NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

जनतामावि सितापुरसहित अधिकाँश एसईई सेन्टरहरुमा परीक्षाहलभित्र खुलेयाम चोरी सरोकारवाला बेखवर

जनतामावि सितापुरसहित अधिकाँश एसईई सेन्टरहरुमा परीक्षाहलभित्र खुलेयाम चोरी सरोकारवाला बेखवर

विसुनदेव सरदार/ सिराहा,चैत २० गते ।

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका-६ स्थित श्रीरामा महन्थी यादव जनता माध्यमिक विद्यालय सितापुर प्र.ध.को ( एसईई ) परीक्षा केन्द्रमा पुरै अमर्यादित बन्दै गएको पाइएको छ ।

माध्यमिक शिक्षा परीक्षा ( एसईई ) को पहिलो दिन अङ्ग्रेजी, दोस्रो दिन नेपाली, तेस्रो दिन अनिवार्य गणितगरि आज चौथोँ दिन विज्ञान तथा प्रविधि विषयको परीक्षा पुरै अमर्यादित तरिकाबाट परीक्षा भएको छ ।

विद्यालयका प्रधानध्यापकहरु र केन्द्राअध्यक्ष बिच मिलेमतो गरेर खुलेयाम चिटिङ्ग हुने गरेको छ।

सो रामा महन्थी माध्यमिक विद्यालय सितापुर प्र.ध.सँगै राजमार्गसँग नछोएका ग्रामीण स्तरका ( एसईई ) सेन्टरहरुमा खुलेयाम चोरी हुन्छ । सितापुरसहित अधिकाँश परीक्षाकेन्द्रहरुमा यतिबेला अनुगमन सुस्त मिलेमतो चलखेल भएकै कारण एसईईमा चोरी हुन्छ । सुरक्षा निकायदेखि जिल्लाका एसईईसँग सरोकार राख्ने सबैको मिलेमतो रहेको देखिएको छ । जसले गर्दा, सिरहाको शिक्षाको स्तर दिनानुदिन खस्किदै गएको अवस्था छ।

यता, रामा महन्थी मावि सितापुरमा ३ वटा स्कुलहरु जनता डोमी चौधरी माध्यमिक विद्यालय पर्सापोखर्भिण्डा , धमियाईन मावि हमेशपुर पतारी, मावि पिप्राप्र.ध.का सेन्टर राखिएका छन् ।

उक्त परीक्षाकेन्द्रमा नियमित तर्फ उपस्थित विवरणहरु: छात्रा १३६, छात्र १०९ गरि अन्य जम्मा २६१ परीक्षार्थी सहभागी भएका छन् ।

यो सँगै सितापुर मावि, लहानको पशुपतिमावि, हनुमान प्रसाद शारदा मावि इनरुवा, जनता मावि सोनवर्षा, जनतामावि मौवाही , छजना लगायतका सेन्टरहरुमा सुरक्षाकर्मी र केन्द्राध्यक्षको फितलोले गर्दा खुलेयाम मोबाइल, फल्याप्प, गेसपेपर, गाइड, पकेटबुक , घडी परीक्षाहल भित्र छिराउँछन् ।

केन्द्राध्यक्षहरुले विद्यालयहरुसित मोटो रकम लिई पुरै खुल्मखुल्ला ( एसईई ) मा चोरी ( चिटिङ्ग ) गराउने गरेको छ ।

तर, शिक्षासँग सरोकार राख्ने अधिकारी , सुरक्षा निकायकर्मी मौन र सुस्त रहेको अवस्था छ । तलदेखि माथिसम्मको मिलेमतो रहेको पाइएको छ। जसले गर्दा भावीको दिनमा शिक्षाको स्तरमा चुनौती दिएको अवस्था छ । मौवाही , छजना माध्यमिक विद्यालयमा संचारकर्मी भित्रछिर्न नदिएपछि भित्र कोलाहल ( हल्ला ) भएको विद्यालयको द्वार गेटसम्म आवाज आइरहेको थियो । जसले गर्दा स्थानीय अभिभावकहरुले केन्द्राअध्यक्ष परिवर्तनको आवाज उठाइएको थियो ।

यो सँगै लहानको पशुपति माध्यमिक विद्यालय प्रधानध्यापक केन्द्राअध्यक्षले यसैवर्ष मात्रै नभएर प्रत्येकवर्ष सेटिङ्ग र चिटिङ्गमा लाखौं लाख असुली गरि सो विद्यालयले चिटिङ्ग र सेटिङ्गको नमुना बन्दै गएको स्थानीयहरुले टिप्पणी गरेका छन् ।
शिक्षा विकास तथा समन्वय एकाई प्रमुख राजदेव यादव भन्नुहुन्छ – यदि परीक्षा हलभित्र मोबाइल , चिट, गेसपेपर, पकेटबुक भेटे सबै जवाफदेहीता आधारमा केन्द्राध्यक्ष कार्यवाहीमा पर्ने बताए ।
यता, सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालका अनुसार – परीक्षा मर्यादित हुनुपर्छ , हामीले अनुगमन गरिरहँदा परिक्षार्थीलाई असर नपुर्‍याई अनुगमन गरियौं। सिरहाका सबैजसो एसईई सेन्टरहरुमा सामान्य वातावरणमा परीक्षा हुने गरेको दाहालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0