NSW News

२० बैशाख २०८१, बिहीबार
ENGLISH

.प्रतीक कुमार शाह र प्रीति शर्मा शर्माले जित्यो एक लाख नगद सहितको मिस्टर र मिस मधेसको ताज

.प्रतीक कुमार शाह र प्रीति शर्मा शर्माले जित्यो एक लाख नगद सहितको मिस्टर र मिस  मधेसको ताज

…प्रतीक कुमार शाह र प्रीति शर्मा शर्माले जित्यो एक लाख नगद सहितको मिस्टर र मिस मधेसको ताज ।

भरखरै असोज 20 गते शनिबारको दिन जनकपुरको व्यापार सभाहलमा आयोजना गरिएको मिस्टर एण्ड मिस मधेस प्रतियोगितामा राजविराज नगर पालिका वार्ड न .८ बस्ने प्रतीक कुमार साहले मिस्टर मधेस तथा राजबिराज न.पा वार्ड १२ बस्ने १८ बर्षको पृती शर्माले मिस मधेसकी उपाधी आफ्नो नाममा गर्न सफल भएकी छिन ।

YB Films Production Pvt Ltd को आयोजनामा मिस्टर मिस मधेस सिजन 1 गराईएको थियो । मधेस प्रदेश भरिमै अडिसन द्वारा छानिएका युवायुवतीहरुलाई विभिन्न चरणको प्रतिस्पर्धामा सामिल गराइएको थियो । प्रतिस्पर्धाको विभिन्न चरण पार गर्दै जम्मा 16 जना प्रतिस्पर्धीहरु अन्तिम सम्म पुग्न सफल भएका थिए । यिनै प्रतियोगीहरुलाई विभिन्न किसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको beauty pegeant सम्बन्धि तालिमहरु दिई त्यार गरिएका थिए । सुन्दरी प्रतियोगिता सम्बन्धि विभिन्न प्रकारको गलत अफवाहहरुलाई चिर्दै मधेस र मिथिला तथा नेपाल नेपालीको मौलिक सांस्कृतिकलाई आत्म साथ गर्दै प्रतियोगिता आयोजना गरिएको थियो ।

पुरुष तर्फको विजेता प्रतीक साह पछि राम रतन यादव , मनोज गुप्ता तथा सुरेन्द्र सिंह क्रमशः 1st , 2nd तथा 3rd रनर अप को उपाधी जितेका थिए । त्यस्तै महिला तर्फको विजेता प्रीति शर्मा पछि पुजा मिश्रा, प्रीयंका शर्मा तथा प्रीति ठाकुरले क्रमशः 1st , 2nd तथा 3rd रनर अप को उपाधी जितेका थिए ।

यस प्रतियोगिताको विजेता महिला र पुरुष दुबै तर्फको लाई छुटाछुट्टै एक एक लाख रुपैया पुरस्कार स्वरुप प्रदान गरिएको छ । साथै विजेताहरुले यस कम्पनी द्वारा निर्माण गरिने सर्ट मोवी तथा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्रदान गरिने छ । यसका साथै उपविजेताहरुलाई ट्रफी तथा कदर पत्र प्रदान गरिएको थियो । र उपविजेताहरुले मुस्ताङको सात दिने भ्रमको अवसर प्राप्त गरेको छ ।

प्राविधिक कारणल निर्धारित समय भन्दा थोरै ढिलो सुरु भएको कार्यक्रममा मधेस प्रदेसको पुर्व राज्य कृषि मन्त्री मानिय श्री सजय यादव ज्यू प्रमूख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो ।

यस प्रकारको कार्यक्रम यस अघिपनी जनकपुरमा आयोजना गरिए पनि अहिले सम्म खासै सफल भएको इतिहास छैन । मिस्टर र मिस मधेसको सफलता संगै YB FILMS PRODUCTIONS PVT LTD ले इतिहास रचन सफल भएको छ । म्युजिक भिडियो तथा लघु फिल्महरु निर्माण गर्दै आइरहेको यस संस्थाको मिस्टर र मिस मधेस सिजन 1 ड्रीम प्रोजेक्टको रुपमा रहेको थियो । विभिन्न आरोह अवरोधको लाई छिचोल्दै सिजन 1 सफलता पूर्वक समापन गर्न पाएकोमा गौरवान्वित महसुस गरिरहेको कुरा YB FILMS PRODUCTION को संस्थापक तथा CEO राम एकवाल यादव ज्यू जानकारी गराउनु भयो ।
यादवले अगाडी थप्दै भन्नुभयो, यो सिजनले धेरै थोक सिकायो । आउँदा सिजनहरुमा अझ व्यापकता तथा परिपक्वताको साथ प्रस्तुत हुने छु ।

मिस्टर र मिस मधेस सिजन ओन लाई सफल पार्न सहयोग गर्ने मेरा आमा बुबा, दिनरात एक गरि खटिने , मेरा दाजु राजाराम यादव ज्यू, यस कार्यक्रमको अफिसियल कोरियोग्रफर सोनु कर्ण ज्यू, क्यामेरा म्यान बिनोद,मनिष र राघब ज्यू, निर्णायक सदस्यहरु श्री दिपिका उपाध्य,एम जि मेथुन र समर पुरी ज्यू लगायत काठमाडौ देखि जनकपुर सम्म आई सहयोग गरिदिने कार्यक्रम संचालन दुर्गा ज्यू लाई नछुटाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । यसका साथै कार्यक्रममा सहभागी जनाएका प्रतिस्पर्धी भाइ बहिनी र आम दर्शक , समाजसेवी तथा पत्रकार भित्रहरुलाई धेरै धेरै धन्यवाद ज्ञापन गरेको कुरा YB Films Production PVT. LTD का संस्थापक यादव ज्यूले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1