NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

फिल्म निर्देशन गर्दै क्याप्टेन विजय लामा

फिल्म निर्देशन गर्दै क्याप्टेन विजय लामा

काठमाडौँ ।
कलाकार तथा पाइलट विजय लामाले फिल्म निर्देशन गर्ने भएका छन् । उनी ‘निरमाया’ भन्ने फिल्मबाट निर्देशनमा होमिन लागेका हुन् । फिल्म निर्माणको लगभग तयारी सकिएको उनले बताए ।

‘टेलिसिरियल, म्युजिक भिडियो, विज्ञापन फिल्म निर्देशक र धेरै अभिनय गरेको अनुभव छ मसँग । त्यो सबै अनुभव निर्देशनमा खन्याउन खोज्दै छु’, विजयले रातोपाटीसँग भने ‘‘निरमाया’ भन्ने फिल्मको तयारी लगभग सकिएको छ । यसबाटै फिल्म निर्देशनमा मेरो डेब्यु हुन्छ कि ।’ फिल्मको विषयमा विस्तृत जानकारी पछि दिने उनले बताए ।

विसं २०४० को फिल्म ‘आदर्श नारी’बाट अभिनेताको रूपमा यात्रा सुरु गरेका विजयको अभिनय यात्रा अहिले पनि जारी छ । उनी अभिनीत पछिल्लो फिल्म ‘अन्तिम संस्कार’ अगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।

अहिलेसम्म ६० बढी नेपाली फिल्म, हलिउड फिल्म, थुप्रै म्युजिक भिडियो र टेलिशृङ्खलामा अभिनय गरेका उनले हिरोदेखि भिलेनसम्म, सहायकदेखि चरित्र अभिनेतासम्म अभिनय गरेका छन् । उनी गायक पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0