NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

धनुषामा अदालतको गेट अगाडी वकिलहरुको धर्ना, प्रधानन्यायाधीश जबराको राजीनामा माग

धनुषामा अदालतको गेट अगाडी वकिलहरुको धर्ना, प्रधानन्यायाधीश जबराको राजीनामा माग

 

कार्तिक २८ गते ।
जनकपुरधाम : जनकपुरमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै धनुषा अदालतमा पनि आन्दोलन गरेका हुन् ।

नेपाल बार एशोसियसन जनकपुर शाखामा आवक्त वकिलहरूले जनकपुरस्थित जिल्ला अदालत धनुषा र उच्च अदालत जनकपुरको मुलगेटमा बिहान ११ देखि १२ बजेसम्म धर्ना बसेका हुन् । उनीहरूको धर्नाका कारण सेवाग्राही प्रवेशमा अवरोध भएको थियो ।

सर्वोच्च अदालतको न्यायिक, प्रशासनिक र नियुक्ति शुद्धीकरणका लागि धर्ना बसेको अधिवक्ता श्याम मिश्राले बताए । केन्द्रले घोषणा गरेको आन्दोलनको कार्यक्रममा ऐक्यबद्धता जनाउँदै धर्ना बसेको उनको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0