NSW News

२१ बैशाख २०८१, शुक्रबार
ENGLISH

मधेस बुझ्न काठमाडौँमै मधेस पुस्तकालय तथा अनुसन्धान केन्द्र सञ्चालन

मधेस बुझ्न काठमाडौँमै मधेस पुस्तकालय तथा अनुसन्धान केन्द्र सञ्चालन

काठमाडौँ ।
काठमाडौँमा मधेस पुस्तकालयको स्थापना भएको छ । काठमाडौँमा मदेसका युवाहरूको एक समूहले मधेस पुस्तकालय तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याएको हो । काठमाडौँस्थित आलोक नगरमा पुस्तकालय तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याइएको हो ।

पुस्तकालयमा मधेस, देश र विश्व अनि विभिन्न क्रान्ति, सङ्घर्ष र दर्शनसँग सम्बन्धित किताबहरू राखिएका छन् । युवाहरूले किताब र आर्थिक सहयोग सङ्कलन अभियान नै सञ्चालन गरेर पुस्तकालयको स्थापना भएको छ ।

अभियान निरन्तर रहने र पुस्तकालयलाई थप व्यवस्थित अनि विकसित गर्दै लैजाने योजना रहेको छ । मधेस पुस्तकालय तथा अनुसन्धान केन्द्रले मदेसको विषयमा खोज र अनुसन्धानहरूसमेत गर्ने बताइएको छ ।

‘पुस्तकालय युवाहरू अध्ययनको केन्द्र बन्छ । यसलाई ज्ञान निर्माणको थलोको रूपमा पनि बुझ्दा हुन्छ’, पुस्तकालयका अध्यक्ष शिव यादव भन्छन्, ‘पुस्तकालय मदेसको समसामयिक मुद्धाहरुको वैचारिक रूपमा पनि बहस गर्ने स्थलको रूपमा विकास गरिनेछ ।’

‘ज्ञान निर्माण प्रक्रियामा मदेसको सदैव अग्रणी भूमिका रहँदै आइरहेको छ । विश्वमा ज्ञानको ज्योति फैलाउने गौतम बुद्धदेखि लिएर यज्ञब्लक्य, अष्टाबक्र, विधापती, जनक जस्ता विद्वत्ता प्राप्त गरेका महा–मानवहरूको जन्म मदेसको गर्वबाट भएको हो’, अध्यक्ष यादव भन्छन्, ‘राजा जनकको दरबारमा विश्वका उत्कृष्ट विद्वान्हरूको साक्षरता हुने गर्दथ्यो । संवाद हुने गर्दथ्यो । तर, पछिल्लो समय मधेसमा ज्ञान निर्माणको कुरा त परै जाओस ज्ञान आदान प्रदान पनि भइरहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0