NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

लहानको पशुपति सिनेमा हलमा जम्दै चन्द्रकला बच्छारकी हिन्दीफिल्म द नाईट सिफ्ट

लहानको पशुपति सिनेमा हलमा जम्दै चन्द्रकला बच्छारकी हिन्दीफिल्म द नाईट सिफ्ट

सिराहा / १६ मंसिर । माउण्ट एभरेष्ट पिक्चर्स लिमेटेडले प्रस्तुत गर्दछ ‘‘द नाईट सिफ्ट’’ नामक चलचित्रको प्रीमियर शो प्रर्दशनमा आउने भएको छ ।

आज शनिबार सो हिन्दी फिल्म “द नाईट सिफ्ट पशुपति डिजिटल सिनेमा हल लहानमा साँझ ५ बजेबा लागेका थियोे।

आज शनिबारका दिन प्रर्दशनी गर्नुभएकी निर्देशिका तथा कालाकार चन्द्रकला बछार चौधरीले जानकारी दिइएकी छिन् ।

‘समाजमा घटिरहेको महिला हिंसा र रात्री कालिन अवस्थामा महिलाले सामना गर्नुपर्ने ताकत हौसला मुख्यरुपमा दर्साएको छ। साथै अन्धविश्वासको रुपमा रहेको भुत प्रेतबाट जोगिन् समबन्धि उदेश्यले स्थानीय भाषामा चलचित्र निर्माण गरिएको हो ।

महिलालाई हेर्ने दृष्टिकोण हालसम्म पनि हाम्रो समाजमा फरक रहेकोले त्यस्ता विसंगतिबाट मुक्ति पाउन साकारात्मक संन्देश दिने खालका चलचित्र तयार पारिएको हो ।’
‘प्रीमियर शो हेरेर कालाकारहरुको मनोबल बढाउनका साथै स्थानीय कलाकारहरुलाई माया/स्नेह धेरै दर्शकहरुले दिइएका छन् ।

प्रीमियर शो समापन पछि ‘‘द नाईट सिफ्ट’’ चलचित्रलाई भित्रै हिन्दी भाषामा पनि रिलिज गरिएको र अर्को (इपिसोड-२) फेरि पनि केहीदिनमा ल्याउने ” द नाईट सिफ्टकी अभिनेत्री चन्द्रकला बच्छारले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0