NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

प्रधानमन्त्रीद्धारा अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाव

प्रधानमन्त्रीद्धारा अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाव

असाढ २२ काठमाण्डौ ।
चर्को जनदबाब बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाव दिएका छन् । बालुवाटारनिकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई राजीनामा दिएर वातावरणलाई सहज बनाउन सुझाव दिएका हुन् ।
प्रमुख प्रतिपक्षी दल आफ्नै पार्टीका शीर्ष नेताहरू र नागरिक समाजबाट चर्को दबाब बढ्दै गएपछि निकासको बिकल्प अर्थमन्त्रीको बहिर्गमन नै रहेको देउवाको निष्कर्ष रहेको स्रोतले बतायो ।
यसैबीच अर्थमन्त्री शर्माले राजीनामा दिने सम्भावना रहेको पनि स्रोतले बताएको छ । आज प्रतिनिधिसभामा सम्बोधन गरेर छानबिनका लागि मार्गप्रशस्त गर्दै राजीनामाको घोषणा गर्नसक्ने सम्भावना पनि छ,’ स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0