NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना एकको मृत्यु, ३३ घाइते

अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना एकको मृत्यु, ३३ घाइते

अछाम ।
अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आज दिउँसो पञ्चदेवल विनायक नगरपालिका-४ को कालिकास्थान नजिकै मलामी बोकेर घाटतिर जाँदै गरेको भे १ त ६७५६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा २३ वर्षीय बिर्ख बिकको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ३३ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले बताएको छ ।

ट्र्याक्टर ७० वर्षीय जहरी कामीको शवसहित मलामी बोकेर गइरहेको बेला घुम्तिमोडमा मोड्ने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0