NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

विभिन्न पार्टी परित्याग गरी पचासौं जना भन्दा बढी स्वास्थ्यकर्मीहरु जनमत पार्टीमा प्रवेश

विभिन्न पार्टी परित्याग गरी पचासौं जना भन्दा बढी स्वास्थ्यकर्मीहरु जनमत पार्टीमा प्रवेश

कार्तिक २८, रौतहट

रौतहटको राजदेवी नगरपालिका-१ पथरामा रहेको श्री माध्यमिक विद्यालयको प्राङ्गणमा एक कार्यक्रम बीच स्वास्थ्यकर्मीहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।नगर स्तरिय भेला तथा समिति गठन कार्यक्रमकमा स्वास्थ्यकर्मी जनमत संघको केन्द्रीय महासचिव सन्नी यादवको अध्यक्षतामा र जनमत पार्टीका केन्द्रीय सदस्य बिकास कुमार यादवको प्रमुख आतिथ्यमा विभिन्न पार्टी परित्याग गरि स्वास्थ्यकर्मीहरु जनमत पार्टीमा प्रवेश गरेका छन । यादवले नव प्रवेशीहरुलाई माला र टिका
लगाई जनमत पार्टीमा प्रवेश गराएका हुन ।
शुभकामना आदानप्रदान, संगठन विस्तार संगै पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य बिकास कुमार यादवले हिन्दू धर्मावलम्बीहरुको महान पर्व बितेको बिजयादशमी, आउँदै गरेको शुभ दिपावली तथा लोक आस्थाको पर्व छठ पर्वको शुभकामना सहित नव प्रवेशी साथीहरुलाई अग्रिम कार्यकाल सफलता शुभकामना व्यक्त गरेका छन ।त्यसैगरी आजकै बैठकबाट जनमत पार्टीको गौरवशाली भातृसंगठन स्वास्थ्यकर्मी जनमत संघ रौतहटको राजदेवी नगरपालिका नगर समिति गठन कार्यक्रमबाट १९ सदस्यीय पदाधिकारीहरु तोकिएका छन् ।सो कार्यक्रममा स्वास्थ्यकर्मी जनमत संघ रौतहटका जिल्ला अध्यक्ष उदय सिंह कुशवाहा विशिष्ट आतिथ्यमा, जनमत पार्टीका राजदेवी नगर अध्यक्ष प्रभु यादव,उपाध्यक्ष धर्मेन्द्र महतो, वडा अध्यक्ष प्रत्याशी सुरेन्द्र ठाकुर,वडा सचिव शशिभुषण साह, युवा नेता लालबाबु दास लगायत पार्टीको कार्यकार्ताहरु उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0