NSW News

२० बैशाख २०८१, बिहीबार
ENGLISH

सिराहा: नवराजपुर गाउँपालिकाको विवाद उत्कर्षमा इलाका प्रहरी महेशपुर पतारी सत्यतथ्य छानबिन तथा न्यायदिन आनाकानी

सिराहा: नवराजपुर गाउँपालिकाको विवाद उत्कर्षमा इलाका प्रहरी महेशपुर पतारी सत्यतथ्य छानबिन तथा न्यायदिन आनाकानी

विष्णुदेव सरदार,
लहान, २५ साउन ।

सिराहाको नवराजपुर गाउँपालिकाका स्थानीयहरुद्वारा इलाका प्रहरी कार्यालय महेशपुर पतारी कार्यालय अगाडि दुई दिनदेखि चरणबद्धरुपमा धर्ना तथा विरोध कार्यक्रम गरिदै आएको छ।

गाउँपालिकाले पछिल्लो समय गाउँपालिका भित्रका ऐलानी जग्गाको पोखरी ठेक्काको विषयमा कार्यपालिकाले नियमानुसार कामकाज गरिदै गर्दा पालिकाकाको विपक्षी नेपाली काङ्ग्रेसको ठाडो हस्तक्षेप भएको छ।

भु. पु. गाउँपालिका अध्यक्ष विश्वमोहन यादवको कार्यकर्ताले सामन्ती सोचाइ राख्दै पालिकाको हरेक कामकाजमा विरोध गरिदै आएको जनाएको छ।

यो सँगै, केहीसमय उता, गाउँपालिका अध्यक्ष शिवउदगार यादव ( शिवा ) र भु.पु. गाउँपालिका अध्यक्ष विश्वमोहन यादवका कर्याकर्ताबीच विषयमा झडप भएको थियो । त्यसलगत्तै बिपक्षी नेपाली काङ्ग्रेसले झडपमा कार्यकर्ता कुटपिट भएको भन्दै इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा कुटपिट लगायत विभिन्न विषयमा झुठा मुद्दा जाहेरी गरिएको थियो ।

तर, त्यहीँ भिडमा पालिकाका कर्मचारी, जनप्रतिनिधि, हातपात , कुटपिट, दलितलाई हात भाँचिदा समेत इलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रहरी निरीक्षक केशव कटुवाल निवेदन दर्ता गर्न बेवास्ता तथा आनाकानी गरिदै आएको छ।

“दोषीलाई कार्वाही गर” सत्यतथ्य छानबिनको मांग गर्दै दुबैपक्षको निवेदन दर्ताको मांगसहित बुधबार , बिहीबार दुई दिनदेखि पतारी प्रहरी कार्यालय गेटमा चरणबद्धरुपमा आन्दोलन जारी छ।

सयौंको सङ्ख्यामा रहेका आन्दोलनकारीहरुका अनुसार – जसरी काङ्ग्रेसको मुद्दा दर्ता गरिएको छ। त्यसरी नै हाम्रो पनि मुद्दा दर्ता हुनुपर्छ । न्याय एकहोरो पक्षलाई दिएर हुनुहुँदैन।

काङ्ग्रेसी शासक वर्गहरुले , जहिल्यै गरिबलाई तर्साउनु हुदैनन्- शासक अन्त्य हुनुपर्छ – शासन लागू हुनुपर्छ ।

कमिसनखोर थाना छोड- भ्रष्टाचारी इन्सपेक्टर महेशपुर पतारीका प्रहरी निरीक्षक केशव कटुवालको मांग गर्दै प्रहरी कार्यालय अगाडि सकडमै बिहीबार खाना खाएर आन्दोलन गरिएको अवस्था छ।

आन्दोलनकारीहरुका अनुसार – जबसम्म हाम्रो मांग सम्बोधन हुदैन अर्थात दोषीलाई कार्यवाही निर्दोषलाई न्याय नपाएसम्म हामी आन्दोलनका कार्यक्रमहरु नियमितरुपमा गरिदै रहने बताएका छन ।

यता, इलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रहरी निरीक्षक केशव कटुवालका “हामी माथिको नियमानुसार काम गरिएका छौं “- गरिरहेका छौं ।

जिल्ला प्रशासन कार्यालय सिराहाका प्रमुख ( सिडियो ) राजेन्द्रदेव पाण्डे सहित जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख ( एसपी ) टेकु न्नद इबा लिम्बूका टोलीले शुक्रबार दिउँसो यस विषयमा छलफल तथा सार्थक निष्कर्षमा जाने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0