NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

शिक्षक सेवा आयोगद्वारा निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन

शिक्षक सेवा आयोगद्वारा निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन

काठमाडौं ।
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को नतिजा प्रकाशन गरेको छ
वैशाख ९ गते लिएको सामान्य परीक्षाको नतिजा प्रकाशन गरेको हो । उक्त परीक्षामा सातै प्रदेशबाट ६७ हजार १८० जना परीक्षार्थी सहभागी थिए ।
जसमा १३ हजार ९३९ जनाले मात्रै सामान्य परीक्षा पास गर्न सकेका छन् । जुन २०.७४ प्रतिशत हुन आउँछ । परीक्षामा सहभागी ५३ हजार २४१ जनाले सामान्य परीक्षा पास गर्न नसकेको आयोगले सार्वजनिक गरेको नतिजाबाट देखिएको छ ।

सुदूरपश्चिम प्रदेशबाट ८ हजार ८६९ जनाले परीक्षा दिएका थिए । जसमा १ हजार ६८४ जनाले मात्रै उत्तीर्ण भएका छन् । त्यस्तै कर्णाली प्रदेशबाट ६ हजार ५९८ जनाले परीक्षा दिएकोमा १ हजार २३१ जना उत्तीर्ण भएका छन् ।

लुम्बिनी प्रदेशबाट ६ हजार ६७२ जना सहभागी भएकोमा १ हजार १८१ जना उत्तीर्ण भएका छन् । गण्डकी प्रदेशबाट ११ हजार ७२८ जना सहभागी भएकोमा २ हजार ८५५ जना उत्तीर्ण भएका छन् ।

बागमती प्रदेशबाट ११ हजार ६०६ परीक्षार्थी सहभागी भएकोमा २ हजार ८०३ जना, मधेस प्रदेशबाट ६ हजार २१० जना परीक्षा सहभागी भएकोमा १ हजार १०० जना र कोशी प्रदेशबाट १५ हजार ५९७ जना सहभागी भएकोमा ३ हजार ८५ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

आयोगले २७ माघ २०७९ मा विज्ञापन प्रकाशन गरेको थियो । सफल भएका उम्मेद्वारहरूको विषयगत परीक्षा ९ भदौ २०८० मा बिहान ११ बजेदेखि कैलालीमा सञ्चालन हुनेछ ।

विषयगत परीक्षामा उपस्थित हुँदा प्रवेशपत्रको साथमा आफ्नो पहिचान खुल्ने नेपाली नागरिकताको प्रमाणपत्र वा सवारी चालक अनुमतिपत्र वा राहदानी प्रमाणपत्रको सक्कलै प्रति अनिवार्य रूपमा ल्याउनुपर्ने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0