NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

OBC महासंघले सोध्यो अध्यक्ष गजेन्द्र ठाकुरलाई २४ घण्टे स्पष्टिकरण

OBC महासंघले सोध्यो अध्यक्ष गजेन्द्र ठाकुरलाई २४ घण्टे स्पष्टिकरण

बर्दिबास । नेपाल पिछडावर्ग OBC महासंघको विधान विपरित कार्य गरेको भन्दै अध्यक्ष गजेन्द्र ठाकुरसँग २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

  अध्यक्ष ठाकुरले प्रदेश शभा निर्वाचनमा ३३ भाेट पाएका थिए । निर्वाचनमा अध्यक्ष ठाकुरले निजी स्वार्थकाे लागि अनिधिकृत रुपमा नेपाल पिछडावर्ग OBC महासंघको ब्यानर लाेगाे पर्याेग गरेर महासंघलाई धारासाई बनाएको प्रवक्ता शशी कुमार महताेले बताएका छन् ।

प्रदेश सभा सदस्यको लागि रौतहट क्षेत्र नं. १(ख)बाट स्वतन्त्र उम्मेदवारी दिएको ठाकुरले निर्वाचनको प्रचारप्रसारको क्रममा नेपाल पिछडा वर्ग OBC महासंघको लोगो झण्डा प्रयोग गरेको पाइएकाले २४ घण्टे स्पष्टिकरण सोधिएको महासंघका महासचिवले जनाएको छ ।

२४ घण्टाभित्र महासंघ समक्ष स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0