NSW News

२० बैशाख २०८१, बिहीबार
ENGLISH

लहानमा हाटबजार दुर्गन्धित बन्दै, मेयर महेशमा बालापनको आभास

लहानमा हाटबजार दुर्गन्धित बन्दै, मेयर महेशमा बालापनको आभास

विष्णुदेव सरदार,
लहान , २२ श्रावण ।

सिराहाको लहान नगरपालिकालाई व्यापारिक दृष्टिकोणले ग्रामीण भेगको ठुलो बजार मानिन्छ ।
यहाँ दिनहुँ हजारौं व्यापारीले करोडौंको कारोबार गर्छन् । तर, निकायको मौनताका कारण उनीहरूको कियाधरा माथि पानी फेरिएको अवस्था छ । अर्थात लहानका हाटबजारलाई व्यवस्थित नगरिदा दुर्गन्धित र हिलोहिलै अवस्थामा पुगेको छ ।

नगरप्रमुखको रुपमा महेश चौधरी निर्वाचित भएको झण्डै २ वर्ष पूरा हुन लागेको छ । न त विकासको अभास हुन सकेको छ , न त जनउपेक्षित ठोस कामकाज।

यो सँगै साधारण पानी पर्नासाथ लहानका तरकारी बजार हटियाहरुमा पानी जम्ने गरेको छ । हटियामा पानी जम्दा तरकारी सब्जी किन्ने , बेच्नेलाई निकै सास्ती खेप्नु परेको तथा धोधो हुने गरेको अवस्था छ ।

यता , लहान नगरवासीमा यतिबेला खैलाबैला मचेको अवस्था छ । उनीहरू भन्छन् ” महेश चौधरीलाई भोट दिए, चुनाव जिताए। तर, उनको कर्तुत दिनानुदिन बालहटमा परिण्त हुँदै गएको छ ।

लहानका चन्देश्वर महतो भन्नुहुन्छ ” मेयर महेश चौधरीको समाजसेवी देखावटी ढोँङ्ग रहेको बताउँछन् ।

महेश चौधरी काम कम तर, जनतालाई झुठो आश्वासन बढी दिने गर्छन् ।

यो सँगै हाटबजार सुन्दर र हरित बनाउनमा हरेक जिम्मेवार व्यक्तिको दायित्व हुन्छ । ती जिम्मेवार जनप्रतिनिधि गैरजिम्मेवार भएपछि “उनको” नैतिकतामाथि प्रश्न चिन्ह खडा हुने गरेको छ।

जो सुकै जनप्रतिनिधिलाई नैतिकहीन र विश्वासघात व्यक्ति हुनु हुदैन ।

मेयर जस्तो संवेदनशील व्यक्ति जनताको लागि दिनरात एक गरेर जनताको मन जित्नु पर्छ। ताकि होइन – मेयरको खोल ओढाएर अफिसको समयमा पनि ४ पल्ट विभिन्न कामको बाहानामा घर जानू र आउनु । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमणमा महिने पिछे करोडौं खर्चिने गर्छन् । लहानका मेयर महेश चौधरी हरेक काममा कमिसन लिने गरेको आरोप छ। बिना कमिसन फाइल पनि छुदैन्न ।

यति मात्रै होइन मेयर महेशको हर्कत कर्तुतले नगरवासी चिन्तित बनेको अवस्था छ । चिया चर्चामा मानिसहरु भन्छन – मेयर महेश चुनाव जितेर ४ पुस्ते बसेर खाने जति सम्पत्ति आर्जन गरेको छ।

यता, समग्र लहानको विकास बारे – लहान नगरपालिकाका सुचना अधिकारी इन्जिनियर सुशील कुमार साहलाई मोबाइल न. ९८५२८३२७९५ मा सम्पर्क गर्दा सम्पर्क भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0