गर्न माइती पक्षले लामो समयदेखि आन्दोलन गर्दै आएको थियो । आरतीका आमा, बुवा र बहिनी विगत ६ महिनादेखि काठमाडौंमा धर्ना बसेका छन् । धर्ना बस्दा पनि सरकारले न्याय दिन नसकेपछि मधेश प्रदेशका पूर्वन्यायाधिवक्ता दीपेन्द्र झाले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमा आज बहसपछि आरतीको श्रीमानलाई थुनामा पठाउने आदेश दिएको छ । ...
अनुदानको गेहुँवीउँमा बढी मुनाफा कमाउने आड्मा कर्मचारीको ब्रहम्लुट

अनुदानको गेहुँवीउँमा बढी मुनाफा कमाउने आड्मा कर्मचारीको ब्रहम्लुट

Uncategorized
विष्णुदेव सरदार- २० मंसिर, सिराहा। सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अनुदानको गेहुँको वीउँ वितरण कार्यमा व्यापक कालोबजारी हुने गरेको छ। किसानका लागि उपलब्ध गराएको गेहुँको वीउँमा पालिकाका कर्मचारी तथा जनप्रतिनिधिको खुल्मखुल्ला बढी मुनाफा कमाउने आड्मा व्यापक ब्रहम्लुट गरेको पाइएको छ। अहिलेको मार्केट बजार मुल्य प्रतिकिलो रु.८० रहेको छ। तर, त्यहीँ वीउँ पालिकाले प्रतिकिलो १०० को दरले किसानलाई वितरण गर्ने गरेको छ। अर्थात रु.५० अनुदान र रु. ५० किसानलाई बेहोर्नु पर्ने उल्लेख छ। प्रतिकिलो २० रुपैयाँ नाफा पालिका कर्मचारी तथा जनप्रतिनिधि लिदै आएका छन् । लक्ष्मीपुर पतारी गाउँपालिकामा जम्मा ६ वटा वडाहरु छन् र प्रत्येक वडालाई ८० बोरा गेहुँको वीउँ दिइने पालिकाले निर्णय गरिएको थियोे । अनुदानको नाममा ब्रहम्लुट गर्नेलाई पालिकाका कर्मचारी तथा जनप्रतिनिधिलाई कार्यवाही नभए हामी सम्पुर्ण पालिक...
लहानको पशुपति सिनेमा हलमा जम्दै चन्द्रकला बच्छारकी हिन्दीफिल्म द नाईट सिफ्ट

लहानको पशुपति सिनेमा हलमा जम्दै चन्द्रकला बच्छारकी हिन्दीफिल्म द नाईट सिफ्ट

Uncategorized
सिराहा / १६ मंसिर । माउण्ट एभरेष्ट पिक्चर्स लिमेटेडले प्रस्तुत गर्दछ ‘‘द नाईट सिफ्ट’’ नामक चलचित्रको प्रीमियर शो प्रर्दशनमा आउने भएको छ । आज शनिबार सो हिन्दी फिल्म "द नाईट सिफ्ट पशुपति डिजिटल सिनेमा हल लहानमा साँझ ५ बजेबा लागेका थियोे। आज शनिबारका दिन प्रर्दशनी गर्नुभएकी निर्देशिका तथा कालाकार चन्द्रकला बछार चौधरीले जानकारी दिइएकी छिन् । ‘समाजमा घटिरहेको महिला हिंसा र रात्री कालिन अवस्थामा महिलाले सामना गर्नुपर्ने ताकत हौसला मुख्यरुपमा दर्साएको छ। साथै अन्धविश्वासको रुपमा रहेको भुत प्रेतबाट जोगिन् समबन्धि उदेश्यले स्थानीय भाषामा चलचित्र निर्माण गरिएको हो । महिलालाई हेर्ने दृष्टिकोण हालसम्म पनि हाम्रो समाजमा फरक रहेकोले त्यस्ता विसंगतिबाट मुक्ति पाउन साकारात्मक संन्देश दिने खालका चलचित्र तयार पारिएको हो ।’ ‘प्रीमियर शो हेरेर कालाकारहरुको मनोबल बढाउनका साथै स्थानीय कलाका...
रामभरोष साहको चौधौं वार्षिकी सम्पन्न, पाँच पत्रकार सम्मानित

रामभरोष साहको चौधौं वार्षिकी सम्पन्न, पाँच पत्रकार सम्मानित

Uncategorized
सिरहा । मिर्चैयाका समाजसेवी एवं राजनीतिज्ञ स्वर्गीय रामभरोष साहको चौधौं वार्षिकी सम्पन्न भएको छ । मिर्चैयाको मटियर्वास्थित सामुदायिक भवनमा बुधबार स्मृतिसभा सम्पन्न भएको हो । राप्रपाका संस्थापक सदस्य, राष्ट्रिय जनशक्ति पार्टीका सहायक महामन्त्री, नेपाल सुडी समाज कल्याण समितिका संस्थापक अध्यक्ष एवं जिल्ला विकास समिति सिरहाका उपसभापति रहिसकेका साह जिउँदो हुँदा मिर्चैया र समग्र सिरहामा उल्लेख्य योगदान गरेका थिए । त्यसैको सम्झनामा रामभरोष साह मेमोरियल मेमोरियल ट्रष्टले मिर्चैयामा प्रत्येक वर्ष स्मृतिसभा कार्यक्रम गर्दै आएको छ । यसैबीच, स्मृतिसभा कार्यक्रममा ट्रष्टले मिर्चैया क्षेत्रबाट जिल्लामा पत्रकारिता गरिरहेका पाँच पत्रकारलाई सम्मानित पनि गरेको छ । सम्मानित हुनेहरूमा कान्तिपुर टेलिभिजनका सिरहा जिल्ला प्रमुख विनय आजाद, नेपाल टिभीका संवाददाता श्यामकुमार ठाकुर, रेडियो गंगाजलका प्रमुख स...
सप्तरीको खडक नगरपालिकामा ज्येष्ठ नागरिकहरुलाई सम्मानित

सप्तरीको खडक नगरपालिकामा ज्येष्ठ नागरिकहरुलाई सम्मानित

Uncategorized
लहान , २३ कार्तिक । सप्तरीको खडक नगरपालिका कार्यालयको प्राङ्गणमा आज ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ। महिला बालबालिका तथा समाज कल्याण शाखा कल्याणपुरको आयोजना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएका छन् । नगरपालिका भित्रका सबैजसो वडाका वृद्ध पुरुष , महिला , शारीरिक रुपले अशक्त , एकल महिला सहित ८० जना सहभागीहरुले सम्मानित भएका छन् । वहाँहरुलाई - चादर , दोसल्ला गम्छा, झुल, सिरक बल्याङकेट दिदै सम्मानित गरिको हो । आजको कार्यक्रममा बोल्दै खडक नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष बिन्दुलाल चौधरी - जीवन सर्वव्यापीरुपमा अमुल्य छ, त्यसैले वृद्ध हुनुमा हाम्रो दोष होइन । सबैलाई एकदिन वृद्ध हुनैपर्छ सर्वव्यापी सत्य हो आफ्नो मन्तव्यमा भनिएको हो । त्यसतै, खडक नगरपालिका वडा न. - ३ का वडाअध्यक्ष देवनारायण चौधरीका अनुसार - जसरी यहाँ सबैले खुशी व्यक्त गर्दै हुनुहुन्छ , त्यसरी न...
लहानको माखनभोग स्वीटसएण्ड नमकिनसहित अधिकाँश होटलले किरा लागेको दालभात बेच्दै निकाय बेखबर

लहानको माखनभोग स्वीटसएण्ड नमकिनसहित अधिकाँश होटलले किरा लागेको दालभात बेच्दै निकाय बेखबर

Uncategorized
विष्णुदेव सरदार- लहान, ४ कार्तिक । सिरहाको लहानमा अवस्थित रोड न. -१ पशुपति मावि अगाडि रहेको माखन भोग स्विट्स एण्ड नमकिनमा अखाद्य वस्तु बेचेको पाइएको छ। शनिबार राति खाना खान पुगेका सुमित्रा पासवानको खानामा किरा,जुका देखिएको थियोे । दालभात खाँदै गर्दा खानामा जुका किरा हेरेपछि सुमित्रा पासवान र उनका श्रीमान धर्मेन्द्र पासवानले होटका संचालक रोशन अग्रवालसँग सरसफाइमा ध्यान पुर्‍याउन आग्रह गरेका थियोे । तर, मिठाइँ पसलका संचालक रोशन अग्रवालले उल्टै, पसलमा खानाखाँदै गर्दा अवस्थामा धाकधम्की दिइएका छन् । जे मन लाग्छ त्यो गर, मलाई केही हुने बला छैन । मलाई बढी नसिकाउ जस्ता बेओहियात बोलेका छन् । यो सँगै, माखन भोग स्वीट्स एण्ड नमकिन विरुद्ध धेरैको जहिल्यै एउटा न एउटा गुनासो आएकै हुन्छ । लहानको सुभाष साह भन्छन् - लहानको सबैभन्दा महँगो होटल र लुटतन्त्रको अड्डा भनेको माखन भोग स्विटस् नै हो । ...
नगर प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा

नगर प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा

Uncategorized
काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको बढुवा गरेको छ ।हाल नगर प्रहरी उपरीक्षक रहेका पाण्डेलाई मंगलबार बसेको कार्यपालिका वैठकले नगर प्रहरी वरिष्ठ उपरीक्षक पद दिने निर्णय गरेको हो ।महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुख एसएसपी हुने प्रावधान छ । सोही अनुसार कार्यपालिका वैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रस्ताव गरेको ३ जना एसपीको नाममध्ये पाण्डेको नाम एसएसपीमा सर्वसम्मतिले निर्णय गरेको प्रवक्ता नविन मानन्धरले बताए ।समितिले एक नम्बरमा पाण्डे, दुई नम्बरमा विष्णु जोशी र ३ नम्बरमा दिनेश अर्यालको नाम सिफारिस गरेको थियो । कार्यसम्पादन मुल्यांकन, वरियताको आधारमा पाण्डेको नाममा निर्णय गरेको मानन्धरले बताए ।...
प्रहरी प्रधान कार्यलय द्वारा : स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

प्रहरी प्रधान कार्यलय द्वारा : स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

Uncategorized
बुटवल । “६८ औं प्रहरी दिवस २०८०” को अवसरमा प्रहरी प्रधान कार्यलय द्वारा आयोजित प्रहरी दिवस रनिङ्ग कप पुरुष भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल लुम्बिनी प्रदेश प्रहरीको भलिबल टिमलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. उमेश राज जोशीको प्रमुख आतिथ्यतामा यस केन्द्रमा आज २०८०/०६/२८ गते बैण्ड बाज सहित स्वागत तथा सम्मान कार्यक्रम सु-सम्पन्न भयो ।उक्त कार्यक्रममा प्रमुख अतिथीबाट खेलाडीहरुलाई बधाई तथा सम्मान गर्नुका साथै आफ्ना सान्दर्भिक भनाई बाट हौसला प्रदान गरिएको थियो ।...
पेट्रोलको मूल्य लिटरमा ११ र डिजेलको ५ रुपैयाँले घट्यो

पेट्रोलको मूल्य लिटरमा ११ र डिजेलको ५ रुपैयाँले घट्यो

Uncategorized
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।...