NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

बलानबिहुलमा वडाअध्यक्ष झाले खालि गराउन थाले सार्वजनिक ऐलानी पर्तीजग्गा

बलानबिहुलमा वडाअध्यक्ष झाले खालि गराउन थाले सार्वजनिक ऐलानी पर्तीजग्गा

सिराहा, माघ २९ गते ।

सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर ४ बेल्ही कार्यालयले समितिको निर्णयानुसार धमाधम सार्वजनिक ऐलानी जग्गामा भएको घर , टहरा खालि गराउने गरेको छ।

माध -२२ गतेको निर्णयानुसार ऐलानी जग्गा १५ दिनभित्र खाली गर्ने सम्बन्धमा सूचना जारी गरेको थियो त्यही सूचना अनुरूप पसलेहरु आँफै ऐलानी खाली गरेको छ । वडाअध्यक्ष लक्षमी नारायण झा (सुनील झा)ले भने सार्वजानिक जग्गा खाली गराउन कुनै किसिम बाधाअडचन नभएको बरु जनसमुदायले भरपुर सहयोग नै गरेको हो वडा अध्यक्ष झाले बताए ।

खास गरी बाजार व्यवस्थापन र गाड़ी पार्किंगको लागि ऐलानी जग्गा खालि गराइको हो । वडा नं. ४ बेल्ही भारतको बॉर्डर नजिक रहेकोले हामी बाजारीकरणलाई प्राथमिकतामा राखेका हौं । र, यसबाट रोजगारको पनि सर्जना हुने बिश्वास लिएको छु वडा अध्यक्ष लक्ष्मी नारायण झा (सुनील झा)ले बताउनुभयो ।
यता, वडाअध्यक्ष झाले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९७ बमोजिम सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्ति संरक्षण गर्ने जिम्मेवारी हुँदा कसैलाई ठेँस नपुग्ने गरि काम गरिएको बताए ।

यो सँगै , बेल्ही छोटी भन्सारलाई स्तर उन्नतिको लागि सामुदायमा काँग्रेसी अभियान अन्तर्गत “संवाद यात्रा” मा बलान बिहुल आउनु भएका नेपाली कॉंग्रेसका महामन्त्री महामन्त्री गगन थापा मार्फत अर्थ मन्त्रालयलाई ६ बुँदे ज्ञापन पत्र समेत बुझाएको छ । यसप्रकार छन:- १. मधेश प्रदेश जिल्ला सप्तरी बलान बिहुल गाउँपालिका वडा नं.४ मा बर्षेनी बलान नदीको कटानबाट बाच्न बाँध निर्माण र क्रेटिंग लगायतको ठोस योजना कार्य l
२. सप्तरीको कुशहा-बेल्ही सडक स्तर उन्नतिको योजना कार्य l
३. सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. ४ बेल्ही स्थित रहेको बेल्ही छोटी भन्सारलाई स्तर उन्नति कार्य
४. सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. ४ बेल्ही सप्तरीमा कम्तिमा १०० बेडको अस्पताल निर्माण कार्य
५. सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. ६ स्थित रहेको धार्मिक स्थलको रुपमा रहेको बरकी पोखरीलाई स्तर उन्नति गरि जिर्नोधार कार्यको साथै पर्यटक स्थलरुपमा हुने बिभिन्न निर्माण कार्य
६. बलान बिहुल गाउँपालिकामा खेल स्टेडियम निर्माण कार्य |

बेल्ही छोटी भन्सार स्तर उन्नति भएपछि आयत र निर्यातमा देशको अर्थतन्त्र बलियोको साथै देशको उन्नति हुनेछ उनले थपे । जनताको अपेक्षा अनुसार विज़न लिएर राष्ट्रसेवकबाट राजीनामा दिएर राजनीती गर्न आएको छु जनताको अपेक्षानुसार नै काम गर्ने हो र वडा नं.४ भ्रष्टाचारमुक्त वडा रहेको वडा अध्यक्ष लक्षमी नारायण झा (सुनील झा) ले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0