NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

बुर्किना फासोमा सैन्य शिविरमा विद्रोही समूहको आक्रमण, ३३ सैनिकको मृत्यु १२ घाइते

बुर्किना फासोमा सैन्य शिविरमा विद्रोही समूहको आक्रमण, ३३ सैनिकको मृत्यु १२ घाइते

काठमाडौं ।
दक्षिण अफ्रिकी देश बुर्किना फासोमा रहेको एउटा सैन्य शिविरमा विद्रोही समूहले आक्रमण गरेको छ ।

घटनामा ३३ जना सैनिकको ज्यान गएको छ । कम्तीमा १२ जना घाइते भएका छन् । सेनाले बिहीबार ४० जना विद्रोहीको हत्या गरेलगत्तै विद्रोही समूहले सैन्य शिविरमा आक्रमण गरेको हो ।

बुर्किना फासोमा सन् २०१५ देखि विद्रोही समूहका गतिविधि तीव्र भएको थियो । अहिलेसम्म दुबैतर्फ गरी १० हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

देशको एक तिहाई भूभाग सरकारको नियन्त्रणभन्दा बाहिर रहेको अल जजिराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0