NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

ठुलो दुर्घाटना हुन बाट जोगियो फ्लाईदुबई ,काठमाडौंबाट उड्ने वित्तिकै इञ्जिनमा लगेको थियो आगो

ठुलो दुर्घाटना हुन बाट जोगियो फ्लाईदुबई ,काठमाडौंबाट उड्ने वित्तिकै इञ्जिनमा लगेको थियो आगो

काठमाडौँ ।
फ्लाई दुबईको जहाजमा समस्या आएपछि नेपालको आकाशमै होल्ड भएको जहाज पुन: दुबई तर्फ प्रस्थान गरेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुबई तर्फ प्रस्‍थान भएको जानकारी दिएका हुन्।

‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा,’ उनले भनेका छन्।

काठमाडौ‌ंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९:२३मा उडेको जहाजको एउटा इन्जिनमा आगलागी भएको थियो। काठमाडौं र ललितपुरबाट उक्त जहाजमा आगो लागेको समेत देखिएको थियो।

जहाजमा आगलागी भएपछि उसलाई नेपालकै आकाशमा होल्ड गरिएको थियो। एउटा इन्जिनमै सुरक्षितसँग दुबई पुग्न सकिने भएपछि उक्त जहाजलाई जान दिइएको हो।
फ्लाइ दुबईको प्राविधिक समस्या देखिएको जहाजमा १६९ जना यात्रु रहेको पुष्टि भएको छ । त्रिभुवन विमानस्थल स्रोतले जहाजमा १२० विदेशी र ४९ जना नेपाली रहेको जानकारी दियो ।

जहाज दुबईका लागि त्रिभुवन विमानस्थलबाट उड्ने बित्तिकै प्राविधिक समस्या आएको थियो । जहाजमा आगोको झिक्कासहित आकाशमै विस्फोटको आवाज सुनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0