NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा

भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा

काठमाडौं ।
नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ ।

किर्तिपुर खेल मैदानमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएपछि खेल नतिजा बिहीन हुदाँ नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाइरहदा खेल वर्षाको कारण रोकिन पुगेको थियो । यसअघि पनि रोकिएको खेल पुनः सुरु गरिएको थियो । तर, फेरी खेल मैदानमा भिषण बर्षा पछि पुरै खेल नखेली समुह बिजेता बन्दै नेपाल फाइनलमा पुगेको हो ।

नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धामा उत्रेका थिए । पटक पटक परेको पानीका कारण खेल हुन नसकेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0