NSW News

२० बैशाख २०८१, बिहीबार
ENGLISH

मिर्चैया प्रहरीद्वारा लागूऔषधसहित २ जना पक्राउ

मिर्चैया प्रहरीद्वारा लागूऔषधसहित २ जना पक्राउ

सिरहा । मिर्चैया प्रहरीले लागूऔषधसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न स्थानबाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका-२ का १९ वर्षीय विष्णु कुमार साह र मिर्चैया-६ का ३४ वर्षीय शत्रुधन ठाकुर छन् । साहलाई गत सोमबार र ठाकुरलाई बिहीवार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

साहको साथबाट प्रहरीले ४.४३ ग्राम खैरो हेरोइन र एक थान डिजिटल तराजु पनि बरामद गरेको छ । ठाकुरको साथबाट भने १५ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनायो ।

गोप्य सूचनाको आधारमा शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट लागूऔषध लगायतका सामान बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनीहरूलाई अदालतबाट म्याद थपी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए । मिर्चैया प्रहरीले पछिल्लो समय यस क्षेत्रमा लागूऔषध प्रयोग तथा बिक्रीवितरणमा संलग्नहरूमाथि विशेष निगरानी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
4
+1
0
+1
2
+1
3