NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

दाङमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु

दाङमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु

जनकपुरधाम कार्तिक १५ गते ।

दाङ जिल्लाको दूधरासमा स्कुटर दुर्घटनामा एक युवकको ज्यान गएको छ । ज्यान गएकोमा तुलसीपुर उपमहानगरपालिका १८ का ३५ वर्षीय मधुसुदन चौधरी रहेका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार रा ४ प ४९७३ नम्बरको स्कुटर दुर्घटना हुँदा चौधरी गम्भीर घाईते भएका थिए । उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उनको मृत्यु भएको छ ।

चौधरीको शव परीक्षणका लागि अहिले अस्पतालमा राखिएको प्रहरी निरीक्षक शर्माको भनाइ छ । पछिल्लो समय नेपालमा दुर्घटना बढेको छ । ट्राफिक नियम पालना नगर्दा प्रायः सवारी दुर्घटना हुने गरेको प्रहरी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0