NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा,

लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा,

काठमाडौं ।
नेपालले लाओसलाई विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा १–० ले पराजित गर्दै नेपाली फुटबललाई ठूलो राहत दिलाएको छ । लाओसको भियन्टाइनमा मंगलबार भएको खेलमा प्राप्त जितमा नेपालको लागि मनीष डाँगीले ५३ औं मिनेटमा निर्णायक गोल गरे ।यससँगै नेपालले दुई लेगको खेलमा समग्रमा २–१ को निर्णायक अग्रता लिन सफल रह्यो ।ठमाडौंमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा टुंगेको थियो । नेपाललाई दोस्रो चरण पुग्नका लागि जित्नै पर्ने दबाब थियो ।त्यसैले मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले सुरुदेखि आक्रामक रणनीति अपनाएका थिए । पहिलो लेगमा उतारको सुरुआती ११ मा तीन परिवर्तन गर्दै दोस्रो लेग खेलेको थियो ।अञ्जनले नजिकको दूरीबाट दिएको पासमा मनीषले उत्कृष्ट ‘फ्लिक’ गर्दै गोल गरेका हुन् । मनीषले नेपालका लागि गरेको यो तेस्रो व्यक्तिगत गोल हो । उनले यसअघि इराक र माल्दिभ्सका लागि गोल गरेका थिए ।नोटको दोस्रो चरणमा प्रवेश गरेयता यो वर्षको अन्त्य र अर्को वर्ष नेपाली राष्ट्रिय टिम व्यस्त रहनेछ । नेपालले अब दोस्रो चरणमा समूह ‘एच’ मा खेल्नेछ । त्यस समूहमा यूएई, बहराइन र यमन रहेका छन् । अब समूहमा ‘होम एन्ड अवे’ आधारमा खेल हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0