NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

देश

भारी वर्षा जारी रहन्छ , सतर्कता अपनाउन २४ घण्टे चेतावनी जारी

भारी वर्षा जारी रहन्छ , सतर्कता अपनाउन २४ घण्टे चेतावनी जारी

देश, मौसम
जनकपुरधामकार्तिक २ गते आज ९मंगलबार० बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशका अधिकांश स्थानमा मौसम सामान्य बदली रही हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षासमेत भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश २ का सिरहा, धनुषा, महोत्तरी लगायतका अधिकांश स्थानमा पनि वर्षा जारी छ । बुलेटिनअनुसार भोलि बुधबारसम्म देशभर वर्षा जारी रहने अनुमान छ, साथै कतिपय प्रदेशका हिमाली भेगमा हिमपातसमेत हुने सम्भावना छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ । चेतावनी सूचनामा भनिएको छ( प्रदेश १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान साथै बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उ...