NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

लहान “एक्स्पो” अन्तर्राष्ट्रिय महोत्सवको चौतर्फी आलोचना, प्रहरी प्रशासनकै अगाडि विकृति र अश्लीलताको प्रदर्शनी

लहान “एक्स्पो” अन्तर्राष्ट्रिय महोत्सवको चौतर्फी आलोचना, प्रहरी प्रशासनकै अगाडि विकृति र अश्लीलताको प्रदर्शनी

विसुनदेव सरदार/ सिराहा / बैशाख १० गते ।

सिराहाको लहानमा जारी लहान “एक्स्पो” मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सवलाई लिएर यतिबेला चौतर्फी आलोचना भएको छ।

महोत्सवमा भनिएको अनुसार कार्यक्रम सञ्चालन नभपछि लहानबासी आक्रोशित बनेको देखिन्छ । लहानबासी भन्छन् – अन्तर्राष्ट्रिय महोत्सव एक्सपोको नाम दिएर लुटतन्त्रको अड्डा बनाइएको छ। महोत्सवमा हरेक सर-सामान दररेट दोब्बर तेब्बर दरमा किन्नमा बाध्य हुन्छ ।
त् कतै- अश्लील नृत्य छाडापन गीतले लहानबासी आक्रान्त छन् ।

प्रहरी प्रशासनकै अगाडि विकृति र अश्लीलताको प्रदर्शनी हुँदा प्रहरी प्रशासनले आँफू खुसी स्टेजमाथि चढेर पुरै नजदिकबाट मज्जा लिन्छन् । जहाँ सामाजिक विकृति, साँस्कृति, सभ्यता हनन् खल्ल्को कुरो उठछन् त्यँहा प्रहरी प्रशासन एक्सनमा आउन जरुरी छ।

लहानका डिएसपी बिष्णुप्र. सोती र सिडियो बासुदेव दहाल आएको दिनदेखि लहानमा मात्रै हैन जिल्लाकै शान्ति, सुरक्षा एकदम्मै दयनीय बनेको छ। उनीहरू आपराधिक गतिविधिलाई रोक्नु सट्टा मिलिभगत भएर काम गर्दै आएका छन् ।
अहिले सिराहालाई सुरक्षाको दृष्टिकोणले हेर्दा दिनहुँ व्यक्तिमा अराजकता बढ्दै गएको छ, र शोषण, उत्पिडनको सिकार निमुखा जनता छन् ।

यो सँगै, लहान यस्तो पवित्र र क्रान्तिकारी भूमि हो, जहाँबाट मुलुकमा भएको ऐतिहासिक परिवर्तनहरूको वीजारोपण भएको वीर योद्धाहरूको भूमि हो । तर यस्तो ऐतिहासिक पवित्र भूमिलाई अपवित्र बनाएर नै छाडे जिल्ला उद्योग वाणिज्य संघ लहान सिराहाले ।

जिल्ला उद्योग वाणिज्य संघ लहान सिराहाले आयोजना गरेको लहान एक्स्पोले खुल्लमखुल्ला अश्लिलता र विकृति बाहेक समाजलाई केही दिन सकेनन् । जुन हरेक समुदायको मानस पटलमा विकृति र अश्लिलता फैलाउने फ्याक्ट्रीको रुपमा लहान एक्सपो २०८०/०८१ लाई बुझिने गरेको छ ।

जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाका अध्यक्ष विकास सारडालाई समाजमा यस्तो घृणित अश्लिलता र विकृति फैलाउने अधिकार कसले दियो त ?
लहानबासीका अनुसार- कलाकारको नाउँमा अश्लिलता र विकृति मात्र फैलाउदै आएकी प्रीति पासमान लगायत समाजबाट बहिष्कृत पात्रहरूलाई ल्याएर लाखौं लाख खर्ची समाजमा गन्दगी फैलाउने लाइसेन्स तपाईंहरुलाई कसले दियो ?

जब कि लहान एक्सपोको नारा नै “समृद्धिको आधार कृषि, पर्यटन, उद्योग र व्यापार” हो । तर नारा नारामै मात्र सीमित रहन गयो ।
यसबाट अध्यक्ष विकास सारडाको चरित्र र क्षमतामाथि नै प्रश्न चिन्ह खडा भएको छ । व्यापारीहरूको जुन एउटा आशा र भरोसाको रुपमा रहेको अध्यक्ष सारडालाई लहान एक्स्पोले कालोपोती दिएको छ।
एक्सपो स्थानीय कला, साहित्य, संस्कृति, कृषि, पर्यटन र व्यापार प्रवर्द्धनमा केन्द्रित हुनु पर्दथ्यो तर त्यस्तो पटक्कै भएन । एक्सपोमा राति अश्लिल गीतनृत्य, शारीरिक अङ्गबाट कलाकारसित भरपुर मज्जा लिन्छ आयोजकहरुले ।

हो त, हरेक बजारको आधा जति सटरहरु बन्द गरी व्यापारीहरु पलाइन भइसकेको अवस्था छ। त्यतातिर अध्यक्ष सारडाको ध्यान किन जाँदैन होला ?
अर्कोतिर एक्सपो उद्देश्यभन्दा ठिक विपरीत भएको घृणित अश्लिलता र विकृति फैलाउन केही पत्रकारहरुले प्रमोट गर्ने काममा चौबीसौ घण्टा तमतयार देख्दा घृणा लागेर आउनु स्वाभाविक नै हो । आफ्नो पत्रकारिता पेशालाई अरु पेशासँग साट्दै गर्दा उनीहरूको हैसियतमाथि नै प्रश्न उठेको छ ।

अर्कोतिर, अश्लिलता र विकृतिमा लहान नगरपालिका पनि रमाई रहेको देखिन्छ । के लहान नगर कार्यपालिकाले यही अश्लिलता र विकृतिको फ्याक्ट्री खोल्न ४५ लाख रुपैयाँ दिएको हो ? जुन जनताको छाक र पेट काटेर दिएको पैसा हो ।

एक्सपो उद्देश्य अनुरुप सञ्चालन गराउन लहान नगर कार्यपालिकाको के भूमिका रह्यो त ? अश्लिलतामा नै हो मा हो मिलाउने र बाँडीचुडी खाने बाहेक केही देखिएनन् ।

यो एक्स्पो लहानको लागि कलङ्कको काला धब्बा साबित भएको छ। लहान एक्स्पो प्रति सर्वसाधारणको व्यापक असन्तुष्टि पनि रहेको छ । एक्सपोमा त आफ्नो काम, कर्तव्य, भूमिका सबै फोहरको टोकरीमा थुपार्दै बहिष्कृत नचनियाहरुसँग नाच्न र मनोरञ्जनमै व्यस्त भएपछि अरु कामहरु जता जाओस् ।
समग्रमा भन्दा लहान एक्स्पोका आयोजक टिमसहित लहान नगरपालिकाका जनप्रतिनिधि प्रहरी, प्रशासन टुलेरा रहेको पुष्टि हुन्छ ।

यता, एक्सपोको नाममा लहान नगरपालिका कार्यालयले ४५ लाख दिइनेछन् । महोत्सवमा प्रति स्टल राखेको बापत १५ हजार देखि २० हजार आयोजकले लिइएका छन् । विद्यार्थी, युवायुवती दर्शक जुटाउन दिनहुँ १ सयमा टिकट बिक्रीवितरण हुन्छ । लहान महोत्सवमा अन्तर्राष्ट्रिय सु-प्रसिद्ध कलाकार अक्षरा सिँह ल्याएर २ घण्टा नचाएर आयोजकले आठलाख स्वाहा गराएका छन् ।

त्यसैगरी, एक्सपोबारे- लहानका मंगला काका भन्नेको प्रतिकृया त अलि खतरै आएको छ । लहान एक्स्पो, ‘एक्स्पो’ होइन अरे यो त महेश – पो रैछ अरे । यहाँले भन्नु भयो- लहान एक्स्पोमा ‘समृद्धिको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने गतिलो नारा दिएर पनि लहान नगरवासीलाई ठगने काम बाहेक अरु केही भएको छैन । नगरवासीले तिरेको करको चरम दुरुपयोग भएको छ । लहान नगरपालिकाले जनताको ५० लाख एक्स्पोको नाममा ठेठर संचालन गरेर ब्रम्हलुट गरेको छ । महोत्सव शुभारम्भ २०८० चैत ३० गतेदेखि २०८१ बैशाख १० गतेसम्म आज अन्तिम रहेको छ। दिन ११ दिनसम्म सञ्चालन भएको लहान एक्स्पो नामक ठेठरमा छोटो छोटो वस्त्रधारण गरेर असलिलता प्रदर्शन र विकृति फैलाउने काम मात्र भएको छ । यस्तो संस्कारले लहान कता जाँदैछ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । स्थानीय कला संस्कृतिको उजागर हैन यो त बोइलर कलाकारहरुद्वारा लहान नगरपालिकाका जनप्रतिनिधि लगायत आयोजकहरुको भरपुर मनोरञ्जनको साधन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0