NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

अर्थमन्त्रालयद्वारा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको मर्जरका लागि कार्यदल गठन

अर्थमन्त्रालयद्वारा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको मर्जरका लागि कार्यदल गठन

काठमाडौं ।
अर्थमन्त्रालयले राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको मर्जरका लागि कार्यदल गठन गरेको छ। निजी क्षेत्रका बैंकहरु धमाधम मर्ज भइरहेका बेला दुई सरकारी बैंक मर्जरका लागि प्रक्रिया अगाडि बढाउन समिति गठन गरिएको हो।

दुई बैंकको मर्जरको सम्बन्धमा अर्थले अध्ययनका लागि कार्यदल गठन गरेको अर्थमन्त्रालयले जनाएको छ। अर्थमन्त्रालयका वित्तीय क्षेत्र व्यववस्थापन महाशाखाका प्रमुख भुपाल बरालको संयोजकत्वमा कार्यदल बनाएको हो। नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयले विगतदेखि नै दुई बैंक मर्जरका लागि दबाब दिँदै आएका छन्।

नेपाल सरकारको बहुमत स्वामित्वमा रहेका कृषि विकास बैंक र नेपाल बैंक लिमिटेड तथा पूर्णस्वामित्वमा रहेको राष्ट्रिय बैंक पनि मर्जरको दबाबमा पर्ने देखिएको छ। पहिलो चरणमा नेपाल बैंक र वाणिज्य बैंकबीच मर्जरका लागि प्रारम्भिक काम अगाडि बढाएको हो।

निजी क्षेत्रका बैंकहरू धमाधम मर्जरमा गएर चुक्तापुँजी र व्यापार विस्तारको हिसाबले आक्रामक बन्ने देखिएपछि सरकारी बैंकबीचको मर्जर पनि चर्चामा रहेको छ। अनौपचारिक कुराकानीमा तीनवटै बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले मर्जरको विषयमा छलफलसमेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0