NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

केपी शर्मा ओलीमाथि आक्रमणको प्रसास, २ प्रहरी घाइते ।

केपी शर्मा ओलीमाथि आक्रमणको प्रसास, २ प्रहरी घाइते ।

काठमाडौं ।
कोशी प्रदेशको खारेजको माग गर्दै आन्दोलनरत रहेका पहिचान पक्षधरले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रसास गरेका छन् ।बुधबार झापाको बुद्धशान्ति गाउँपालिकास्थित आयोजित कार्यक्रममा अध्यक्ष ओलीलाई लक्षित गर्दै पहिचान पक्षधरले ढुंगामुढा गरेका हुन् ।

तर प्रहरीले आक्रमणमा उत्रिएका प्रदर्शनकारीहरुलाई रोकेको थियो । ढुंगामुढामा उत्रिएका १ जनालाई प्रहरीले पक्राउसमेत गरेको छ । साथै, दुई पक्षको झडपमा २ जना प्रहरी घाइते भएको पनि बताइएको छ ।

उक्त घटनाबारे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार बसेको संसदमा जानकारी गराएका छन् । उनले कोशी नामाकरणको विरोधमा पहिचान पक्षधरले ओलीमाथि गरेको ढुङ्गामुढा दुःखद घटना भएको जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0