NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

इतिहासकै पहिलो परिक्षण सफल, नासाले एउटा अन्तरिक्ष यानलाई क्षुद्रग्रह संग ठोक्कायाे ।

इतिहासकै पहिलो परिक्षण सफल, नासाले एउटा अन्तरिक्ष यानलाई क्षुद्रग्रह संग ठोक्कायाे ।

काठमाडौं ।
हाम्रो सुन्दर घर पृथ्वीलाई क्षुद्रग्रहको ठक्करबाट विनाश हुनबाट जोगाउनको निम्ति नासाले गरेको इतिहासकै पहिलो परिक्षण सफल भएको छ ।

नासाले इतिहास रछे संगै ,पहिलो पटक प्लानेटरी डिफेन्स टेस्ट अर्थात डार्ट मिसन सफलतापूर्वक सम्पन्न भएको छ । अब यदि भविष्यमा पृथ्वी संग कुनै किसिमको क्षुद्रग्रह ठोक्किन आयो भने यश प्रविधि बाट पृथ्वीलाई जोगाउन सकिने । किनभने यदि भविष्यमा हाम्रो धर्तीमातालाई सबैभन्दा धेरै खतरामा पार्ने चीज कुनै छ भने, त्यो हो क्षुद्रग्रह अनि यसपछि जलवायु परिवर्तन वा ग्लोबल वार्मिङ हो ।

नासाको डार्ट मिशन (NASA Dart Mission): नासाको डार्ट अन्तरिक्ष अभियान सफल भएको छ। यस मिसनमा, डार्ट अन्तरिक्ष यानले अन्तरिक्षमा एउटा क्षुद्रग्रहसँग सफलतापूर्वक ठक्कर दिएको छ। यस मिशनको उद्देश्य क्षुद्रग्रहको दिशा र गति परिवर्तन गर्नु थियो। नासाको अन्तरिक्ष यानलाई अन्तरिक्षमा २२५०० किलोमिटर प्रतिघण्टाको गतिमा उक्त क्षुद्रग्रहसँग ठोक्काएको हो । वैज्ञानिकहरु यस परीक्षणको माध्यमबाट, पृथ्वीतर्फ आउँदै गरेको क्षुद्रग्रहको ( उल्कापिण्डको ) दिशा परिवर्तन गर्न सकिन्छ कि सक्दैन भनेर हेर्न चाहन्थे।
यो अन्तरिक्षयान जुन क्षुद्रग्रहसँग ठोक्कियो त्यसको नाम डिमोर्फोस(Dimorphos) राखिएको थियोे र त्यो क्षुद्रग्रह खेलकुद रंगशाला जत्तिकै विशाल छ। रोचक कुरा यो पनि छ कि उक्त क्षुद्रग्रह डिडिमोस(Didymos) नामको क्षुद्र ग्रहको वरिपरि परिक्रमा गर्छ । वास्तवमा यो एउटा उपक्षुद्रग्रह हो । नासाको यश कार्यक्रमको मुख्य उद्देश्य यदि कुनै हानिकारक क्षुद्रग्रह वा उल्कापिण्ड भविष्यमा पृथ्वीतर्फ आयो भने त्यसलाई ध्वस्त पार्न सकिन्छ वा यसको दिशा मोड्न सकिन्छ कि भन्ने कुरा हेर्नु हो।

यो मिशन अन्तरिक्षमा हालसम्म गरिएका वैज्ञानिक प्रयोगहरू भन्दा पूर्णतया फरक र आफैमा पहिलो मिसन हो। यो मिसन आगामी दिनमा पृथ्वी र मानवको सुरक्षाका हिसाबले ठूलो कदम साबित हुन सक्ने बताइएको छ । साथीहरू हामीलाई यो कुरा त थाहा छ कि कुनै एउटा विशाल क्षुद्रग्रह पृथ्वी संग ठोक्कियो भने कति विनाश ल्याउन सक्छ ! आज भन्दा ६.५ करोड वर्ष पहिले एउटा क्षुद्र ग्रह( उल्का पिण्ड ) पृथ्वी संग ठोक्किदा पूर्ण रुपले डाइनोसोरका प्रजाती र करिब ८०% भन्दा धेरै पृथ्वीका अन्य जीवहरु विलुप्त भएका थिए । फेरि पनि पृथ्वी त्यस्तो विनाशकारी दिन आउनु सक्छ । त्यसैले अन्तरिक्ष यान लाई क्षुद्रग्रहसँग ठोक्किएर भविष्यमा मानव प्रजाती लाई जोगाउन सकिन्छ कि भनेर चालेको यो पहिलो कदम हो ।

नासाका अनुसार ११ करोड किलोमिटर टाढाबाट प्रत्यक्ष लक्ष्यमा पुग्नु सजिलो काम थिएन । यो क्षुद्रग्रह पृथ्वीको सबैभन्दा नजिकको क्षुद्र ग्रह मध्यको एक हो , त्यसैले यस प्रयोगको लागि छनोट गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0