NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

सशस्त्र प्रहरीमा ४२ सय प्रहरी थप्ने तयारी पुरा

सशस्त्र प्रहरीमा ४२ सय प्रहरी थप्ने तयारी पुरा

काठमाडौ । सशस्त्र प्रहरी बलमा ४ हजार २ सय कर्मचारी थप्ने तयारी गरेको छ । लामो समयदेखि तल्लोतहसम्म कर्मचारी नथपिएकाले अहिले सशस्त्र प्रहरी नायब महानिरीक्षक देखि जवानसम्म ४२ सय कर्मचारी थप्न लागेको सशस्त्र प्रहरीका एक उच्च अधिकारीले बताए । ‘हामीले थप कर्मचारीका लागि तालुख मन्त्रालय पठाइसकेका छौं’, ती अधिकारीले भने । थप गर्ने कर्मचारीको दर्जाअनुसारको फाइल अर्थ मन्त्रालयमा पुगेको छ । अर्थले स्वीकृति दिएपछि गृहमन्त्रालय हुँदै मन्त्रिपरिषद्ले दरबन्दी थप गर्नेछ ।सशस्त्रमा १५÷१६ वर्षदेखि सशस्त्र प्रहरीको निरीक्षकमा जाम भएर बसेकाले त्यसलाई खुलाउन कर्मचारी वृत्तिविकासका लागि दरबन्दी थपको प्रस्ताव पठाएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी बलमा अहिले ४ डीआईजीको पद रिक्त छ । डीआईजीमा रिक्त ४ सिटमा बढुवा हुन सिसम–१ र सिसम–२ का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरू प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0