NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

सिराहा: स्वास्थ्यचौकी पिप्रामा व्यापक राजनीतिक चलखेल सर्वसाधारण आक्रोशित

सिराहा: स्वास्थ्यचौकी पिप्रामा व्यापक राजनीतिक चलखेल सर्वसाधारण आक्रोशित

विष्णुदेव सरदार,
लहान ३१ साउन ।

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर-१ पिप्रा प्र.ध. रामपुरचौकस्थित रहेको स्वास्थ्य चौकी पिप्रामा बेलाबेलामा दैनिक रुपमा औषधि अभाव हुने गरेको छ ।

स्वास्थ्यचौकी पिप्रा प्रधको बेतिथि निरुपण गर्न कुनै पनि निकाय चासो दिएको अवस्था छैन । पालिकामा जो कोही निर्वाचित भएता पनि स्वास्थ्यक्षेत्रको समस्या राजनीतिक अड्डा बनाउने गरेका छन स्वास्थ्य चौकी पिप्राप्रधलाई। त्यस गतिविधिप्रति स्थानीयहरु आक्रोशित बन्दै यसरी प्रतिक्रिया जनाएका छन् ।

स्थानीय सर्वसाधारण जनता स्वास्थ्यचौकी पिप्राको दैनिक रुपमा बेतिथिको सिकार हुने बताउँछन् स्थानीय लालबाबु साह

वहाँ भन्नुहुन्छ ” शिक्षा, स्वास्थ्य, सडक, सिचाईँलाई गाउँपालिकाले प्राथमिकतामा राख्नुपर्नेमा स्थानीय सरकार निर्वाचित भएको २ वर्षपूरा भयो । तर, अहिलेसम्म विकासको कहीँकतै अत्तोपत्तो छैन् ।

स्वास्थ्य जगतमा हाल स्वास्थ्य चौकी पिप्रा प्रधमा प्राथमिक उपचार, ओ. पि. डि. सेवा, सुरक्षित मातृत्व कक्ष, बर्थिङ्ग सेन्टरसहित अन्यअन्य सेवाहरु छन् ।

यो सँगै लक्ष्मीपुर पतारी गाउँपालिकामा हाल पिप्राप्रध, सितापुर प्रध गरि २ ठाउँमा बर्थिङ्गसेन्टर सञ्चालनमा रहेको छ।

स्थानीय समाजसेवी अशोककुमार मण्डलका अनुसार – पालिका अध्यक्ष चतुरान्नद ठाकुर नेताको नाममा पुरै असक्ष्म व्यक्ति रहेको गुनासो गर्छन्। विकासको ठोस भिजन, न त कुनै समन्वय, पालिकामा २ वर्षको अवधिमा मात्रै लुटतन्त्र देखिएको जनगुनासो छ।

स्वास्थ्य क्षेत्रमा स्वास्थ्य चौकी प्रति पालिका अध्यक्ष चतुरान्नद ठाकुरको नजरिया फरक रहेको गुनासो छ। स्वास्थ्य चौकीमा ल्याबसेवा हुदाँसमेत ल्याबमा केमिकल नहुँदा ल्याब रिपोर्ट लिन समस्या हुने गरेको व्यापक जनगुनासो छ।

स्थानीय समाजसेवी रामकुमार रजक बताउँछन – पालिकाद्वारा सञ्चालित नि:शुल्क एम्बुलेन्स बर्थिङ्ग सेन्टरमा हुनुपर्नेमा सो एम्बुलेन्स इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा राख्नुको सट्टा स्वास्थ्य चौकीमा भएकोभए – झन बिरामी ओसारपसार गर्न सेवासुविधा प्रदान गर्न टेवा पुग्ने बताउनुभयो ।

योसँगै, लक्ष्मीपुर पतारी गाउँपालिकाका जसपाका प्रत्यासी उम्मेदवार केदारनाथ गादवले यसरी प्रतिक्रिया जनाएको छ। बिगतदेखि हालसम्मको पालिकाअध्यक्षहरुले यस स्वास्थ्य चौकी पिप्रा प्रति भेदभाव लथालिङ्ग गर्दै आएको आरोप छ ।
उनले भने – १५ शैया अस्पताल हुनुपर्नेमा स्थानीय सरकारको कमीकमजोरीले स्वास्थ्य चौकी बनेको गुनासो छ।

जब नेपाल सरकारले आ.व. २०७६/७७ मा पिप्रा प्रधलाई दर्ता न. ५१ कायम गरेर १५ शैयाको अस्पताल कायम गरेको छ। स्थानीय सरकारको सुस्तमन्पर्दीले पुरै समाजलाई असर पुगेको बताउँछन ।

पालिकाअध्यक्षहरुलाई समग्र लक्ष्मीपुर पतारी गाउँपालिका एउटै दृष्टिकोण हुनु आवश्यक रहेको बताउँछन् ।
पालिकाको बजेट लाखौंमा प्रत्येक आ.व. मा फ्रिज हुदाँसमेत बजेटको समुचित व्यवस्था हुन सकेको छैन्।

अर्को वक्ता स्थानीय युवा – लालबाबु साहका अनुसार – सुरक्षा गार्ड, प्रसुति सेवामा समस्या, अल्ट्रासाउन्ड मेसिन, एक्सरे मेसिन, व्यवस्थापनमा जोडदिनुपर्ने बताउँछन् । औषधि अवाभ दैनिक रुपमा हुने गरेको प्रति निकाय चासो हुनुपर्ने देखिन्छ ।

स्थानीय सरकार पालिका अध्यक्ष चतुरान्नद ठाकुर लगायत सम्बन्धि कुनैपनि निकायको चासो देखिएको छैन ।
ल्याब, एम्बुलेन्स, १५ शैया अस्पताल कायम हुनुपर्नेमा हामी प्रयासरत रहेको बताए ।

यता , लक्ष्मीपुर पतारी गाउँपालिका वडा न. १ का वडाअध्यक्ष प्रशुराम मण्डल बताउँछन स्वास्थ्य चौकीमा समस्या छ हामी छिटै समस्या सामाधान तर्फ अग्रसर रहेको बताए ।

उनले भने – सुरक्षा गार्डपाले, ल्याबकेमिकल , १५ शैयाअस्पताल, एक्सरे, अल्ट्रासाउन्ड सहित सुविधा सम्पन्न अस्पताल बनाउने हाम्रो जोडदार माँग रहेको छ।

योसँगै जग्गादाता सकुन्तला देवी साह र बिन्देश्वर साह लहुवाईले सधै दुखेसो पुख्ने गर्छन। उनलेे भने – मैले समाजलाई करोडौंको जग्गादान गरे तर १५ शैया अस्पताललाई स्वास्थ्यचौकी बनाएको प्रति दिनहुँ आँसु पोख्छन् ।

शिक्षा, स्वास्थ्य जगत मजबुतिको आधार समाजको उन्नति प्रगतिका निम्ति १५ शैया अस्पताल हुनु अति आवश्यक रहेको बताउँछन। ठुलो अस्पताल बन्ने एमबिबिएस डाक्टर बस्ने उदेश्यले मैले अस्पताललाई जग्गादान गरे – राजनीतिका चलखेलका कारण उदेश्य सार्थक हुन नसकेको बताए ।

यता , स्वास्थ्यचौकी पिप्राप्रधका इन्चार्ज स्वास्थ्य निरीक्षक ओमप्रकाश यादव भनुहुन्छ – स्वास्थ्य पिप्रामा धेरै उपलब्धि भएको छ। विगत २ वर्षदेखि सञ्चालनमा रहेको बर्थिङ्गसेन्टरमा हालसम्म सयभन्दा बढी डिलेभरी भइसकेको बताउँछन।

उनले भने – खासैसमस्या छैन अल्ट्रासाउन्ड मेसिन चलाउन केही कर्मचारी आवश्यकता छ। पालिकाबाट हामी समन्वय गर्दै आइरहेका छौं- छिटै सामाधान हरेक समस्या समाधान हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0