NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

बालबालिकालाई गर्मीमा देखिने संक्रमणबाट कसरी जोगाउने ?डा.कमोद ठाकुर

बालबालिकालाई गर्मीमा देखिने संक्रमणबाट कसरी जोगाउने ?डा.कमोद ठाकुर

चितवन /पछिल्लो केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । गर्मी बढेसँगै देशका विभिन्न स्थानीय तहहरुले गर्मीले बालबालिकामा पर्न जाने असरलाई ध्यानमा राख्दै केही दिनको लागि विद्यालय बिदा दिइएको छ । मौसम परिवर्तन, धुवाँ–धुलो तथा तापक्रम वृद्धिजस्ता कारणले गर्मी मौसममा बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखा पर्दछ । अन्य मानिसको तुलनामा बालबालिकालाई गर्मीले बढी सताउने गर्छ ।

गर्मीयाममा तापक्रम वृद्धिसँगै प्रदूषण तथा धुवाँ–धुलो बढ्दै जान्छ । गर्मीबाट बच्न बालबालिका खोला वा तालमा जमेको पानीमा पौडी खेल्न मन पराउँछन् । जसका कारण बालबालिकामा विभिन्न संक्रमण हुने सम्भावना बढेर जान्छ । यो समयमा बालबालिकामा ज्वरो घटबढ भइरहने, झाडापखाला, घमौरा, ठेउलो लगायत भाइरल ज्वरो जस्ता समस्या बालबालिकामा देखा पर्दछ । नियमित खानपानसँगै धुलोधुवाबाट जोगिएमा यस्ता समस्याबाट बालबालिकालाई जोगाउन सकिन्छ ।

यि हुन् बालबालिकामा देखिने समस्या:=

(१)झाडापखाला:-

झाडापखाला गर्मी मौसममा अधिकांशमा देखिने समस्या हो । यो भाइरस र ब्याक्टेरियाको संक्रमणका कारण हुने गर्छ । झाडापखालाको समयमै रोकथाम गर्न सकिएन भने बच्चाको ज्यानै पनि जान सक्छ । झाडापखाला भएमा आमाको दूध अरु दिनको तुलनामा धेरै खुवाउनुपर्छ । त्यस्तै, सफा पानी र जीवनजल प्रशस्त मात्रामा खुवाउनुपर्छ । त्यसैगरी, झोलिलो खानेकुरा, गेडागुडीको झोल आदि खुवाएर झाडापखाला नियन्त्रण गर्न सकिन्छ । कतिपय अवस्थामा बच्चा दूध चुस्न नसक्ने अवस्थाको हुन सक्छ । यस्तो अवस्थामा तुरुन्त चिकित्सक कहाँ लैजानुपर्छ ।

(२)भाइरल ज्वरो:-

गर्मी मौसममा बालबालिकामा एक्कासि ज्वरो आउने समस्या हुन्छ । जसले गर्दा शरीरको तापक्रम १०२ देखि १०४ डिग्रीसम्म पुग्ने गर्छ । भाइरल ज्वरो एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले यो निकै खतरनाक हुन्छ । सामान्यतया, पाँच वर्षमुनिका बालबालिकामा बेहोस हुने, कमजोर देखिने, चिसो लाग्ने तथा एक्कासि खोकी बढ्नेजस्ता लक्षण देखिन्छन् । यस्तो अवस्थामा सकेसम्म छिटो अस्पताल लानुपर्छ ।
ज्वरो आएको समयमा बच्चाको लुगा खोलेर पानीपट्टी गर्न सकिन्छ । नरम कपडालाई पानीमा भिजाएर पूरै शरीर पुछ्नुपर्छ । यसरी बच्चालाई सहज अवस्थामा ल्याउन सकिन्छ । तर, जथाभावी एन्टिबायोटिक औषधि खान दिनुहुँदैन । गर्मी मौसममा बालबालिकामा रुघाखाकी, बान्ता हुने, रिंगटा लाग्ने, छालामा विभिन्न समस्या देखा पर्ने आदी समस्या देखिन्छ ।

(३)घमौरा:-

गर्मी मौसममा छालामा विभिन्न समस्या देखिने गर्दछ । यी समस्यामध्ये एक हो, घमौरा । यो पसिनाको ग्रन्थीहरुबाट आउने एक किसिमको संक्रमण हो । पसिना ग्रन्थीका प्वालहरु शरीरमा सबैतिर सिधा भएर जान्छ । तर कहिलेकाही कुनै कारणवंश पसिनाको प्वालहरु बन्द भयो भने शरीरामा घमौरा देखिने गर्दछ ।

छालामा भएको ब्याक्टेरियाले पसिना निस्कने छिद्रलाई बन्द गर्दा, मृत कोशिकाले पसिना निस्कने छिद्रलाई बन्द गर्दा, फोहोर, धुलो मैलो छालामा जम्मा हुदाँ छालामा रहेको छिद्र थुनिदाँ वा बाक्लो लुगा लगाउँदा र प्रदुषित वातावरणमा खेल्दा बालबालिकामा घमौरा निस्किने गर्दछ ।

(४)कसरी जोगिने :-

गर्मी मौसममा संक्रमण चाँडो फैलने भएकाले बालबालिकाको उचित हेरचाह गर्नुपर्छ । भिडभाडमा जाँदा मास्क लगाउन लगाउने, घाममा धेरै खेल्न नदिने, फोहर पानीको सम्पर्कबाट टाढा राख्ने र खानपानमा ध्यान दिने हो भने बालबालिकामा आउनसक्ने स्वास्थ्य समस्याबाट जोगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0