गौरी नारायण ठाकुर सिरहा,फाल्गुन ९ गते ।
नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसिएल नेपालले आज सिरहाको जिरोमाईलमा मसाल जुलुस प्रर्दशन गरेकोे छ ।
एमसीसीको एजेण्डालाई संसद्मा टेबुल गराएर भित्र–भित्रै अनुमोदन गर्ने गम्भीर षड्यन्त्र भएको भन्दै आज धनगढीमाई नगरपालिकाको जिरोमाईलमा वाईसिएलका जिल्ला सभापति विवेब परियारको नेतृत्वमा मसाल जुलुस प्रदर्शन गरिएको हो ।
माउ पार्टीका शीर्ष नेताहरूले भातृ संगठन तथा जनतालाई झुक्याएर एमसीसी अनुमोदन गर्ने दिशातर्फ अघि बढिरहेको भन्दै प्रदर्शनकारीहरूले खबरदारी समेत गराएको छ ।
सर्वसाधारण,युवा तथा वाईसिएल कार्यकर्ताको बाक्लो उपस्थिति रहेको प्रदर्शनलाई आजबाट चरणवद्धरुपमा अगाडी बढाइने माओवादी केन्द्रका नेताले जानकारी दिए ।
जनताको हित विपरीत नेताको स्वार्थको लागि एमसीसी अनुमोदन गर्नु घातक हुने बताउँदै नेकपा माओवादी केन्द्रका भातृ संगठन वाईसिएल नेपाल सिरहा जिल्ला संयोजक विवेक परियारले चरणबद्ध आन्दोलनको स्वरूप परिवर्तन गर्दै लैजाने बताएका छन ।
यसअघि पनि माओवादी केन्द्रको भातृ संगठन वाइसेलले एमसीसीको विरोधमा मसाल जुलुस निकालेको थियो । नेताहरूले सबैलाई भ्रममा पार्नेगरी भित्रभित्रै षड्यन्त्र गरिरहेको बिषयलाई मध्यनजर गर्दै आन्दोलनको जरुरत भएको वाइसिएल नगर कमिटीका इन्चार्ज राज कुमार चौधरीले बताए । प्रदर्शनमा अन्य नेताहरुकोे सहभागी थिए ।
MCC बिरुद्ध वाईसिएल सिरहा द्वारा मसाल जुलुस प्रर्दशन |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1