NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

कपिलवस्तु : मेयर साह कांग्रेसमा प्रवेश

कपिलवस्तु : मेयर साह कांग्रेसमा प्रवेश

 

माघ २२ गते ।
बुटवल  : कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मेयर शाहसहित कृष्णनगरका तीनजना वडा अध्यक्ष समेत कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं.३ का कांग्रेस सांसद अभिषेक प्रताप शाहले पार्टीमा स्वागत गरेका छन् ।

शाहसहित एक हजार जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ । नगरप्रमुख शाह सांसद शाहका नातेदार हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0