NSW News

२० बैशाख २०८१, बिहीबार
ENGLISH

महिला काण्डमा कुटिए डिएसपी यादव , हारगुहार गरेर जोगाए ज्यान

महिला काण्डमा कुटिए डिएसपी यादव , हारगुहार गरेर जोगाए ज्यान

काठमाडौं ।
चेन अफ कमाण्डमा चल्ने प्रहरी संगठनका कतिपय कर्मचारी पनि पटक–पटक महिलाकाण्डमा फस्दै आएका छन् । गत साता डिएसपी चन्द्रेश्वर यादवको काण्ड बाहिर आयो । जनकपुरस्थित गणमा कार्यरत उनी महोत्तरीको जलेश्वरस्थित एक महिलाको घरमा पुगेका थिए । ती महिलासँग उनको पुरानो सम्बन्ध थियो । महिलाका श्रीमान विदेशमा बस्ने भएकाले उनी बारम्बार त्यहाँ जाने गरेको खुल्यो ।

हालै श्रीमान नेपाल आएका थिए । घरमा डिएसपी यादवलाई श्रीमतीसँग भेटेपछि ती व्यक्तिले कुटेका हुन् । हारगुहार गरेर उनले ज्यान जोगाएका थिए । घटनामा उनको हड्डी नै टुटेको छ ।

काठमाडौंस्थित प्रहरी अस्पतालमा उनी उपचार गराउँदै आएका छन् । घटनाको विषयमा मधेस प्रदेश प्रहरी कार्यालयले एसपी महेन्द्र श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन गरी अनुसन्धान गरिरहेको छ ।६ महिना जागिर बाँकी रहेका डिएसपी यादवलाई विभागीय कारबाहीले त असर नगर्ला तर यो घटनाले उनको मात्र होइन सिंगो प्रहरी संगठनकै छवि धुमिल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0