NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

मधेश प्रदेश

सिराहा: लक्ष्मीपुर पतारीमा आश्वासन अनुसार विकासनिर्माण भएन किसानको अवस्था चिन्ताजनक

सिराहा: लक्ष्मीपुर पतारीमा आश्वासन अनुसार विकासनिर्माण भएन किसानको अवस्था चिन्ताजनक

ताजा समाचार, मधेश प्रदेश
विष्णुदेव सरदार / लहान, ३० असोज । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -३ महेशपुर हरिनगर र पिप्रा प्र.ध. का जग्गाहरु डुवानमा पर्दा किसानहरुको अवस्था यतिबेला चिन्ताजनक देखिएको छ। पछिल्लो समय आकाशे पानीको समुचित व्यवस्थापन नहुँदा पिप्रा प्र. ध. र महेशपुरका जग्गाहरु डुवान थियोे । पिप्रा प्रधको ढेङ्गरणीमाई थान अगाडिको शैयौँ बिगहा डुवानमा रहँदा यतिबेला किसानहरुमा खेतीप्रति निराशा छाएको छ। पुर्वपश्चिम राजमार्ग र लक्ष्मीपुर पतारी गाउँपालिका जोड्ने मुख्य सडकको छेउछाउका खेतीयोग्य जग्गाहरु डुबानको अवस्थामा देखिएको थियोे । लक्ष्मीपुर पतारी गाउँपालिकाले समयमा ठोस योजना निर्माण नगरिदा विकास निर्माण कार्यमा पछि परेको स्थानीयहरुले जनगुनासो गरेको छ। महेशपुर हरिनगरका दिनेश यादव भन्छन्- खेतमा महिनौंको पानीले गर्दा धान कालो बनेर सुकियो । अकाशे पानीको निकाश भएन, सडक छेउछा...
जनतामावि पर्सापोखर्भिण्डाका प्रअ पशुपति शाहले गरे एकदशका १ करोडबढीको भ्रष्टाचार

जनतामावि पर्सापोखर्भिण्डाका प्रअ पशुपति शाहले गरे एकदशका १ करोडबढीको भ्रष्टाचार

ताजा समाचार, देश, मधेश प्रदेश
विष्णुदेव सरदार, लहान, श्रावण ३२ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -२ मा रहेको श्री जनता डोमी चौधरी माध्यमिक विद्यालय (प्राविधिकधार)का प्रधानध्यापक पशुपति साहले १ करोडौं बढीको घटोला भ्रष्टाचार गरेको पाइएको छ। प्रधानध्यापक साहले नक्कली बील भर्पाई पेश गरि करोडौं रकम हिनामिना गरि भ्रष्टाचार गरेको छ। शनिबार बसेको गाउँलेहरुको भेलामा रकम हिनामिना हरहिसाब छानबिनमा १ करोड बढी भ्रष्टाचार गरेको खुलेको छ। लक्ष्मीपुर पतारी गाउँपालिकाको संघिय सरकारको बजेट तथा आन्तरिक आम्दानीको रकमले सामाग्री खरिद , भवन निर्माण ,पत्रपत्रिकामा विज्ञापन शुल्क , मोबाइल खरिद लगायत अनेकन शिर्षकहरुमा १ करोड ४ लाख ८८ हजार ५ सय २० रुपैयाँको अनियमितता गरि भ्रष्टाचारको आरोप लागेको छ। यो सँगै , सो गाउँलेहरुको भेलामा प्र.अ. साहले गरेको भ्रष्टाचारको रकम तत्काल विद्यालयको खातामा जम्मा गर्न आग्रह...
झिझियाको रमझममा मधेश, पिप्राप्रध रामपुरमा महायज्ञ देवीद्वारा भागवत वाचन

झिझियाको रमझममा मधेश, पिप्राप्रध रामपुरमा महायज्ञ देवीद्वारा भागवत वाचन

ताजा समाचार, धार्मिक, मधेश प्रदेश
विष्णुदेव सरदार / लहान, ३० असोज । सिराहासहित मधेश प्रदेशका जिल्लाहरुमा झिझियाको रमझम देखिएको छ। गाउँगाउँमा दशैँको पहिलो दिन घटस्थापना देखि दशमीसम्म झिझियाको रौनक देखिन्छ । यो सँगै, सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर - १ पिप्रा प्रध. रामपुरमा प्रत्येकवर्ष झै यसवर्ष पनि बडो धुमधामका साथ माँ दुर्गा भवानी मेला महोत्सव तथा देवीद्वारा श्रीमद भागवत ज्ञान महापुराण शुरु भएको छ। सो भागवत कार्यक्रममा घटस्थापना दिनदेखि दशमीसम्म दिउँसो ३:०० बजेदेखि साँझ ७:०० बजेसम्म हुदै आएको आयोजकले जनाएको छ। यता, रामपुरको झिझिया महोत्सव भर्न छिमेकी गाउँहरुले भाग लिइएका छन् । धनगडीमाईको कुर्वा हनुमाननगर, बाखर , लक्ष्मीपुर पतारीको ठुलो पिप्रा प्रध, छोटकीटोल पिप्रा, रामपुरका केटीहरुले भाग लिएका छन् । उनीहरूले घटस्थापना दिनदेखि नवमी दिनसम्म झिझियाको विभिन्न गीतसंगीत द्वारा नृत्य प्रदर्शनी गर्न...
जनतामावि पर्सापोखर्भिण्डाका प्रअ पशुपति शाहले गरे एकदशका १ करोडबढीको भ्रष्टाचार

जनतामावि पर्सापोखर्भिण्डाका प्रअ पशुपति शाहले गरे एकदशका १ करोडबढीको भ्रष्टाचार

ताजा समाचार, धार्मिक, मधेश प्रदेश
विष्णुदेव सरदार, लहान, श्रावण ३२ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -२ मा रहेको श्री जनता डोमी चौधरी माध्यमिक विद्यालय (प्राविधिकधार)का प्रधानध्यापक पशुपति साहले १ करोडौं बढीको घटोला भ्रष्टाचार गरेको पाइएको छ। प्रधानध्यापक साहले नक्कली बील भर्पाई पेश गरि करोडौं रकम हिनामिना गरि भ्रष्टाचार गरेको छ। शनिबार बसेको गाउँलेहरुको भेलामा रकम हिनामिना हरहिसाब छानबिनमा १ करोड बढी भ्रष्टाचार गरेको खुलेको छ। लक्ष्मीपुर पतारी गाउँपालिकाको संघिय सरकारको बजेट तथा आन्तरिक आम्दानीको रकमले सामाग्री खरिद , भवन निर्माण ,पत्रपत्रिकामा विज्ञापन शुल्क , मोबाइल खरिद लगायत अनेकन शिर्षकहरुमा १ करोड ४ लाख ८८ हजार ५ सय २० रुपैयाँको अनियमितता गरि भ्रष्टाचारको आरोप लागेको छ। यो सँगै , सो गाउँलेहरुको भेलामा प्र.अ. साहले गरेको भ्रष्टाचारको रकम तत्काल विद्यालयको खातामा जम्मा गर्न आग्रह...
राष्ट्रिय युवा संघ मधेस प्रदेशको सचीवमा सिरहाका महतो निर्वाचित

राष्ट्रिय युवा संघ मधेस प्रदेशको सचीवमा सिरहाका महतो निर्वाचित

ताजा समाचार, मधेश प्रदेश, राजनीति
महेश महतो सिरहा, २२ भदौ: नेपालको प्रथम मधेस प्रदेशको अधिवेशनमा राष्ट्रिय युवा संघ नेपालको सचीवमा अशोक महतोलाई निर्वाचित गरिएको छ। यस अधिवेशनको आयोजना जनकपुर धाम मा भएको थियो। सचीवमा निर्वाचित भएका अशोक महतोले यस संघको महत्त्वपूर्ण पदमा चयन गरेर युवाहरूको आवाजलाई सुनिनका लागि तात्त्विक रूपमा प्रतिनिधित्व प्रदान गर्ने गरेका छन्। सचीवमा निर्वाचित भएका अशोक महतोले युवाहरूको मुद्दामा उनीहरूको आवाज र आक्रोशलाई प्रधानता गरेका छन। अधिवेशनमा सिरहाबाट मधेस प्रदेश युवा संघको सदस्यमा भोगेन्द्र यादव, गोबिन्द पोख्रेल, सिता महतो, अनिता साह, सुरेस यादव र आनन्द रहपाल चयन भएका छन्। सचीवमा निर्वाचित भएका अशोक महतोले यस संघको महत्त्वपूर्ण पदमा चयन गरी युवाहरूको आवाजलाई सुनाउने गरेका छन् र यो पदको प्राप्ति गर्दा तत्त्विक रुपमा प्रतिनिधित्व गर्ने योजनामा छन्।...
सिराहा: नवराजपुर गाउँपालिकाको विवाद उत्कर्षमा इलाका प्रहरी महेशपुर पतारी सत्यतथ्य छानबिन तथा न्यायदिन आनाकानी

सिराहा: नवराजपुर गाउँपालिकाको विवाद उत्कर्षमा इलाका प्रहरी महेशपुर पतारी सत्यतथ्य छानबिन तथा न्यायदिन आनाकानी

ताजा समाचार, देश, प्रदेश २, मधेश प्रदेश, समाचार
विष्णुदेव सरदार, लहान, २५ साउन । सिराहाको नवराजपुर गाउँपालिकाका स्थानीयहरुद्वारा इलाका प्रहरी कार्यालय महेशपुर पतारी कार्यालय अगाडि दुई दिनदेखि चरणबद्धरुपमा धर्ना तथा विरोध कार्यक्रम गरिदै आएको छ। गाउँपालिकाले पछिल्लो समय गाउँपालिका भित्रका ऐलानी जग्गाको पोखरी ठेक्काको विषयमा कार्यपालिकाले नियमानुसार कामकाज गरिदै गर्दा पालिकाकाको विपक्षी नेपाली काङ्ग्रेसको ठाडो हस्तक्षेप भएको छ। भु. पु. गाउँपालिका अध्यक्ष विश्वमोहन यादवको कार्यकर्ताले सामन्ती सोचाइ राख्दै पालिकाको हरेक कामकाजमा विरोध गरिदै आएको जनाएको छ। यो सँगै, केहीसमय उता, गाउँपालिका अध्यक्ष शिवउदगार यादव ( शिवा ) र भु.पु. गाउँपालिका अध्यक्ष विश्वमोहन यादवका कर्याकर्ताबीच विषयमा झडप भएको थियो । त्यसलगत्तै बिपक्षी नेपाली काङ्ग्रेसले झडपमा कार्यकर्ता कुटपिट भएको भन्दै इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा कुटपिट लगायत विभिन्...
सिराहाका स्थानीयतहरुमा बढदो अनुचित क्रियाकलापप्रति एकीकृत समाजवादी पार्टीको ध्यानाकर्षण

सिराहाका स्थानीयतहरुमा बढदो अनुचित क्रियाकलापप्रति एकीकृत समाजवादी पार्टीको ध्यानाकर्षण

ताजा समाचार, देश, प्रदेश २, मधेश प्रदेश
लहान, श्रावण २२ गते । नेपाली सर्बहारा बर्ग र आम नेपाली न्यायप्रेमी एवं क्रान्तिकारी जनताको हितको प्रतिनिधित्व गर्ने राजनिती पार्टी हो बताउनुहुन्छ कमल यादव । वहाँका अनुसार नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाकाल देखि जुन लक्ष्य उद्देश्य राखेको थियो ति लक्ष्य उद्देश्य नै यस पार्टीका लक्ष्य उद्देश्य हुन् । नेपाली समाजमा व्याप्त सामान्ती तथा साम्राज्यवादी शोषण दमन र उत्पीडनको अन्त्य गरी वैज्ञानिक समाजवादको स्थापना गर्ने र समाजमा रहेका सबै खाले विभेदहरुको अन्त्य गरी समानता सहीतको स्वतन्त्रता भएको समाज अर्थात साम्यवादी समाजको स्थापना गर्ने यी लक्ष्य उदेश्यहरु मध्ये केही मात्र प्राप्त भएका छन् र अझै धेरै काम गर्न बाँकी छ । यो पार्टीको ति सबै लक्ष्य प्राप्तीको संघर्षमा डटी रहने प्रतिवद्धता जाहेर गरेको छ । आजको पत्रकार सम्मेलनमा अर्का नेता जयप्रकाश यादव यसरी आफ्नो तर्कहरुलाई सम्बोधन गरे...
लहानमा हाटबजार दुर्गन्धित बन्दै, मेयर महेशमा बालापनको आभास

लहानमा हाटबजार दुर्गन्धित बन्दै, मेयर महेशमा बालापनको आभास

ताजा समाचार, देश, प्रदेश २, मधेश प्रदेश, समाचार
विष्णुदेव सरदार, लहान , २२ श्रावण । सिराहाको लहान नगरपालिकालाई व्यापारिक दृष्टिकोणले ग्रामीण भेगको ठुलो बजार मानिन्छ । यहाँ दिनहुँ हजारौं व्यापारीले करोडौंको कारोबार गर्छन् । तर, निकायको मौनताका कारण उनीहरूको कियाधरा माथि पानी फेरिएको अवस्था छ । अर्थात लहानका हाटबजारलाई व्यवस्थित नगरिदा दुर्गन्धित र हिलोहिलै अवस्थामा पुगेको छ । नगरप्रमुखको रुपमा महेश चौधरी निर्वाचित भएको झण्डै २ वर्ष पूरा हुन लागेको छ । न त विकासको अभास हुन सकेको छ , न त जनउपेक्षित ठोस कामकाज। यो सँगै साधारण पानी पर्नासाथ लहानका तरकारी बजार हटियाहरुमा पानी जम्ने गरेको छ । हटियामा पानी जम्दा तरकारी सब्जी किन्ने , बेच्नेलाई निकै सास्ती खेप्नु परेको तथा धोधो हुने गरेको अवस्था छ । यता , लहान नगरवासीमा यतिबेला खैलाबैला मचेको अवस्था छ । उनीहरू भन्छन् " महेश चौधरीलाई भोट दिए, चुनाव जिताए। तर, उनको कर्तुत दिनानु...
मधेस बुझ्न काठमाडौँमै मधेस पुस्तकालय तथा अनुसन्धान केन्द्र सञ्चालन

मधेस बुझ्न काठमाडौँमै मधेस पुस्तकालय तथा अनुसन्धान केन्द्र सञ्चालन

ताजा समाचार, देश, प्रदेश २, मधेश प्रदेश, समाचार
काठमाडौँ । काठमाडौँमा मधेस पुस्तकालयको स्थापना भएको छ । काठमाडौँमा मदेसका युवाहरूको एक समूहले मधेस पुस्तकालय तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याएको हो । काठमाडौँस्थित आलोक नगरमा पुस्तकालय तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याइएको हो । पुस्तकालयमा मधेस, देश र विश्व अनि विभिन्न क्रान्ति, सङ्घर्ष र दर्शनसँग सम्बन्धित किताबहरू राखिएका छन् । युवाहरूले किताब र आर्थिक सहयोग सङ्कलन अभियान नै सञ्चालन गरेर पुस्तकालयको स्थापना भएको छ । अभियान निरन्तर रहने र पुस्तकालयलाई थप व्यवस्थित अनि विकसित गर्दै लैजाने योजना रहेको छ । मधेस पुस्तकालय तथा अनुसन्धान केन्द्रले मदेसको विषयमा खोज र अनुसन्धानहरूसमेत गर्ने बताइएको छ । 'पुस्तकालय युवाहरू अध्ययनको केन्द्र बन्छ । यसलाई ज्ञान निर्माणको थलोको रूपमा पनि बुझ्दा हुन्छ', पुस्तकालयका अध्यक्ष शिव यादव भन्छन्, 'पुस्तकालय मदेसको समसामयिक मुद्धाहरुको वैच...
महिला काण्डमा कुटिए डिएसपी यादव , हारगुहार गरेर जोगाए ज्यान

महिला काण्डमा कुटिए डिएसपी यादव , हारगुहार गरेर जोगाए ज्यान

ताजा समाचार, देश, प्रदेश २, मधेश प्रदेश, समाचार
काठमाडौं । चेन अफ कमाण्डमा चल्ने प्रहरी संगठनका कतिपय कर्मचारी पनि पटक–पटक महिलाकाण्डमा फस्दै आएका छन् । गत साता डिएसपी चन्द्रेश्वर यादवको काण्ड बाहिर आयो । जनकपुरस्थित गणमा कार्यरत उनी महोत्तरीको जलेश्वरस्थित एक महिलाको घरमा पुगेका थिए । ती महिलासँग उनको पुरानो सम्बन्ध थियो । महिलाका श्रीमान विदेशमा बस्ने भएकाले उनी बारम्बार त्यहाँ जाने गरेको खुल्यो । हालै श्रीमान नेपाल आएका थिए । घरमा डिएसपी यादवलाई श्रीमतीसँग भेटेपछि ती व्यक्तिले कुटेका हुन् । हारगुहार गरेर उनले ज्यान जोगाएका थिए । घटनामा उनको हड्डी नै टुटेको छ । काठमाडौंस्थित प्रहरी अस्पतालमा उनी उपचार गराउँदै आएका छन् । घटनाको विषयमा मधेस प्रदेश प्रहरी कार्यालयले एसपी महेन्द्र श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन गरी अनुसन्धान गरिरहेको छ ।६ महिना जागिर बाँकी रहेका डिएसपी यादवलाई विभागीय कारबाहीले त असर नगर्ला तर यो घटनाले उ...