NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

Tikatok प्रतिबन्धकाे माग राख्दै मधेस प्रदेशमा व्यापक प्रदर्शन ।

Tikatok प्रतिबन्धकाे माग राख्दै मधेस प्रदेशमा व्यापक प्रदर्शन ।

जनकपुरधाम । सामाजिक सञ्जाल टिकटकलाई बन्द गर्नुपर्ने माग राख्दै मधेशका जिल्लाहरुमा प्रदर्शन गरिएको छ । प्रदेशको राजधानी धनुषाको जनकपुरधाम र सिरहामा युवाले प्रदर्शन गरेका छन् ।टिकटक बन्द संघर्ष समिति’ नै बनाएर केही युवाले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएकाे पाइएकाे छ। शुक्रबार Tik Tok बन्द संघर्ष समिति महोत्तरी द्वारा जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलय प्रमुख ज्यु र जलेश्वर नगरपालिका प्रमुख ज्यु लाई Tik Tok बन्द गराईदिनको लागि ज्ञापन पत्र बुझाईएका छन् ।हिजो (आइतबार) पनि रौतहटबाट केही युवाले याे संघर्ष समितिमार्फत सरकारी निकायमा ज्ञापनपत्र बुझाएका छन् । भने आज सिराहामा पनि ज्ञापनपत्र बुझाइएको छ र TikTok बन्द संघर्ष समिती धनुषा द्वारा आयोजित जनकपुरधाम मा बिरोध प्रदर्शन साथैसाथ जनकपुरधाम उप-महानगरपालिका ,जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत ज्ञापन पत्र बुझाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0