NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

सिराहा: पिप्रा माधका स्थानीय माघ २८ गते माँढङ्गरणी मेला महोत्सव तयारीमा

सिराहा: पिप्रा माधका स्थानीय माघ २८ गते माँढङ्गरणी मेला महोत्सव तयारीमा

विसुनदेव सरदारसिराहा, माघ २२ गते।

सिराहाको दक्षिणी सिमावर्ती लक्ष्मीपुर-पतारी गाउँपालिका वडा नम्बर १ पिप्रा प्र.ध.मा बिगत केही वर्षदेखि माँ ढङ्गरणी मेला महोत्सव आयोजना गरिदै आइरहेको छ। जस अन्तर्गत यस वर्ष पनि माघ २८ गतेका दिन गाउँमै मेला लाग्ने भएको छ। मेला महोत्सवका सबैजसो कामको तयारी पूरा भएको आयोजक जनाएको छ।
गाउँमै प्रत्येक वर्षमेला लाग्ने हुँदा गाउँका जेष्ठ नागरिक , राजनितिकर्मी , बुद्धिजीवी समाजसेवी , युवा , दाजु , दिदिबहिनीहरुमा खुशीको उमंङ्ग साथै छुट्टै हर्सोल्लास देखिएको छ।

नाग रुपी सर्प आएको दिन देखी उक्त मेला आयोजना गरिदै आइरहेका छन। ठिक १ महिना पुग्दा नाग देवता बिलाएर गयो गाउँलेहरु भन्छन्। माँ ढङ्गरणी मन्दिरमा धार्मिक आस्था एवंम विश्वास रहेको सर्वविदितै छ। अहिले मन्दिरमा पुजारी रुपी घनश्याम सरदार , श्री लाल साफी, रहेका छन। मेला कार्यक्रम २०८० माघ २६ गते कलश यात्रा , माघ २८ गतेका दिन बलिप्रदान गर्ने कार्यक्रम रहेको छ।

यो सँगै पिप्रा प्र.ध.का स्थानीय युवा रामसुफल बाँतर भन्नुहुन्छ -” धार्मिक आस्थाले भरिपुर्ण माँ ढङ्गरणीको महिमा सदियौदेखि रहिआएको छ। आस्था मानिएका सबै जसोलाई इच्छा मनोकामना पूरा भएको बताउँछन् ।

पिप्राको माँ ढङ्गरणी मन्दिरमा पहिलापहिला प्रत्येक शुक्रबार, सोमबार भाकल भर्ने गर्थे तर, महोत्सव आयोजना गरिए दिनदेखि माघ २८ गते मात्र खसी, बोका बलि चढाउने गरेको रामचन्द्र बाँतरले बताए ।

मन्दिरको पुजारी श्रीलाल साफी दैनिकरुपमा मन्दिरमा साँझ, बिहान लड्डु पान,सुपारीसहित पुजा गरिदै आएको छ। उहाँ भन्नुहुन्छ – मेला भर्ने र भाकल चढाउन मेला हेर्न मात्र माघ २८ गतेका दिन हुँदा छिमेकी राष्ट्र भारतबाट ठाउँठाउँका दर्शनार्थी आउने गरेको बताए ।

यता, यस महोत्सवका आकर्षणका लागि स्थानीय उत्पादन प्रदर्शनी, विभिन्न किसिमको स्टल, साँस्कृतिक प्रदर्शनी , सांस्कृतिक कार्यक्रम , लगायत विविध कार्यक्रमहरु रहनेछ ।

ढङ्गरणी महोत्सवका लागि पुरै गाउँलेहरुको आर्थिक सहयोग जनउपेक्षित कार्यहरु गरिका छन् । महोत्सव नजिकीदै गर्दा गाउँका बालबालिका युवा सबैजसोमा छुट्टै उमँङ्ग खुशियालिको लहर देखिएको छ।
मन्दिर प्रवेशद्वार सहयोगका लागि मधेस प्रदेश सांसद सत्रुधन प्रसाद सिंह बजेट दिएता पनि आधा काम नसकिदा योजना नै अलपत्र अवस्थामा छन् । यस प्रति स्थानीयको ध्यानाकर्षण हुनु चासोको विषय बन्नुपर्ने देखिएको छ।
श्री श्री १०८ श्री ढङ्गरणी मेला महोत्सवमा पाल्नुहुने सर्धालु तथा भक्तजनहरुलाई लक्ष्मीपुर-पतारी गाउँपालिका १ (पिप्रा प्रध) मेला समिति तथा ग्रामीणवासी हार्दिक स्वागत गर्दछ। जय माँ ढङ्गरणी । जय माता दी । जयहो ५६ करोड देवी देवता। जय बाबा बिल्टु सरदार । जय पिप्रा प्रध ग्रामीणवासी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0