NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

सम्भुनाथलाई साँक्षि राखेेर प्रमुख प्रशासकीय दासको दे दनादन , लहान र काठमाडौंमा घर , अख्तियारमा दर्जन उजुरी

सम्भुनाथलाई साँक्षि राखेेर प्रमुख प्रशासकीय दासको दे दनादन , लहान र काठमाडौंमा घर , अख्तियारमा दर्जन उजुरी

सम्भुनाथलाई साँक्षि राखेेर प्रमुख प्रशासकीय दासको दे दनादन , लहान र काठमाडौंमा घर , अख्तियारमा दर्जन उजुरी

लहान, २१ साउन । राजकुमार दास ! सप्तरीको शम्भुनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत । सेवा( सुविधा सहित उनको जम्मा आम्दानि मासिक ४० हजार हुनआउँछ । तर , तिनै दासले हालै सिरहाको लहान र काठमाडौंमा भब्य महल बनाएकाछन् , टल्किने हाई क्वालिटीको मार्वल जडित । छोराछोरी काठमाडौंका महङ्गा कलेजमा पढ्छन् । उनको लञ्च र डिनर मधेशका नाम चलेका महङ्गा होटलहरूमा हुन्छ । प्राय दास जनकपुरस्थिथ बाबाको ढावामा बसेर कमिशनको डिल गर्छन् । ५० प्रतिशन कमिशनमा कुरा मिले जहाँ बसेर पनि सम्झौतामा हस्ताक्षर गरिदिन्छन् , नगरपालिकाको छाप ठोकिदिन्छन् ।

लुटको विगत र वर्तमान
राजकुमार दास लगभग २ बर्ष सिरहाको गोलबजार नगरपालिकामा बसे । गोलबजारमा दासको खुल्लाम खुल्ला कमिशनतन्त्र हावि थियो । खरिदप्रकृयाको कागजपत्र तयार गर्न माहिर दासकै अग्रसरतामा गोलबजारहातामा पर्ने महेन्द्र राजमार्गको सडक डिभाईडर गराए , मोटो कमिशनमा । जुन नगरपालिकाको कार्यक्षेत्रभित्र पर्दैनथियो , संघिय सरकारको कार्यक्षेत्रभित्र पर्छ । उक्त डिभाईडर कार्यमा करोडबढी दासले भ्रष्टचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । त्यस्तै सवारी खरिद , सडक निर्माण , ग्रावेल र विधुत बिस्तारका नाममा समेत दासले लुट मच्याएको अनुसन्धानबाट खुल्दै गएको अख्तियार स्रोतको भनाई छ ।

उनी कहिल्यै एक ठाउँमा दिगो भएर बस्दैनन् । कमाउनमै ब्यस्त उनी खरिद प्रकृया मिलाउन नसकेका पालिकाहरू खोज्छन् र सिंहदरवारबाट ज्याक लगाएर मालद्वार पालिकामा सरूवा गराउँछन् ।

अख्तियारमा हाम्रा पनि मान्छे छन्- दास
अहिले भने उनी सप्तरीको शम्भुनाथ नगरपालिकामा लूट मच्याईरहेकाछन् । उनको लुटको फेहरिस्त सहित दास विरूद्व अख्तियारमा उजुरी दर्ताको क्रम जारी छ । त्यै पनि उनी हाकाहाकीभन्छन् -‘अख्तियारमा हाम्रा पनि मान्छे छन् , मिलाईन्छ । कसैले मैले अनियमितता गरेको प्रमाण जुटाउन सक्दैन । ‘

उनी लक्ष्मिपुर पतारी गाउँपालिकाका स्थायि बासिन्दा हुन् । उक्त गाउँपालिकाका तत्कालिन प्रमुख , उपप्रमुख सहित २३ जना कर्मचारी विरूद्व अख्तियारले हालै विशेष अदालतमा भ्रष्टचार मुद्दा चलाएको छ । कोशेलीखवर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0