NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका-३ घर भएका ६१ वर्षीय सिताराम शाही रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विजुलीबजारबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ ।
उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा २०७९ असार ६ गते १६ लाख १९ हजार जरिवाना र ४ दिन कैद सजायको फैसला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0