NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

एसईई प्रिन्सेज २०२३को अडिसन सुरु पहिलो चरणबाट १६ जना प्रतियोगीहरू छनौट

एसईई प्रिन्सेज २०२३को अडिसन सुरु पहिलो चरणबाट १६ जना प्रतियोगीहरू छनौट

काठमाडौँ ।
एसईई प्रिन्सेज २०२३ को पहिलो चरणको अडिसन सम्पन्न भएको छ । सिजन मिडियाले विगत १४ वर्ष देखि आयोजना गर्दै आएको उक्त प्रतियोगिताको यो १० औँ संस्करण रहेको छ । पहिलो छनौट चरणबाट १६ जना प्रतियोगीहरू छनौट भएका छन् ।

यस प्रतियोगितामा सहभागी छात्राहरुले उनीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि गराउने, क्षमता उजागर गर्ने , नेतृत्वदायी क्षमताको विकासलाई सहयोग पुग्ने, उच्च शिक्षा अध्ययनमा सहयोगीको मुख्य भूमिका खेल्ने साथै फुर्सदको समयलाई मनोरञ्जनको मार्फत ज्ञान तथा सिप हासिल गर्न सहयोग पु¥याउने आयोजकको विश्वास छ ।

उक्त प्रक्रियाबाट छनौट भएका प्रतियोगीहरूलाई २०८० साल वैशाख ११ गत्तेबाट प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा मोडलिङ ,फेशन सो , र्‍याम्प सो , शारीरिक फिटनेस ,फोटो सेसन, कलेज भ्रमण, टेबल म्यानर, फोटोग्राफी शिक्षा, फुटसल प्रतियोगिता, सोसल मिडिया प्रयोग कसरी गर्ने लगायत विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू, व्यक्तित्व विकास सम्बन्धी पनि प्रशिक्षण दिइने छ ।

यस कार्यक्रमको लागि ब्रान्ड प्रायोजकमा नामी कलेज,मुख्य प्रायोजकमा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज रहेको छ भने प्रायोजकमा साउथ वेस्टन स्टेट कलेज ,रेडन कलेज, व्रिटिस कलेज आदिको सहयोग रहेको छ ।

आगामी जेष्ठ दोस्रो साता उत्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले “एसईइ प्रिन्सेज २०२३ ) को ताज उपाधि सहित उच्च शिक्षामा १ लाख बराबरको छात्रवृत्ति लगायत अन्य गिफ्ट ह्याम्पर पाउने जनाइएको छ । त्यस्तै फस्ट रनर अप र सेकेन्ड रनर अपले भने क्रमशः उच्च शिक्षामा ५० हजार बराबरको छात्रवृत्ति साथै विभिन्न उपहारहरू पाउनेछन् र त्यसैगरि सहभागी प्रतियोगीहरूलाई पनि छात्रावृतिको लागि सहयोगी कलेजहरूमा सहजीकरण गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0