NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा,

एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा,

काठमाडौं ।
राजस्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको छ । हङकङबाट भित्रिएको तस्करीको क्विन्टल सुन प्रकरणमा व्यापारी राकेशकुमार अडुकिया अनुसन्धानमा तानिएका हुन् । विवादास्पद पृष्ठभूमि भएका अडुकिया तस्करीको सुन भारतसम्म पुर्याउन सक्रिय रहेको आशंका राजस्व अनुसन्धान विभागले गरेको छ । अनुसन्धानकै क्रममा विभागले बुधबार अडुकियाको घरमा छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ । सुन बरामदपछि अडुकिया सम्पर्कविहीन छन् ।

सुन बरामदभन्दा केही समयअघि शंकास्पद रुपमा हङकङ, भारत र दुवई भ्रमण गरेको देखिएपछि विभागले अडुकियाको घरमा छापा मारेको हो । उनी भने भागिसकेको आशंका गरिएको विभागका अधिकारीहरुको भनाइ छ । गोरखा विकास बैंक घोटाला र सेयर कारोबारमा विवादास्पद पृष्ठभूमि भएका अडुकिया यसअघि नै विभागको निगरानीमा थिए । उनी केही बैंक/वित्तीय संस्थामा यसअघि सञ्चालक समिति सदस्य रहिसकेका व्यक्ति हुन् । व्यापारी अडुकिया पछिल्लोपटक जुन २६ मा त्रिभुवन विमानस्थलबाट भारत गएका थिए । त्यतैबाट हङकङ पुगेका उनी जुलाई ५ मा दुबई हुँदै नेपाल आएका थिए । उनी नेपाल आएपछि हङकङबाटै नेपालमा सुन भित्रिएको विभागका अधिकारीहरुको आशंका छ ।

काे हुन अडुकिया राकेश अडुकियाका बाबु शिव कुमार अडुकिय पनि नेपालकाे डलर तस्करीमा संलग्न चर्चित व्यक्ति थिए ।नेपालकाे सबैभन्दा ठूलो डलर काराेवारीका रूपमा उनको नाम थियो । बजार भरिकाे डलर उनले नै संकलन गर्ने गर्दथे । भारतको राजस्थानबाट नेपाल प्रवेश गरेका शिवकुमार अडुकियाकाे डेढ बर्ष अघि दुबईमा कान्छाे छाेरा मुकेश अडुकियाकाे घरमा निधन भएको थियो । हाल कान्छाे छाेरा मुकेश दुबईमा नै बस्छन् ।उनले सिपी खेतानको बहिनीसंग बिहे गरेका हुन ।त्यसैगरी शिवकुमारकाे जेठा छाेरा हुन राकेश अडुकिया ।

उनले बिनाेद जाजाेदियाकाे छाेरीसंग बिहे गरेका हुन । बिनाेद जाजाेदिया पट्राेल व्यापारी हुन ।राकेश भने मालिगाउंमा बस्ने गर्दछन । उनले दरवारमार्ग नजिकै टेस्ला गाडीको नेपालकाे एजेन्सीसंगै कार्यालय समेत खाेलेका छन् । उनीहरूकाे भारतकाे दिल्ली स्थित गुडगाउंमा पनि घर लिएका छन् ।

शिवकुमार अडुकियाले डलरको तस्करी धन्दा गरिरहेका बेला तत्कालीन प्रहरी महानिरीक्षक प्रदिप शमशेर जवराकाे सचिवालयबाट खटिएको टाेलीले गाडी सहित ठूलो मात्रामा डलर बरामद गरेको थियो । पछि डलर काराेवारी भएको भन्दै प्रहरीकाे तत्कालीन बिशेष टाेलीले अडुकियासंग ठूलो रकम लिने गरेको तथ्य पनि त्यतिबेलाका छापाहरूमा समाचार आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0