NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

ओलीले चन्द्रमामा भर्‍याङ लगाउने, चुच्चे रेल ल्याउने जस्ता झुटो र पूरा नहुने सपना बाँडेर जनतालाई झुक्याए : मन्त्री झाँक्री

ओलीले चन्द्रमामा भर्‍याङ लगाउने, चुच्चे रेल ल्याउने जस्ता झुटो र पूरा नहुने सपना बाँडेर जनतालाई झुक्याए : मन्त्री झाँक्री

बुटवल । नेकपा एकीकृत समाजवादीकी सचिव एवं शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीले पूरा हुन नसक्ने सपना बाँडेर जनतालाई झुक्याएको बताएकी छन् ।
सत्ता गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले स्याटलाइटमा आकाश किन्ने, चन्द्रमामा भर्‍याङ लगाउने, चुच्चे रेल ल्याउने जस्ता झुटो र पूरा नहुने सपना बाँडेर जनता झुक्याएको आरोप लगाएकी हुन् ।
ठूला-ठूला गफ भन्दा वास्तविक धरातलमा उभिएर देश सुहाउँदो सीमित साधनबाट असीमित चाहनालाई पूरा गर्ने गरी योजना बनाउनुपर्ने उनले बताइन् ।
एमालेतर्फ लक्षित गर्दै झाँक्रीले पटक-पटक भोट हालेर नेतृत्वमा पुर्‍याउँदा पनि सुकुमवासी, अव्यवस्थित बसोबासी र आम नागरिकको समस्या ज्यूँका त्यूँ राख्ने दललाई चिन्ने बेला आएको बताइन् ।
गलत काम गर्दा गलत भनेर भन्न नसक्नेहरु परिवर्तनकारी हुन नसक्ने उनको भनाइ थियो । ‘प्रश्न गर्न नसक्ने मान्छे र भजनमण्डलीले परिवर्तनका लागि काम गर्न सक्दैन’ उनले भनिन् । गठबन्धनको सरकार राजनीतिक स्थायित्व र प्रणालीको स्थायित्वको पक्षमा रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0