NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

नेपाली भाषाको उत्थानमा सहयोग गर्ने बाँतर समुदायका तीन जना पुरस्कृत

नेपाली भाषाको उत्थानमा सहयोग गर्ने बाँतर समुदायका तीन जना पुरस्कृत

 

लहान/१५ साउन । गीतमार्फत नेपाली भाषाको उत्थानमा सहयोग पुर्‍याउने पिछडिएका बाँतर समुदायका तीन जनालाई आज यहाँ पुरस्कृत एवं सम्मान गरिएको छ।

हिमपत मिडिया हाउस र प्रवासी सरदार ‘बाँतर’ यूवा एकता समाज उत्थान केन्द्र नेपालद्वारा दोस्रो अनलाईन नेपाली गीत गायन प्रतियोगिता—२०२२ मा प्रथम, द्धितीय र तृतीय हुने क्रमशः चुडा सरदार( सत्यनारायण),द्धितीय विजयकुमार सरदार र तृतीय हुने राजीव सरदारलाई रु १४ हजार, १० हजार र पाँच नगद सहित सम्मान गरिएको छ।

प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले पुरस्कार वितरण गर्दै मुलुकमा सङ्घीयता स्थापनाले सबैजातजातिको भाषा, संस्कृतिको संरक्षणमा सहयोग पुगेको बताउनु भयो । उहाँले मातृभूति, मातृभाषा र मातृलाई सदैव सम्मान गर्नुपर्नेमा जोड दिँदै आफ्नो पहिचात जोगाउन संस्कार, संस्कृति र भाषाप्रति आदर एवं संरक्षण गर्न आग्रह गर्नु भयो ।

 

हिमपत मिडियाका अध्यक्ष विरेन्द्रकुमार साह,नेपाली कांग्रेसका मोरङ कोषाध्यक्ष राजेश गुप्ता ,रेडियो नेपालका गायक रामा मण्डल, कवियत्रि सरिता तुलाधर,कविता केसरी,कमलेश कर्ण ,मैथली चलचित्रका नायक विजय कामत र कमलेश्वर ठाकुर लगायतले तराई तथा पहाडी क्षेत्रमा विभिन्न समुदायले बोल्ने लोप हुन लागेको भाषाको संरक्षणमा हामीसबै क्रियाशिल हुनु पर्नेमा जोड दिनु भयो ।

हिमपत मिडियाले कोभिड महामारी, स्वास्थ्य उपचार,दिनदुःखी , शिक्षाबाट वन्चितहरुलाई विगतदेखि सहयोग पुर्‍याउदै आएको छ।
सो अवसरमा मन्त्री यादवले कोभिड महामारीमा नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई सम्मान गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0