NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनल प्रमुख प्रबन्धकको कार्यकक्षबाट ८ लाख बरामद

त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनल प्रमुख प्रबन्धकको कार्यकक्षबाट ८ लाख बरामद

माघ ०९ काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्‍डयन कार्यालय, आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख प्रबन्धक पूर्णप्रसाद चुडालको कार्यकक्षबाट ८ लाख रूपैयाँ बरामद भएको छ।

नवौं तहका कर्मचारी चुडाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सोमबार उनकै कार्यकक्षबाट पक्राउ गरेको हो। पक्राउ गरी कार्यकक्षमा खोजी गर्ने क्रममा दराजबाट स्रोत नुखलेको ८ लाख रूपैयाँ बरामद भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

चुडालले विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न पास उपलब्ध गराएर सहजीकरण गरिदिएको भन्दै सेवाग्राहीसँग साढे एक लाख रूपैयाँ मागेका थिए।

घुस मागेको भन्ने सूचना पाएपछि अख्तियार कार्यालय टंगालबाट टोली खटिएको थियो। प्रवक्ता भण्डारीका अनुसार चुडालले उक्त घुस रकम लिइसकेपछि अख्तियारको टोली पुगेको थियो।

घुस लिएपछि कार्यकक्षमा चेक गर्दा दराजबाट स्रोत नखुलेको ८ लाख बरामद भएको हो। रकमसँगै विभिन्न ब्रान्डका ९ वटा मदिराका बोतल, ५ वटा मोबाइल र एउटा डायरी पनि बरामद भएको छ।

उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0