NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

रौतामाईमा विज्ञान तथा कला प्रदर्शनी कार्यक्रम हुँदै

रौतामाईमा विज्ञान तथा कला प्रदर्शनी कार्यक्रम हुँदै

काठमाडौं । उदयपुरको रौतामाई गाउँपालिकामा विज्ञान तथा कला प्रदर्शनी कार्यक्रम हुने भएको छ । यही फागुन १० र ११ गते सो कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा विज्ञान, वातावरण, सामाजिक र कला लगायतका विधामा प्रदर्शनी हुनेछ । यसमा विजय हुने हरेक विधाका प्रथम विजेतालाई १० हजार पुरस्कार राशी प्रदान गरिनेछ ।

कार्यक्रमको आयोजक रौतामाई गाउँपालिका र श्री नमूना माध्यमिक विद्यालय, मुर्कुची रहेको छ । कार्यक्रमको संयोजकमा भने संतोष कुमार यादव छन् ।उक्त विद्यालयको प्रधानाध्यापक खड्ग बहादुर थापा रहेको छ ।

सहभागी हुन इच्छुक विद्यार्थीले पुस मसान्त भित्र दर्ता गर्नुपर्ने छ र एउटा समुहमा तीन जना भन्दा बढी सहभागी पाउने छैन। एकल विद्यार्थीले बहुभागीय समुहमा सँलग्न हुन पाउने छैन। सहभागी भएका हरेक विद्यार्थीले प्रमाणपत्र पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0