NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

धार्मिक

झिझियाको रमझममा मधेश, पिप्राप्रध रामपुरमा महायज्ञ देवीद्वारा भागवत वाचन

झिझियाको रमझममा मधेश, पिप्राप्रध रामपुरमा महायज्ञ देवीद्वारा भागवत वाचन

ताजा समाचार, धार्मिक, मधेश प्रदेश
विष्णुदेव सरदार / लहान, ३० असोज । सिराहासहित मधेश प्रदेशका जिल्लाहरुमा झिझियाको रमझम देखिएको छ। गाउँगाउँमा दशैँको पहिलो दिन घटस्थापना देखि दशमीसम्म झिझियाको रौनक देखिन्छ । यो सँगै, सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर - १ पिप्रा प्रध. रामपुरमा प्रत्येकवर्ष झै यसवर्ष पनि बडो धुमधामका साथ माँ दुर्गा भवानी मेला महोत्सव तथा देवीद्वारा श्रीमद भागवत ज्ञान महापुराण शुरु भएको छ। सो भागवत कार्यक्रममा घटस्थापना दिनदेखि दशमीसम्म दिउँसो ३:०० बजेदेखि साँझ ७:०० बजेसम्म हुदै आएको आयोजकले जनाएको छ। यता, रामपुरको झिझिया महोत्सव भर्न छिमेकी गाउँहरुले भाग लिइएका छन् । धनगडीमाईको कुर्वा हनुमाननगर, बाखर , लक्ष्मीपुर पतारीको ठुलो पिप्रा प्रध, छोटकीटोल पिप्रा, रामपुरका केटीहरुले भाग लिएका छन् । उनीहरूले घटस्थापना दिनदेखि नवमी दिनसम्म झिझियाको विभिन्न गीतसंगीत द्वारा नृत्य प्रदर्शनी गर्न...
जनतामावि पर्सापोखर्भिण्डाका प्रअ पशुपति शाहले गरे एकदशका १ करोडबढीको भ्रष्टाचार

जनतामावि पर्सापोखर्भिण्डाका प्रअ पशुपति शाहले गरे एकदशका १ करोडबढीको भ्रष्टाचार

ताजा समाचार, धार्मिक, मधेश प्रदेश
विष्णुदेव सरदार, लहान, श्रावण ३२ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -२ मा रहेको श्री जनता डोमी चौधरी माध्यमिक विद्यालय (प्राविधिकधार)का प्रधानध्यापक पशुपति साहले १ करोडौं बढीको घटोला भ्रष्टाचार गरेको पाइएको छ। प्रधानध्यापक साहले नक्कली बील भर्पाई पेश गरि करोडौं रकम हिनामिना गरि भ्रष्टाचार गरेको छ। शनिबार बसेको गाउँलेहरुको भेलामा रकम हिनामिना हरहिसाब छानबिनमा १ करोड बढी भ्रष्टाचार गरेको खुलेको छ। लक्ष्मीपुर पतारी गाउँपालिकाको संघिय सरकारको बजेट तथा आन्तरिक आम्दानीको रकमले सामाग्री खरिद , भवन निर्माण ,पत्रपत्रिकामा विज्ञापन शुल्क , मोबाइल खरिद लगायत अनेकन शिर्षकहरुमा १ करोड ४ लाख ८८ हजार ५ सय २० रुपैयाँको अनियमितता गरि भ्रष्टाचारको आरोप लागेको छ। यो सँगै , सो गाउँलेहरुको भेलामा प्र.अ. साहले गरेको भ्रष्टाचारको रकम तत्काल विद्यालयको खातामा जम्मा गर्न आग्रह...
तराई मधेशमा धूमधामका साथ जितिया पर्व मनाइँदै

तराई मधेशमा धूमधामका साथ जितिया पर्व मनाइँदै

धार्मिक
जनकपुर । सन्तानको दीर्घायु तथा समृद्धिको कामना गर्दै तराई मधेशमा यति बेला जितिया पर्व धूमधामका साथ मनाइँदै छ । मिथिलाञ्चलको लोक पर्व जितियाको आज मुख्य दिन हो ।तीन दिनसम्म मनाइने जितियाको आज दोस्रो दिन महिलाहरूले थुकसमेत ननिलीकन कठोर उपबास बस्ने गर्दछन् । बिहीबार महिलाले पोखरी, कुण्डलगायतका जलाशयमा नुहाएर घिरौँलाको पातमा खाने तेल र पिना चढाएका थिए । यस पर्वमा सन्तानको दीर्घायु तथा समृद्धिको कामनासहित पितृको सम्झनामा व्रतालुले महिलालाई नै चिउरा, दही, अमोटलगायतका सामग्री भोजन गराउने चलन छ । जितिया व्रत बस्नाले आपत् विपत् आइलाग्दा पनि सन्तानको जीवन सुरक्षित रहन्छ भन्ने विश्वास छ ।...
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइए

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइए

देश, धार्मिक
काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने विधि छ । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वध्यक्ष निर्दोष अलीले जानकारी दिए । “अल्लाहको आदेश इब्राहिमलाई तेरो नजिकैको प्यारो चीज कुर्वान (बलिदान) दे भन्ने थियो, जसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर भनी आदेश दिनुभयो, यही घटनाका आधार...
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइए

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइए

देश, धार्मिक
काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने विधि छ । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वध्यक्ष निर्दोष अलीले जानकारी दिए । “अल्लाहको आदेश इब्राहिमलाई तेरो नजिकैको प्यारो चीज कुर्वान (बलिदान) दे भन्ने थियो, जसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर भनी आदेश दिनुभयो, यही घटनाका आ...
घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु

घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु

देश, धार्मिक
काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने ृसरण्भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । भगवान् विष्णु शयन हुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ । एक वर्षमा २४ एकादशी पर्छन् । यस वर्ष भने अधिकमासका दुई समेत गरी ...
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा सुरू

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा सुरू

ताजा समाचार, देश, धार्मिक
काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत पुल्चोकबाट मच्छिन्द्रनाथको रथ तान्न सुरू गरिएको छ । चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल लैजाने साइत अनुसार आज अपराह्न रथ तानिएको हो । उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ । आज रथलाई तानेर गाबहाल पुर्‍याइएको छ र भोलि गाबहालमा भुजा जात्रा (मुख्य जात्रा) गरेपछि साँझ तानेर मङ्गल बजार आसपास पुर्‍याइनेछ । मच्छिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ। मच्छिन्द्रनाथको यो यात्रा गुरू बन्धुदत्त बज्राचार्यको स्मरणमा हुने गरेको मानिन्छ । ...
पूजा गर्ने दूध दिने बेलासम्म गाई बाँध्ने र दूध दिन छाडेपछि सडकमा छाड्ने प्रवृत्तिले पशु संरक्षणमा चुनौती

पूजा गर्ने दूध दिने बेलासम्म गाई बाँध्ने र दूध दिन छाडेपछि सडकमा छाड्ने प्रवृत्तिले पशु संरक्षणमा चुनौती

ताजा समाचार, देश, धार्मिक, समाचार
बेदकोट : कञ्चनपुरमा छाडा चौपायाको समस्या बढ्दै गएको छ। पछिल्लो समय पशुको संरक्षण नहुँदा दिनप्रतिदिन समस्या बढ्दै गएको हो। स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापनका लागि खर्च गरे पनि समस्या समाधान हुन नसकेको भीमदत्त नगरपालिका निवासी हरिभान भट्टले बताए। ‘छाडा चौपायामा स्थानीय तहले धेरै पैसा खर्चिएका छन्, तर अझै समस्या समाधान हुनसकेको छैन’, उनले भने, ‘छाडा चौपाया राख्न कान्जीहाउस (गौशाला) बनाइयो तर अहिले उपयोगविहीन छन्।’ यस्ता, चौपायाको समस्या समाधान नहुँदा स्थानीय चिन्तित बनेका छन्। बेदकोट नगरपालिकामा छाडा चौपायाको समस्या समाधान नभएको जनाउँदै सडकका चौपाया सङ्कलन गरेर स्थानीयवासीले नगरपालिका परिसरमा थुनेका छन्। नगरपालिकालाई छाडा चौपायाको समस्या समाधानका लागि दबाब दिन चौपाया नगरपालिकामा थुनिएको कमला चौधरीले बताइन्। ‘नगरपालिकालाई पटक-पटक छाडा चौपायाको व्यवस्थापनका लागि भन्यौँ, तर केही चा...
मन्दिरबाट मूर्तिसहितका धातु चोरी गर्ने तीन जना पक्राउ

मन्दिरबाट मूर्तिसहितका धातु चोरी गर्ने तीन जना पक्राउ

ताजा समाचार, देश, धार्मिक
लमजुङ।मन्दिरबाट मूर्तिसहितका धातु चोरी र बिक्रीमा संलग्न तीन जनालाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । बेंसीसहर नगरपालिका ११ घर भई हाल वडा नम्बर ८, बेंसीसहर बस्ने २४ वर्षीय राजु परियार, बेंसीसहर नगरपालिका ८ का २० वर्षीय विनोद तामाङ र रौतहत घर भइ हाल बेंसीसहर नगरपालिका ८ बस्ने ३८ वर्षीय भोला पटेल भन्ने रामकिश्वर राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।मन्दिर फुटाएर मूर्ति, घण्टी, कलशलगायतका धातुका सामग्री चोरी भएको उजुरीपछि प्रहरीको विशेष टोली खटिएको र खोजतलास तथा अनुसन्धानका क्रममा मन्दिरका सामग्रीसहित तीन जनालाई बिहीबार साँझ पक्राउ गरिएको लमजुङ प्रहरीका डीएसपी प्रकाश श्रीमलले बताए । उनीहरूको साथबाट शिव र गणेशको मूर्तिसहित मन्दिरमा प्रयोग हुने सामग्री र विभिन्न धातुसहित २२ प्रकारका सामग्री बरामद गरिरएको छ । प्रारम्भिक चरणको सोधपुछमा ७ वटा मन्दिरबाट चोरी गरेको उनीहरूले बताएका प्रहरीले जन...
धर्म संस्कृतिको रक्षा गर्ने कुरामा कसैसँग सम्झौता नगर्ने नेता कोइरालाको भनाइ

धर्म संस्कृतिको रक्षा गर्ने कुरामा कसैसँग सम्झौता नगर्ने नेता कोइरालाको भनाइ

ताजा समाचार, देश, धार्मिक
विराटनगर । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन् । विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आज आयोजित कार्यक्रममा उनले राज्यले गुरुकूल शिक्षाको उत्थान र विकासका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए । भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतीक तथा राष्ट्रका धरोहर भएको डा कोइरालाको धारणा थियो । उनले भने, “राष्ट्रका यी धरोहरको संरक्षण तथा सम्वद्र्धन गर्नु राज्यको दायित्व हो, धर्म र संस्कृतिको संरक्षणबारे म संसद्मा खरो रुपमा उत्रिनेछु ।” नेता कोरालाले सुशासन कायम नभएसम्म मुलुकको विकास नहुने विचार राखे । कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्यहरु अमृत अर्याल, केदार कार्की, भीम पराजुली, राष्ट्रियसभा सदस्य रमेशजङ रायमाझीलगायतको सहभागिता थियो ।...